Hesperian Health Guides

यौन सम्पर्कबाट हुन सक्ने संक्रमनको रोकथाम

यस परिच्छेदमाः

यौन संंक्रमण एक व्यक्तिबाट अर्काेमा यौन सम्पर्कको माध्यमबाट सर्छ । योनिरस, पुरुषको यौनाङ्ग मलद्धार वा मुख छालाको सम्पर्कमा आएमा यो सर्छ । यौन संक्रमण जसलाई पनि हुनसक्छ । तर सुरक्षित यौन सम्पर्क गरेमा, संक्रमणलालई उपचार गरेमा र यौन संक्रमण हुने वातावरणलाई परिवर्तन गरेमा यो फैलने सम्भावना न्यून रहन्छ ।

निम्न कुराहरू भएमा यौन संक्रमण हुने संभावना धेरे हुन्छ:
  • यौन साथीमा यौन संक्रमणको लक्षणहरू छन् भने आफूमा कुनै लक्षण नभएतापनि यौन रोग भैसकेको वा हुनसक्ने सम्भावना हुन्छ ।
  • एक भन्दा धेरै योन साथी छने भने
  • आफ्नो नयाँ योन साथीले आफ्नो पहिलेको योन साथीबाट संक्रमण लिएर आएको छ भने
  • आफ्नो यौन साथीको अन्य यौन साथी जस्लाई संक्रमण हुने सम्भावना छ भने ।
  • कण्डमको प्रयोग गरेन भने
  • संक्रमित सुई साटासाट गरेर प्रयोग गरेमा वा त्यस्ता व्यत्तिसंग यौन सम्पर्क गरेमा


यौन संक्रमण हुने सम्भावना छ भने समय समयमा परिक्षण गर्नुपर्छ । महिला वा पुरुष जस्को एकभन्दा धेरैसंग असुरक्षित यौन सम्पकृ हुन्छ, जसको यौन साथी अनय व्यक्तिसंग पनि यौन सम्पर्क राख्छ वा सुइृबाट लागु औषधि लिन्छ भने प्रत्येक ६ देखि १२ महिनामा यौन संक्रमणको परिक्षण गर्नु राम्रो हुन्छ ।

महिला धेरै जोखिममा हुन्छन्

निम्न अवस्था भएका समुदायहमा महिलालाई यौन संक्रमणबाट बच्न धेरै अवरोधको सामना गर्नुपर्दछ :

  • बालविवाह प्रचलित ठाउँमा
NWTND sti Page 22-1.png
  • महिलाले यौन स्वास्थ्य शिक्षा र सेवा नलिने ठाउँमा
  • पुरुषको एकभन्दा धेरै जना संग यौन सम्पर्क हुनु सामान्य हुने ठाउँमा
  • महिलाको शिक्षामा पहुँच छैन भने
  • यौन हिंसा र यसको रोकथामको बारेमा कुरा हुँदैन भने
  • महिलाले यौन सम्पर्कको लागि अस्वीकार गर्नु गाह्रो या खतरा जन्य छ भने
  • यौन व्यापार अपराधिक हो भने
  • सामान्य भएतापनि यौन र यौनिकताको बारेमा खुला रुपमा कुरा नगर्ने र लज्जास्पद विषय मानिने ठाउँमा


a drunk man speaking to a woman who looks afraid
मसँग सुत्न आइज भनेको होइन ?
म के गरूँ । उनी रक्सी खाएर अरू ठाउँमा पनि यौन सम्पर्क राख्छन् ।
NWTND sti Page 23-1.png
चुम्बन गर्नु सुरक्षित हुन्छ
NWTND sti Page 23-2.png
छुनु सुरक्षित हुन्छ
NWTND sti Page 23-3.png
मुखमा यौन सम्पर्क गर्नु सुरक्षित हुँदैन तर कण्डमको प्रयोगले सुरक्षित हुन्छ ।
NWTND sti Page 23-4.png
योनिमा सम्पर्क गनुृ जोखिमपूर्ण हुन्छ तर कण्डमको प्योगले सुरक्षित हुन्छ ।

