Hesperian Health Guides

जेनाइटल हर्पस (जनेन्द्रियमा आउने जनै खटिरा)

यस परिच्छेदमाः

महिलाको यौनाङ्गमा घाउ
महिलाको यौनाङ्गमा घाउ जेनाइटल हर्पसले गर्दा आएको फोका
a man's genitals with sores
यौनाङ्गमा हर्पस भाइरसले हुने संक्रमण

योे यौन संक्रमण हो । यसलाई निको पार्न सकिदैन तर उपचारले विरामीलाई सन्चो महसुश हुन्छ । हर्पसले गर्दा यौनाङ्ग वा मलद्वारमा घाउहरु हुुन्छ । यो लामो समय रहन सक्छ । यी घाउहरु मुखमा यौन सम्पर्क गर्दा फैलिन पनि सक्छ ।

गर्भवती महिलालाई यो समस्या भए शिशुलाई जन्म दिंदा उसलाई सर्न पनि सक्छ । हर्पस भएको महिलाले अस्पतालमा नै प्रसुति गराउनुपर्छ, सकेसम्म शल्यक्रियाद्वारा (सि. सेक्सन) । गर्भको अन्तिम महिनामा गर्भवतीलाई उपचार गर्नुपर्दछ । जसले गर्दा बच्चामा यो संक्रमण हुन पाउँदैन ।

अन्य संक्रमणहरु जस्तै हेपाटाईटिस बि, एच.आई.भी. र अन्य यौनजन्य संक्रमणहरु पनि घाउको मार्फतबाट सजिलै सर्न सक्छ । यस्ता संक्रमणबाट बच्न तुरुन्तै उपचार गर्नृपर्छ र घाउ निको नभएसम्म यौन सम्पर्क गर्नुहुँदैन ।

लक्षणहरु
  • यौनाङ्गमा, कहिलेकाँही तिघ्रामा झमझमाउने, चिलाउने र दुख्ने
  • सानो फोकाहरु फुुट्ने घाउ हुुने ।


पहिलो पटक हर्पस हुँदा यो ३ हप्ता वा त्योभन्दा बढी रहन सक्छ । साथै ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, काम्ने वा काछमा गिर्खाहरु सुन्निन सक्छ । भाईरस एकपटक शरीरमा प्रवेश गरेपछि घाउ भइरहने हुुन सक्छ । यसबाट हुने दुखाई कम गर्नका लागि: केही औषधी खाने र तातो पानीमा बसेर सिजबाथ लिन सकिन्छ

उपचार

हर्पसको कुनै उपचार छैन तर एसाईक्लोभिरले दुखाई कम गर्छ

रोकथाम

यो फैलनबाट बच्नको लागि घाउ हुँदा यौन सम्पर्क नगर्ने । कण्डम प्रयोग गर्दा यो फैलनबाट जोगिन सकिन्छ ।

घाउ छोईसकेपछि हरेक पल्ट हात धोए परिवारका अन्य सदस्यमा यो फैलन पाउँदैन ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९