Hesperian Health Guides

ढुसी संक्रमण (मोनिलियासिस, क्यान्डीया, थर्स)

यस परिच्छेदमाः

NWTND sti Page 7-1.png

ढुसी (यिष्ट) ले यौनाङ्गलाई असर पार्छ र मानिसहरुलाई त्यो यौन रोग हो भन्ने सोच गराउछ,तर सामान्यता ढुसी यौन सम्पर्कद्वारा सर्दैन | सामान्यतया ढुसी खतरानक हुन्न तर त्यसले असजिलो पार्न सक्छ |गर्भवती हुँदा, एन्टीबायोटिक्स सेवन गर्दा र अन्य रोगहरु जस्तै मधुमेह वा एच.आई.भी. संक्रमणमा ढुसी हुने सम्भावना बढि हुन्छ | महिलाहरुमा ढुसी सामान्य हो तर पुरुषहरुलाई पनि यो संक्रमण हुन् सक्छ |पुरुषहरुमा यसले लिङ्गको टुप्पो सुनिने र अण्डकोष चिलाउने हुन् सक्छ | महिला र पुरुष दुवैलाई घाँटीमा थ्रसको संक्रमण हुन् सक्छ |

ढुसी तिघ्राको भित्री भाग, स्तनको तलतिर वा मलद्वारको वरिपरी देखा पर्न सक्छ | जहाँ शरीरको एक भाग अर्को भागसंग टासिएको वा डाकेको हुन्छ त्यस्तोमा छाला ओसिलो हुने भागहरुमा साधारणतया ढुसी पर्छ |

महिलाहरुमा लक्षणहरु
  • योनीबाट दहि जस्तै सेतो दाना-दाना दुध फाटेको स्राव बग्नु |
  • योनीको भित्री र बाहिर दुवैपट्टि छाला गाढा रातो हुनु र त्यसबाट कहिले काही रगत बग्नु |
  • योनी भित्र र बाहिर धेरै चिलाएको अनुभूति हुनु|
  • पिसाब फेर्दा पोलेको जस्तै अनुभूति हुनु|
पुरुषहरुमा लक्षणहरु
  • लिङ्गको छालाको भित्र पत्रहरुमा बाक्लो, सेतो स्राव जमेर बसेको |
  • लिङ्गको टुप्पोमा रातो दाग देखिने |
  • लिङ्ग वा अण्डकोष चिलाउने, पोल्ने वा रातो हुने |
महिला बाटामा बसेर नुहुवाएको
उपचार

साधारणतय सामान्य ढुसी संक्रमित भएको हो भने औषधि नगरी आफै जान्छ | प्राकृतिक उपचार पद्धतिले चिलाउने कम गर्न सकिन्छ |

महिलाले योनीमा औषधि राख्नेको

प्राकृतिक उपचार:
योनी स्राव सफा पानीले धुइ पखाली गरेमा वा साधा दहि (चिनी वा कुनै अन्य वस्तु नमिसाएको) वा एक चौथाई भिनिगर सफा मन तातो पानीमा मिसाएर सफा गरेमा सहयोग मिल्छ | यसपानीमा २० देखि ३० मिनेटसम्म बस्नुहोस् | यदि तपाईलाई सहज महसुस भयो भने दिनको २ पटक त्यसमा बस्नु होस् |

वा ३ टेबल चम्चा भेनिगर एक लिटर उमालेरचिसो पारेको पानीमा मिसाउनुहोस् | सफा कपासको टुक्रा डुत्यस मिसावटमा भिजानुहोस् र प्रत्येक रात ३ रातसम्म योनीमा कपास घुसार्नुहोस् | प्रत्येक बिहान कपास निकाल्नुहोस् | पुरुषले पनि त्यसरी तयार पारिएको कपास लिङ्ग वा अण्डकोष सफा प्रयोग गर्न सक्छ |

औषधिद्वारा उपचार
निम्न कुनै एक प्रयोग गर्नुहोस्: योनी, लिङ्ग वा अण्डकोषमा जेन्सन भोईलेन्ट झोल प्रत्येक रात ७ रातसम्म प्रयोग गर्नुहोस् |

वा

मिकीनजोल क्रिम, न्यास्टाटिन क्रिम वा क्लोट्रिमाजोल क्रिम वा ट्याबलेट योनीमा वा भित्र, वा लिङ्ग वा अण्डकोषमा प्रत्येक रात ७ रातसम्म लगानुहोस् | यी औषधिहरु गर्भवती हुँदा योनीमा लगाउनु सुरक्षित छन् |

पुरुषलाई निको हुन् लामो समय लाग्न सक्छ |

रोकथाम

यौनाङ्गमा हावा प्रवेश गर्न सहज पार्न खकुलो कपडा र भित्री कट्टु लगाउनुहोस् | यसले ढुसी पर्नबाट रोक्छ | भित्रि कट्टुहरु बारम्बार फेर्नुहोस् वा धुनुहोस् | नुहाउदा खेरि यौनीमा साबुनको प्रयोग गर्नुहोस् | डाउन्च नगर्नुहोस् | यदि तपाईलाई मधुमेह वा एच.आई.भी. छ, औषधि सेवन सेवन सहि तरिकाले गरी राख्नु भएको छ र आफ्नो स्वास्थ्यको ख्याल गर्नु भएको छ भने ढुसी रोकथाम गर्न मद्दत पुग्छ |


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९