सुरक्षित यौन सम्पर्क

सुरक्षित यौन सम्पर्क भनेको के हो र यौन सम्पर्कलाई आफ्नो लागि सुरक्षित कसरी बनाउने ? यो सजिलो नभए पनि प्रायजसो कुनै न कुनै उपाय अपनाएर सुरक्षित यौन सम्पर्क गर्नाले यौन संक्रमण हुनबाट बच्न सकिन्छ र फैलनबाट रोक्न सकिन्छ । सुरक्षित यौन सम्पर्कको लागि निम्न उपायहरू गर्न सकिन्छः

  • यौन सम्पर्क नै नराख्ने । यसलाई ब्रम्हचार्य पनि भनिन्छ । यौन सम्पर्क गरेन भने यौन संक्रमण हुँदैन । थोरै समयको लागि यो गर्न सकिन्छ तर प्राय जीवनभरको लागि ब्रम्हचार्य गर्न गाह्रो हुन्छ ।
  • एकैजनासंग मात्र यौन सम्पर्क राख्ने । आफूले एक व्यत्तिसंग यौन सम्पर्क राख्ने र धोका नदिने । दुबै जनालाई यौन संक्रमण छैन भनेर ढुक्क हुनको लागि रगत परिक्षण गराउनुपर्छ । एक अर्काप्रति वफादार भएमा संक्रमणबाट सुरक्षित रहन सकिन्छ ।
  • यौन संक्रमणको लक्षण भएका व्यत्तिसंग यौन सम्पर्क नगर्ने । नयाँ यौन साथीसँग यौन सम्पर्क गर्नु अगाडी परिक्षण र उपचार गर्न लगाउँने । परिक्षण नगरेसम्म यौन संक्रमण छ कि छैन भन्ने थाहा पाइन्छ । लक्षण नै नभए पनि कहिले कहिले यौन संक्रमण हुन सक्छ ।
  • योनि र मलद्धारमा प्रवेश नगर्ने गरि यौन सम्पर्क गर्ने । आनन्द लिने विभिन्न तरिकाहरू प्रयोग गर्न सकिन्छ, जस्तैः चुम्बन गर्नु, शरीरका विभिन्न भाग माड्नु वा सुमसुम्याउनु, एक अर्काको यौनाङ्ग हातले छुनु (एकअर्काको हस्त मैथुन)वा मुखमा यौन सम्पर्क गर्नु ।
  • हरेक पटक कण्डमको प्रयोग गर्नु हरेक पटक यौन साथीको यौनाङ्गले आफ्नो यौनाङ्गमा छुनुभन्दा अगाडी कण्डम प्रयोग गरे बेस । नेपालमा महिला कन्डम लोकप्रिय छैन । गर्भवती हुने उद्देश्य हुदाँ मात्र कण्डम नलगाई सम्पर्क गर्नुपर्छ ।

यौन साथीसंग यौन सम्बन्धि कुरा गर्दा

प्रायजसो मान्छेहरूलाई आफ्नै यौन साथीसंग समेत यौनको बारेमा कुरा गर्न गाह्रो त हुन्छ तर छलफल गर्नैपर्छ । यौन संक्रमणबाट बच्न यस्तो छलफल गर्न सकिन्छ ।

