Hesperian Health Guides

मलाई यौन रोग लागेको छ

यस परिच्छेदमाः

असामान्य स्राव बग्नु, दुख्नु र यौनाङ्गमा घाँउ खटिरा आउनु यौन रोगको लक्षणहरु हुन् | तर प्राय जोस यौन रोगहरुमा लक्षण देखा पर्दैन, लक्षणबिहिन हुन्छन् | कण्डम प्रयोग नगरी असुरक्षित यौन सम्पर्क गरेमा यौन रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ | रगत, पिसाब वा शरीरको संक्रमित अङ्गको भागको स्वाबको नमुना संकलनद्वारा यौन रोग लागेको छ वा छैन भनेर पहिचान गर्नको लागि प्रयोग गर्न सक्छ | लक्षणबिहिन यौन रोगको पहिचान तथा उपचार गर्नको लागि परिक्षण नियमित स्वास्थ्य सेवाको अभिन्न अङ्ग पनि हो |

कुनै यौन रोगको लागि रगत परिक्षण गर्न सकिन्छ

यौन रोगको लागि परिक्षण

यौन रोगको परिक्षण गर्नको लागि स्वास्थ्यकर्मीहरुले व्यक्तिबाट नमुना संकलन गर्छ र परिक्षण गर्ने किट प्रयोग गर्छ वा माईक्रोस्कोप प्रयोग गरी संक्रमण हेर्छ | यौन रोग परिक्षण गर्ने विधीहरु यस प्रकार छन्:

  • यौनाङ्ग भागको स्वाव प्रयोग गरेर नमुना संकलन गरी क्लैमाइडिया, गोनोरिया (धातु रोग), जेनिटल हर्पेस च्यानक्रोईड वा ट्रायकोमोनस परिक्षण गर्न सकिन्छ | मुखको भित्री भागको स्वाबिङ्गद्वारा एच.आई. भी. परिक्षण गर्न सकिन्छ | मुख मैथुन वा मलद्वारमा गरिने यौनकृया भएको यौन रोगको परिक्षण गर्न कहिले काँही घाँटी वा मलद्वारको स्वाबिङ्गको आवश्यकता पर्छ | पाठेघरको मुखको स्वाबिङ्गद्वारा एच.पी.भी. परिक्षण गर्न सकिन्छ |
  • पिसावको परिक्षणद्वारा क्लैमाइडिया र गोनोरियाको पहिचान गर्न सकिन्छ |
  • रगतको परिक्षणद्वारा सिफिलिस (भिरिंगी), जेनिटल हेर्पेस, हेपाटाईटिस र एच.आई.भी. पहिचान गर्न सकिन्छ |


सम्पूर्ण मानिसहरु जो यौनकृयामा सकृय छन् उनीहरुको लागि यौन रोगको परिक्षण गर्नु राम्रो विचार हो | कति पटक यौन रोगको परिक्षण गर्ने भन्ने कारण कति जना नयाँ यौन जोडी छ, एक जना भन्दा बढि यौन जोडी कति जना छन् वा यौन रोग छ कि भन्ने कारणमा निर्भर हुन्छ | यदि गर्भवती महिला छन् भने महिला र शिशुलाई नकारात्मक असर पार्न सक्ने कारणबाट बचाउनको लागि यौन रोगको परिक्षण गर्नु सामान्य हो |


यौन रोग हुन् सक्ने लक्षणहरु

दुखाई वा महिलाको योनीबाट असामान्य स्राव बग्ने
के तल्लो पेटमा दुख्छ वा यौन सम्पर्क गर्दा दुख्छ?
यो पेल्भिक सुनिने रोग (पेल्भिक ईन्फ्लामेन्टरी डिजिज) भएको हुन् सक्छ, पाना ११ मा हेर्नुहोस् |
के पिसाब फेर्दा दुख्छ वा पोल्ने गर्छ?
यो पिसाबको संक्रमण हुन् सक्छ, यौन रोग होइन | वा ट्राईकोमोनस, गोनोरिया वा क्लैमाइडिया, पाना ९ मा हेर्नुहोस् |
के सेतो वा खैरो र गनाउने वा यौन सम्पर्क गरेपछि माछाको जस्तो स्राव बग्छ?
यो ब्याक्टेरियल भाजिनोसिस, वा कम रुपमा ट्राईकोमोनस हुन् सक्छ |
के बगेको योनी स्राव पहेलो वा हरियो छ?
यो गोनोरिया वा क्लैमाइडिया | यो ट्राईकोमोनस पनि हुन् सक्छ |
के बगेको सेतो स्राव, हेर्नुमा कडा चिज वा मख्खन दुध, वा ढुसी, बेकिकिङ्ग जस्तै गनाउँछ?
यो यिस्ट (ढुसी) संक्रमण हुन् सक्छ, यो यौन रोग होइन, पाना ७ मा हेर्नुहोस् |
दुखाई वा पुरुषको लिङ्गबाट असामान्य स्राव बग्ने
के पिसाब फेर्दा दुख्छ वा पोल्ने गर्छ?
यो गोनोरिया वा क्लैमाइडिया हुन् सक्छ | वा कम मात्रामा ट्राईकोमोनस हुन् सक्छ |
के अण्डकोषमा दुख्छ वा दुख्ने गरी सुनिएको छ?
यो गोनोरिया वा क्लैमाइडिया | स्वास्थ्यकर्मीहरुसंग कुराकानी गर्नुहोस अन्य कारणहरुको पनि उपचार गर्नु पर्छ |
के लिङ्गबाट थोपा थोपा बगेको स्राव केहि छ?
यो गोनोरिया हुन् सक्छ |


