Hesperian Health Guides

ब्याक्ट्रेलियल भेजिनोसिस

यस परिच्छेदमाः

योनीमा हुने ब्याक्ट्रेलियल संक्रमणलाई ब्याक्ट्रेलियल भेजिनोसिस भनिन्छ | योनीमा साबुन, सुगन्ध (प्रफुम) वा बास्नादार पदार्थ प्रयोग गरेमा सहजै यस प्रकारको संक्रमण हुन् सक्छ | यदि यौन सम्पर्क गर्दा योनीमा बढि घर्षण हुन्छ भने त्यस्तो अवस्थामा ब्याक्ट्रेलियल भेजिनोसिस हुन् सक्ने सम्भावना बढि हुन्छ | साधारणतया त्यो डरलाग्दो चाही होइन, तर गर्भवती महिलाहरुमा शिशु चाडै जन्मन सक्ने वा बच्चा जन्मी सकेपछि चाडै संक्रमण हुन् सक्छ |

a woman putting medicine into her vagina
जांच गर्नुहोस् औषधि मुखबाट सेवन गर्ने हो कि योनीमा राख्नु पर्ने हो |
लक्षणहरु
  • सामान्य भन्दा बढि यौनी स्राव बग्ने |
  • विशेषत यौन सम्पर्क गरेपछि योनी दुर्गन्धित, माछा जस्तै गनाउने |
  • हल्का चिलाउने |
उपचार

कुनै एक यो लिनुहोस्: मेट्रोनिडाजोल मुखबाट सेवन गर्नुहोस् वा योनीमा लगाउनुहोस् | टिनिडाजोल मुखबाट सेवन गर्नुहोस् वा क्लिनड्यामाईसिन मुखबाट वा योनीमा लगाउनुहोस् | यदि गर्भवती हो भने, मेट्रोनिडाजोल प्रयोग गर्नुहोस, मुखबाट सेवन गर्नुहोस् |


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९