  • यौन संम्पर्कको चाहाना राख्दा सुरक्षित यौन सम्पर्क बारे छलफल गर्ने । एक अर्कासंग मात्र यौन साथी हो भने पनि सुरक्षित यौन सम्पर्क नै राम्रो हुन्छ ।
  • अनिश्चित गर्भ कसरी रोक्ने भन्ने छलफल गर्ने ।
  • आफ्नो श्रीमान (यौन साथी)संग कण्डमले यौन संक्रमण हुन दिंदैन र गर्भ रहनबाट जोगाउँछ भन्ने बारेमा छलफल गर्न सकिन्छ ।
  • शारीरिक सम्पर्क गर्ने बेलासम्म मात्र यौनको कुरा गर्ने होइन । दुबैजना आराम गरिरहेको बेला, काम गरिरहेको बेला पनि कुरा गर्न सकिन्छ । भर्खर बच्चा जन्माएको वा यौन संक्रमणको उपचार भैरहेकोले बेला यसको बारेमा कुरा गर्न सकिन्छ । यदि यौन साथी टाढा छ वा यात्रामा गईरहनु पर्छ भने, एक अर्कासंग यौन स्वास्थ्य कसरी सुरक्षित राख्ने छलफल गर्नुपर्छ ।
  • सुरक्षित यौन सम्पर्कको बारेमा सिक्नुपर्छ । यौन संक्रमणको बारेमा धेरै थाहा नभएकालाई कसरी सर्छ, स्वास्थ्यमा के असर गर्छ भन्ने जानकारी भए असुरक्षित यौन सम्पर्कको जोखिमहरूको बारेमा पनि बुझेर सुरक्षित यौन सम्पर्कको बारेमा बुझ्न सहयोग गर्छ ।
a male health worker talking to a couple
म तिमीहरूलाई यौन रोगबाट कसरी बच्ने भन्छु । ध्यान देउ है ।

उपचार तथा रोकथाम

जति छिटो उपचार गर्यो प्रायजसो यौन संक्रमण त्यति चाँडै निको हुन्छ । घरी घरी यौन संक्रमण भएमा एच.आई.भी हुने सम्भावना बढ्छ । तर उपचार पछि यौन संक्रमण फैलने सम्भावना कम हुन्छ ।

तुरुन्तै उपचार गर्नुहोस् । स्वास्थ्यकर्मीले आफ्नो समुदायमा कसलाई समस्या छ, उपचारको लागि को आउँछ कि आउँदैन थाहा भए राम्रो हुन्छ ।

यौन साथीको पनि उपचार गर्नुहोस् । आफूलाई यौन संक्रमण भएको थाहा पाउने बित्तिकै आफ्नो सम्पर्क भएका अन्य यौन साथीलाई पनि परिक्षण तथा उपचार गर्नुपर्दछ । आफ्नो यौन साथीलाई परिक्षण, उपचार गरेर निको नभएसम्म कसैसंग यौन सम्पर्क नगर्न भन्नुपर्छ ।

गर्भवती महिलालाई यथाशिघ्र उपचार गर्नाले बच्चालाई यो रोग सर्दैन र यसबाट हुने असरबाट बचाउँन सकिन्छ ।

यौन रोगको रोकथामाको लागि केहि औषधिहरू

सम्पर्कपछिको रोकथाम (पोष्ट एक्सपोजर प्रोफाईलेक्स)भनेको एच.आइं.भी को औषधि (एन्टि रेट्रोभाईरल थेरापी)रोकथामको लागि प्रयोग गरिने एक विधि हो । कुनै व्यक्ति विभिन्न कारणले गर्दा (बलात्कार, कण्डम बिनाको यौन सम्पर्क)एच.आई.भी को सम्पर्कमा आएमा यथाशिघ्र (३ दिन भित्रमा)एच.आई.भी को औषधि प्रयोग गरेमा यो रोग लाग्न पाउँदैन । यसलाई सम्पर्क पूर्वको रोकथाम (प्रि स्क्सपोजर प्रोफाईलिक्स)भनिन्छ ।

यौन संक्रमणको जाँच, परिक्षण तथा उपचार सबै स्वास्थ्य संस्थाको जिम्मेवारी हुन्छ । स्वास्थ्य संस्थाहरूमा परिवार नियोजन, गर्भवती महिला जाँच र अन्य सेवा संगै यौन संक्रमणको परिक्षण तथा उपचार भए तब मात्र यो सबैलाई सर्बसुलभ हुन्छ । सबैलाई तर विशेषत युवाहरूलाई सर्बसुलभ सस्तो र स–सम्मान सेवाहरू चाहिन्छ । विभिन्न ठाउँहरू जस्तै, विद्यालय वा विशेष मेलाहरू, नृत्य घर, मदिरा पसल, वा कुनै त्यस्तो ठाउँमा पनि यसको जानकारी दिन सकिन्छ । स्वास्थ्य संस्थामा जाँच तथा परिक्षणको सेवा दिनु पर्दछ ।जहाँ मानिसहरू धेरै जान्छन् त्यहाँ यौन संक्रमणको बारेमा जानकारी र उपचार सेवा दिनु राम्रो हुन्छ ।