घाउ, खटिरा र यौनाङ्ग वा मलद्वारमा मासु पलाएको
के वरिपरी नदुख्ने खुल्ला घाउ छ?
यो सिफिलिस (भिरिंगी) हुन् सक्छ |
एक वा सो भन्दा बढि दुख्ने फुलेको र सजिलै रगत आउने घाउहरु छन?
यो स्यान्क्रोईड हुन् सक्छ |
फुट्न लागेको कडा रुपमा दुख्ने, खुल्ला घाउहरु भएको मसिना स-साना खटिराहरु छन्?
यो हर्पेस हुन् सक्छ |


महिला र पुरुषको यौनाङ्ग वा मलद्वारमा देखा पर्ने अन्य लक्षणहरु
मलद्वारमा चिलाउने वा दिसा गर्दा दुख्ने कहिले काँही यौन रोगको लक्षण हुन् सक्छ | यदि तपाईले आफ्नो मलद्वारबाट स्राव बगेको वा दिसा पुछ्दा चिप्लो जस्तो छ भने त्यो गोनोरिया वा क्लैमाइडिया हुन् सक्छ, पाना ९ मा हेर्नुहोस् |
योनी, लिङ्ग र मलद्वारबाट रगतसहित वा खैरो स्राव बगेको छ भने त्यो कडा प्रकारको संक्रमणको लागि मेडिकल सहयोग लिनुहोस् |

यौनाङ्गचिलाउने
योनीद्वारको वरिपरी, तिघ्राहरु वा पिसाब निस्किने ठाउँमा चिलाएमा ढुसी (यिष्ट) हुन् सक्छ वा महिलामा ट्राईकोमोनसको लक्षण हुन् सक्छ |

यौनाङ्गमा जुम्रा वा लुतो छ भने पनि चिलाउछ | यसको उपचार छालामा औषधि जस्तै पर्मेथ्रिनको प्रयोग गरी गर्न सकिन्छ | लुतो परिवारमा सहजै फैलिन्छ, बालबालिकाहरुमा प्राय हुन्छ र सम्पूर्ण शरीरको भागमा असर गर्छ |

यौनाङ्गमा साबुन, सुगन्ध (प्रफुम) वा रसायन पदार्थ प्रयोग गर्नाले पनि चिलाउने गर्छ | यौनाङ्गको बाहिरी भाग साधा पानीले धुनुहोस् कतै चिलाएको हराउछ कि ख्याल गर्नुहोस् |


महिलाहरु महिनावारीको

बेला योनीबाट केहि स्राव बग्नु सामान्य हो |यो स्रावले योनी सफा हुन्छ|महिनावारी चक्रको दिनहरुमा र गर्भवती भएको बेलामा आफै यो स्राव परिवर्तन हुन्छ |सामान्य यौनी स्राव सफा, दुध वा हल्का पहेलो हुन्छ,तर यदि असामान्य रुपमा धेरै वा पहेलो, हरियो वा बाक्लो सेतो,गनाउने वा चिलाउने भयो भने त्यो यौन रोगको लक्षण हुनसक्छ |यस्तो बेला स्वास्थकर्मीको सहायता लिईहाल्नुपर्छ|

यौनी स्राव धेरै चिन्ता पिर,एन्टीबायोटिक्सको सेवन, गर्भवती भएको बेलामा र अन्य अवस्थामा यी ब्याक्टेरियालाई असर पार्छ र यौनीमा संक्रमण हुन् सक्ने सम्भावना बढ्छ |योनी दैनिक सफा गर्नुपर्छ । यौनाङ्गमा सुगन्ध आउने साबुन प्रयोग नगर्ने वा योनी भित्र स्प्रे पनि छर्कनु हुदैन, यसो गर्दा संक्रमण हुनसक्छ |कफी, रक्सी वा गुलियो खानेकुरा वा पेय पदार्थ कम सेवन गर्नुपर्छ |


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९