Hesperian Health Guides

ट्राईकोमोनस (ट्रिच)

यस परिच्छेदमाः

परजीवीद्वारा संक्रमण भएकोलाई ट्राईकोमोनस भनिन्छ | महिलाहरुलाई ट्राईकोमोनस भएमा धेरै असजिलो र चिलाउने हुन्छ | पुरुषहरुमा लक्षणहरु देखा पर्दैन | यदि संक्रमण लिङ्ग भित्र भएको छ भने, महिलासंग काण्डमको प्रयोग नगरी यौन सम्पर्क गरेमा सर्न सक्छ |

ट्राईकोमोनस खतरनाक हुन्न, तर योनीलाई असहज पार्ने, जलन हुने जसले गर्दा महिलाहरुलाई अन्य यौन रोगको साथै एच.आई.भी. संक्रमण सहजै हुन् सक्छ |

लक्षणहरु
महिला आफ्नो औलाहरु सुंघ्दै
योनीबाट दुर्गन्धित स्राव बग्नु सामान्यता ट्राईकोमोनसको कारणले गर्दा हुन्छ |
  • खैरो, पहेलो वा हरियो स्राव बग्नु |
  • दुर्गन्धित स्राव बग्नु |
  • योनी रातो र चिलाउनु |
  • पिसाब फेर्दा दुख्नु वा पोल्नु |
उपचार

मेट्रोनिडाजोल वा टिनिडाजोल मुखबाट सेवन गर्ने | गर्भवती महिलाले टिनिडाजोल सेवन गर्नु हुँदैन |

एउटै प्रकारको औषधिद्वारा यौन जोडी वा जोडीहरुको उपचार गर्नुहोस् |
सम्भव भएसम्म राम्रो महसुस गर्नकोलागि सफा मन तातो पानी भएको बाटामा १५ मिनेटसम्म बस्न लगाउनुहोस् | यौनाङ्गलाई त्यसले आनन्द अनुभूति गराउछ र चाडै निको हुन मद्दत गर्छ | तपाई र तपाईको यौन जोडीको उपचार नसकिन्जेल र लक्षणहरु पूर्ण रुपमा नहटुन्जेलसम्म यौन सम्पर्क नगर्नुहोस् |


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९