यौन संक्रमणको जाँच, परिक्षण तथा उपचार सबै स्वास्थ्य संंस्थाको जिम्मेवारी ।

जब स्वास्थ्य संस्थाहरूले परिवार नियोजन, गर्भवती महिला जाँच र अन्य सेवा संगै ।यौन संक्रमणको परिक्षण तथा उपचार गइन्, तब मात्र यो सबैलाई सर्बसुलभ हुन्छ । सबैलाई तर विशेषत युवाहरूलाई सर्बसुलभ सस्तो र स–सम्मान सेवाहरू चाहिन्छ । निरन्तर स्वास्थ्य सेवा नपाईने ठाउँहरू जस्तै, विद्यालय वा विशेष मेलाहरू, नृत्य घर, मदिरा पसल, वा कुनै त्यस्तो ठाउँ जहाँ जाने मानिसहरू स्वास्थ्य संस्था कमै जान्छन् । स्वास्थ्य संस्थामा जाँच तथा परिक्षणको सेवा दिनु पर्दछ ।जहाँ मानिसहरू धेरै जान्छन् त्यहाँ यौन संक्रमणको बारेमा जानकारी र उपचार सेवा दिनु रामे हुन्छ ।

a group of adults sitting in a circle, with a sign
छलफल गर्दा यी बिषयमा गर्न सकिन्छ:
  • मनिसलाई सहज गराउने उपायहरू
  • मनिसहरूप्रति कुनै नकारात्मक धारणा नराखीकन कुरा गर्ने उपायहरू

यौन संक्रमण प्रतिको लाज र लाञ्छनाको अन्त्य गर्न ।


Ne NWTND sti Page 28-1.png

स्वास्थ्यचौकीमा कण्डमको प्रयोगबारे जानकारी दिन सकिन्छ । स्वास्थ्यचौकीमा यो निशुल्क पाईन्छ । समुदायसंग सहकार्य गर्नुहोस् । यौन स्वास्थ्यको बारेमा कुरा गरेर जानकारी दिनुपर्छ । मानिसले खुला रुपमा यौनको बारेमा कुरा गर्दा जानकारी, स्वास्थ्य सुविधा (कण्डम, परिक्षण सेवा र उपचार सेवा) उपलब्ध भयो भने यौन संक्रमणको रोकथाम गर्न धेरै सजिलो हुन्छ । हेस्पेरियन महिला स्वास्थ्यमा यस सम्बन्धी कुराकानी शुरु गर्ने विभिन्न क्रियाकलाप र उपायहरू छन् ।

तर जहाँ मानिसहरूलाई यौन लाज लाग्ने कुरा हो भनेर सिकाइन्छ, त्यहाँ यौन रोगको सेवा लिन गाह्रो हुन्छ । समलिंगी जोडी (महिला जोडीवा पुरुष जोडी)लाई भेदभाव गरिए भने उनीहरूलाई पनि परिक्षणको बारेमा कुरा गर्न गाह्रो हुन्छ र स्वास्थ्यकर्मी कहाँ जँचाउन पनि गाह्रो हुन्छ ।

लागु औषध लिने, वा गरिब, दलित आदिलाई भेदभाव गरियो भने समुदायमा यौन संक्रमणको रोकथाम गर्न निकै गाह्रो हुन्छ ।

यस्तो बेलामा स्वास्थ्य संस्थाहरूले यौन संक्रमणको परिक्षण र उपचार सेवा नियमित सबैलाई दिएर यस्तो भेदभाव कम गर्न सक्छन् ।

यौनरोगको दिर्घकालीन रोकथामका लागि, समान सामाजिक र आर्थिक समुदायलाई विकास गर्नुपर्दछ । रोजगारीको लागि मान्छे परिवारसंग छुट्टिएर बस्न नपरे,पेट पाल्नको लागि शरीर बेच्नु नपरे युवाहरूलाई शिक्षाको व्यवस्था छ भने समुदायमा स्वतः यौन संक्रमणहरू कम हुने संभावना बढ्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९