Hesperian Health Guides

कोखाको संक्रमण (Pelvic Inflammatory Disease, P.I.D.)

यस परिच्छेदमाः

महिलाले आफ्नो तल्लो पेट थामेको

महिलाको तल्लो पेटको प्रजनन अङ्गहरुको कुनै पनि भागमा संक्रमण भएको अवस्थालाईपेल्भिक सुनिने रोग (पेल्भिक ईन्फ्लामेन्टरी डिजिज/पी.आई.डी.) भनेर नामकरण गरेको पाइन्छ | सामान्यता यसलाई “पेल्भिक संक्रमण” भएको भनिन्छ |

यदि तपाईलाई यौन रोग, विशेषत गोनोरिया वा क्लैमाइडिया लागि निको नभएमा पेल्भिक संक्रमण हुन् सक्छ | तर सबै पी.आई.डी. यौन संक्रमणबाट हुन्न | पी.आई.डी. हुन् सक्ने अन्य कारणहरु अन्तर्गत प्रसूति पश्च्यात संक्रमण भएमा, गर्भ खेर गएमा र गर्भपतन भएमा वा कहिले काही निर्मलीकृत विधिद्वारा आई.यू.डी. नराखेमा पनि हुन् सक्छ |

पेल्भिक संक्रमण गर्ने किटाणु योनीको मध्यमबाट पाठेघरको मुख हुँदै पाठेघर, डिम्बबहिनी नली र डिम्बशायसम्म जाने गर्छ | यदि संक्रमण भएको उपचार गरिएन भने त्यसले दिर्घ रुपमा पिडा, बाँजोपन, जटिल बिरामी वा मृत्युसम्म हुन् सक्छ |

लक्षण (एक वा सो भन्दा बढि निम्न लक्षणहरु देखा पर्न सक्छ)
  • तल्लो पेट (पेल्भिक) दुख्नु-कम वा कडा प्रवृतिको हुन् सक्छ |
  • यौन सम्पर्क गर्दा दुख्नु वा रगत बग्नु |
  • तल्लो पेट थिच्दा कडा हुनु |
  • ज्वरो आउनु |
  • अतिनै कमजोर र शिकिस्त अनुभूति गर्नु |
  • योनीबाट असामान्य रक्तश्राव वा दुर्गन्धित स्राव बग्नु |
उपचार

साधारणतया यो संक्रमण किटाणुहरुको समिश्रणको कारणले गर्दा हुन्छ | त्यसैले उपचारको लागि ३ प्रकारको औषधिहरुको आवश्यकता पर्छ | पेल्भिक संक्रमण (पी.आई.डी.) उपचारको लागि मिश्रित औषधिपाना ४३ मा हेर्नुहोस् | यथाशिघ्र उपचार गर्नुहोस् | यदि २ दिन र २ रात (४८ घण्टा) राम्रो हुँदै गई रहेको महसुस गर्नु भएन, वा यदि तपाईलाई उच्च ज्वरो वा वान्ता आएर शिकिस्त हुनु भयो, वा यदि तपाई गर्भवती हुनु हुन्छ, वा भर्खरै गर्भापतन गरेको वा प्रसूति भएको छ भने यथाशिघ्र स्वास्थ्य केन्द्र वा अस्पताल जानुहोस् | तपाईलाई नशा (आई.भी.) बाट दिने औषधिको आवश्यकता हुन्छ | यदि तपाईलाई पी.आई.डी. भएको छ भने तपाईको यौन जोडी वा जोडीहरुको परिक्षण र संक्रमणको उपचार गर्नु पर्छ |


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९