Hesperian Health Guides

यौन प्रसारित संक्रमण

यस परिच्छेदमाः

woman speaking to a group of women while holding a sign about safe sex
यसको बारेमा छलफल गर्न गाह्रो होला ।
तर यौन रोगको बारेमा कुराकानी गर्न सजिलो बनाउँछु

एक व्यक्तिबाट अर्को व्यक्तिमायौन सम्पर्कको मध्यमद्वारा सर्ने संक्रमणलाई यौन प्रसारित संक्रमण (यौन रोग) भनिन्छ |

धेरै प्रकारको यौन सम्पर्क मध्यमहरुद्वारा यौनजन्य रोग सर्न सक्छ | लिङ्गद्वारा योनी, लिङ्गद्वारा मलद्वार, वा मुख मैथुन (मुखद्वारा लिङ्ग, मुखद्वारा यौनी) द्वारा गरिने यौन सम्पर्कबाट यौनजन्य रोग सर्न सक्छ | यौनजन्य रोग कहिलेकाँही कुनै व्यक्तिको संक्रमित लिङ्ग वा यौनी अर्को व्यक्तिको जननेन्द्रियसंग माड्दा र मसार्दा पनि सर्न सक्छ |

यौनजन्य रोगको लक्षणहरुमा यौन सम्बन्ध राख्दा दुख्ने,योनी, लिङ्ग र मलद्वारबाट असामान्यस्राव बग्ने, र वा यौनाङ्ग घाउँ, खटिरा र बिबिरा आउने जस्ता लक्षणहरु हुन् |

कुनै लक्षणहरु बिना पनि यौन रोगबाट संक्रमित हुनु सामान्य हो | यदि लक्षणहरु देखा परेका छैनन् भने पनि यौन रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ | यौन रोगबाट संक्रमित भएको छ वा छैन भनी पत्ता लगाउन र सहि उपचार गरी रोग निको पार्न लागि परिक्षण गर्नु सबै भन्दा उपयुक्त मध्यम हो | जहाँ परिक्षण गर्ने सुविधा छैन तत्काल संक्रमणको उपचार गर्नु अतिनै महत्वपूर्ण हुन्छ | जुन व्यक्तिसंग जसले यौन सम्पर्क गरेका हुन्छ त्यस व्यक्तिलाई समेत परिक्षण र उपचार गर्नको लागि सहयोग गर्नु पर्ने हुन्छ | यदि यौन सम्पर्क गरेका दुवै व्यक्तिहरुको उपचार गरिएन भने पुन: संक्रमित हुने साथै अरुलाई पनि संक्रमण गर्न सक्छ |

प्रायजसो यौन रोगहरु एन्टीबायोटिक औषधिको प्रयोग गरी उपचार गरेमा निको पार्न सकिन्छ | अन्य कतिपय यौन रोगहरु निको पार्न नसकेता पनि व्यवस्थापन गर्न सकिन्छ | दुखाई कम गर्ने र औषधि सेवन गरी रहेको समयमा औषधिको प्रभाकरिताको कारणले गर्दा नकारात्मक असरहरुको उपचारको लागि समेत औषधिहरु उपलब्ध छन् |

यौन रोगको रोकथाम गर्ने सबै भन्दा उपयुक्त मध्यम भनेकै यौन सम्पर्क नगर्नु वा आफ्नो यौन जोडीको यौन रोग छैन भने सुनिश्चित हुनु हो | तर यो सधै सम्भव छैन, त्यसैले यौन रोग रोकथाम गर्न यौन सम्पर्क गर्दा सधै कण्डम प्रयोग गर्नु अर्को सबै भन्दा उपयुक्त मध्यम हो जसबाट यौन रोग लाग्ने सम्भावना कम हुन्छ | स्वास्थ्यकर्मीहरुले यौन रोग लागेको व्यक्तिहरुलाई आदर सम्मानजनक उपचार अतिनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ |

NWTND sti Page 2-1.png

यौन रोगलाई किन जटिल समस्या मानिन्छ?

किन कि यौनकृयालाई साधारण र सामान्य मानिने भएकोले गर्दा यौन रोग पनि सामान्य रुपमा पाइन्छ | जब यौन रोगको उपचार गर्दैनन् त्यसले महिला, पुरुष र बालबालिकाहरुलाई नकारात्मक असर पार्छ | यौन रोग हुने कारणहरु:

  • महिला र पुरुष दुबैमा बाँझोपन हुन्छ |
  • शिशु चाडै, सानो, अन्धा, अस्वस्थ र मृत जन्मछ |
  • कडा प्रकारको संक्रमणले गर्दा मृत्यु हुन्छ |
  • दिर्घकालिन रुपमापिडा हुने हुन्छ |
  • पाठेघरको मुखको, घाँटी र मलद्वारको क्यान्सर हुने हुन्छ |
  • अन्य यौन रोग लगायत एच.आई.भी. संक्रमण हुने जोखिम बढ्छ |

यौन सम्पर्कको मध्यमबाट कसरी यौन रोग आफ्नो यौन जोडीमा सर्छ?

महिला पुरुष दुबैलाई यौन रोग लाग्न सक्छ | तर जुन व्यक्तिले यौन सम्पर्कको अन्त्यमा जसले योनी वा मलद्वारमा लिङ्ग घुसार्ने गर्छन उनीहरु बढि जोखिमा पर्छ |कण्डमको प्रयोग नगरेमा वीर्यको मध्यमबाट संक्रमण यौनी, मलद्वार र मुख भित्र सर्न सक्छ | लिङ्ग योनी तथा मलद्वारमा घुसार्नाले योनी वा मलद्वारको भित्री भागमा घर्षण भई झिल्लीहरु रगटिएर खुल्ला हुनाले सम्पूर्ण शरीर भरी संक्रमण फैलिने सम्भावना बढ्छ | यदि योनी वा मलद्वार भित्र घाँउ खटिरा नभएता पनि यस्तो हुन् सक्छ | यदि यौनाङ्गको बाहिरी भागमा घाँउ खटिरा वा छाला पिल्छिएको छ भने पनि यौन रोग तथा एच. आई.भी. सजिलै सर्न सक्छ |

निशुल्क परिक्षणको लागि महिलाले साईन बोर्ड हेर्दैछिन

तपाईलाई यदि यौन रोग संक्रमित भएमा के गर्नु हुन्छ?

  • यदि परिक्षणको सुविधा छ भने परिक्षण गरी हाल्ने |
  • तुरुन्त यौन रोगको उपचार गरी हाल्ने, धेरै अस्वस्थ हुन्जेलसम्म नपर्खिने |
  • आफ्नो यौन जोडीलाई पनि आफुसंगै उपचार गर्न सहयोग गर्ने | यसो गरेमा यदि फेरी यौन सम्पर्कसंगै गरियो भने पुन: संक्रमण हुँदैन |
यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४