Hesperian Health Guides

ह्यमन पापिलोमा भाईरस (एच.पि.भि.)

यस परिच्छेदमाः

a health worker with a speculum talking to a woman in lying in a bed
पाठेघरको मुखबाट लिईएको स्वाब एच.पि.भी. परिक्षणको लागि लिईएको

एच.पि.भी. धेरै प्रकारका हुन्छन् । कुनै एच.पि.भी.ले जनेन्द्रियमा मुसा आउँछ । कुनै कुनै एच.पि.भि. धेरै खतरनाक हुन्छन् र पाठेघरको मुखको क्यान्सर, घाँटीको क्यान्सर, मलद्वारको क्यान्सर गराउन सक्छन् । प्राय जसो मानिसमा यो भाईरसको कुनै लक्षण नदेखिन सक्छ ।

सामान्य पाठेघरको मुखको जाँच गर्नाले पाठेघरमा एस.पि.भी. भएमा वा असामान्य कोषिकाहरु छन् कि छैनन् पत्ता लगाउन सक्छ । तर भाईरस देखियो भने पनि यसको मतलब क्यान्सर भएको हुदैन । समयसमयमा जाँच भने गराउनुुपर्छ । क्रायोथेरापी भन्ने सुरक्षित र नदुख्ने उपचारले महिलाको पाठेघरको मुखमा भएको असामान्य कोषिकाहरुलाई मारे क्यान्सर हुन पाउँदैन

खोपले खतरनाक प्रकारका एच.पि.भी. लाई रोकथाम गर्न सक्छ, जसमा जनेन्द्रियको मुसा पनि पर्दछ । क्रमबद्ध रुपमा दिईने खोपहरुले विशेषगरी ९ देखि २६ वर्षको विचमा दिईने, एच.पि.भी. हुनबाट वा फैलिनबाट बचाउँछ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९