Hesperian Health Guides

गोनोरिया तथा क्लैमाइडिया

यस परिच्छेदमाः

कुनै लक्षणहरु बिना पनि महिला र पुरुष दुवैलाई गोनोरिया (धातु रोग) र क्लैमाइडिया हुन् सक्छ | यदि गोनोरिया र क्लैमाइडियाको उपचार नगरेमा महिला र पुरुष दुवैलाई कडा प्रकारको संक्रमण वा बाँजोपन हुन् सक्छ |

प्रत्येक गर्भवती महिलाले गोनोरिया र क्लैमाइडियाको परिक्षण गराउनु पर्छ किन भने प्रसूति हुनेक्रममा उनको शिशु यी संक्रमणहरुद्वारा संक्रमित हुन् सक्छ | यदि परिक्षण गर्दा गोनोरिया वा क्लैमाइडिया वा दुवै देखिएमा उनी र उनको यौन जोडी दुवैको उपचार गर्नु पर्छ | यदि उनी र उनको यौन जोडीको लक्षण देखा परेको छ तर परिक्षण गर्ने प्रावधान छैन भने दुवै जनालाई उपचार गर्नु पर्छ | गोनोरिया वा क्लैमाइडियाको उस्तै लक्षणहरु हुन्छ |

महिलाहरुमा देखिने लक्षणहरु
  • योनी वा मलद्वारबाट पहेलो वा हरियो स्राव बग्नु |
  • तल्लो पेट दुख्नु |
  • ज्वरो आउनु |
  • यौन सम्पर्क गर्दा दुख्नु |
  • पिसाब फेर्दा दुख्नु वा पोल्नु |


यदि महिलामा गोनोरिया वा क्लैमाइडिया छ साथै ज्वरो र तल्लो पेट दुख्ने पनि छ भने उनलाई पेल्भिक सुनिने रोग (पेल्भिक ईन्फ्लामेन्टरी डिजिज) हुन् सक्छ |

पुरुषहरुमा देखिने लक्षणहरु
a man itching his crotch
  • लिङ्ग वा मलद्वारबाट पिप थोपा थोपा बग्नु |
  • अण्डकोष सुनिएर दुख्नु |
  • पिसाब फेर्दा दुख्ने र पोल्ने |


पुरुषमा संक्रमित व्यक्तिसंग यौन सम्पर्क गरेको पहिलो लक्षण २-५ दिन (वा ३ हप्ता वा बढि) पछि शुरुवात हुन्छ | महिलामा हप्तौ वा महिनौ पछिसम्म पनि लक्षणहरु देखा नपर्न सक्छ | तर संक्रमण भएको केहि समय पश्च्यात कुनै लक्षण नै नभएका व्यक्तिहरुबाट पनि अन्य व्यक्तिमा रोग सर्न सक्छ |

उपचार

जति चाडै उपचार शुरवात गर्न सक्यो त्यति नै प्रभावकारी हुन्छ | यदि तपाईले सन्चो भएको महसुस गर्दै गएमा पनि सम्पूर्ण औषधिहरु सेवन गर्न बिर्सनु हुँदैन |

एउटै प्रकारको औषधिद्वारा यौन जोडी वा जोडीहरुको उपचार गर्नुहोस् |

परिक्षणबाट दुई मध्ये एक मात्र रोग लागेको हो भनेर पत्ता नलगाउन्जेलसम्म गोनोरिया वा क्लैमाइडिया दुवैलाई उपचार गर्नु उपयुक्त हुन्छ |दुई थरिको औषधिको समिश्रणको प्रयोग गरीगोनोरिया वा क्लैमाइडियाको उपचार गर्नु पर्ने हुन्छ | यदि परिक्षणले क्लैमाइडिया देखायो तर गोनोरिया देखाएन भने एक थरिको औषधि मात्र आवश्यक हुन्छ | गोनोरिया वा क्लैमाइडियाको मिश्रित उपचारको औषधि पाना ४२ को तालिकामा देखाए अनुसार औषधिको उपलब्धता अनुसार विभिन्न मिश्रण र उपचार गर्न सकिन्छ |

एन्टीबायोटिकबाट गोनोरिया बढ्दो रुपमा प्रतिरोध गर्दै गई रहेकोले गर्दा औषधिको प्रभावकारी, उपलब्धता र सर्वसुलभको बारेमा तपाईको क्षेत्रमा स्थानीयहरुसंग सल्लाह सुझाव लिनु राम्रो हुन्छ |औषधि उपचार शुरुवात गरी सकेपछि पनि यदि पिपकोथोपा झर्ने र दुख्ने कम भएको छैन भने यसको मतलब गोनोरिया त्यस औषधिप्रति प्रतिरोध भएको रहेछ अब अर्कै औषधिको अवाशयक हुन सक्छ |


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९