Hesperian Health Guides

यौन संक्रमणबाट निको हुन के गर्ने?

यस परिच्छेदमाः

 a woman sitting in a basin

यौन संक्रमणको उपचार जति छिटो शुरु ग¥यो त्यति छिटो निको महशुस हुन्छ । दिईएको ओषधि सबै नसिदिकनै आफूलाई निको भएको महशुस भएतापनि सबै औषधि खानुपर्छ । निको हुनु अगाडी यौन संक्रमणले गर्दा हुने अप्ठ्याराहरू कम गर्न निम्न उपाय गर्न सकिन्छः

योनीमा चिलाउने वाा घाउहरू छन् भने दिनको दुई पटक बाटामा सफा मनतातो पानी राखेर ५ मिनेटसम्म बस्नुहोस । यदि ढुसी जस्तो संक्रमण छ भने पाानीमा थोरै कागतीको रस, भिनेगर (सिरका) चिनी नभएको दही, अमिलिएको दुध थप्न सकिन्छ ।

 a woman sitting in a basin

योनीमा दुख्ने खालको घाउ वा हरपेस भएको छ भने यी उपचारहरू अपनाएर हेर्नुहोस् ।

  • सफा कपडामा बरफ पाको पार्नुहोस् । घाउ भएको थाहा पाउने बित्तिकै बरफले २० मिनेटसम्म सेक्नुहोस् ।
  • चिसो भएको कालो चियामा चोपेर कपडालाई घाउको माथि सेक्नुहोस् । एल्मुनियम एसिटेटको घोलले सेक्दा पनि सन्चो हुन्छ ।
  • बाटामा सफा चिसो पानी राखेर बसनुहोस् ।


यदि योनिमा घाउ छ र पिसाब गर्दा पोल्छ भने, पिसाब गर्दा सफा चिसो पानी योनीमा खनाउनुहोस् । अथवा पिसाब गर्दा बाटामा चिसो पानी राखेर बस्नुहोस् ।

NWTND sti Page 19-3.png

दुखेको छ भने ब्रुफिन, एस्पिरीन, पारासिटामोल जस्ता दुखाईका औषधि खानुहोस् ।

खुकुलो खालको भित्री लुगाहरू लगाउने जसले गर्दा हावा पस्न पाउँछ र यसले निको पार्न सहयोग गर्छ ।

निको नभएसम्म यौनसम्पर्क नगर्नुहोस् र गर्ने पर्ने भएमा कण्डममा चिल्लो पदार्थ लागएर गर्नुहोस् ।

यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९