Hesperian Health Guides

भिरीङ्गी (सिफिलीस) मा स्याङ्क्रोईड

यस परिच्छेदमाः

Sसिफिलीस एक गम्भीर संक्रमण हो । यसले शरीरमा नकारात्मक असर हुन्छ । यसको पहिलो लक्षण नदुख्ने र आफै हराउने घाउ आउनु हो । यदि सिफिलीस भएको थाहा नभएर उपचार गरिएन भने यो शरीरमा नै रही रहन्छ । सबै गर्भवती महिलालाई सिफिलीसको जाँच गरेर यसको उपचार गर्नुपर्दछ । यसो भएमा गर्भमा रहेको बच्चामा यसको असर पर्दैन, समय नपुुगी जन्मने, अपाङ्गता भएको जन्मने र मृत बच्चा जन्मने सम्भावना कम गर्छ । स्वास्थ्यकर्मीले प्रत्येक गर्भवतीलाई जाँच गराउनुपर्दछ ।

स्याङ्क्रोईड एक यौन संक्रमण हो, जसले गर्दा यौनाङ्गमा दुख्ने घाउ हुन्छ । यो लिम्फ नोडहरु सुन्निन्छन् । बेलैमा उपचार गरेमा यो औषधिले नै निको हुन्छ ।

कसैलाई सिफिलीस वा स्याङ्क्रोईड वा दुवै भएको हो भन्ने यकिन भएमा संक्रमणको लागि उपचार गर्नुपर्दछ । यदि जाँच गर्दा यौन साथीलाई वा पनि जाँच गराएर उपचार गर्नुुपर्दछ ।

जस्तै हेपाटाईटिस वि, एच.आई.भी. र अन्य संक्रमण पनि रगत र यौन सम्पर्कबाट सजिलै सर्न सक्छ । यस्ता संक्रमणलाई फैलनबाट बच्न समयमा उपचार गर्नुपर्छ र निको नभएसम्म यौन सम्पर्क गर्नुहुँदैन ।

यौनाङ्गमा भएको घाउ सफा राख्नुपर्छ, सुख्खा राख्नुपर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेको कपडा कसैले प्रयोग गर्नुहुँदैन ।


सिफिलीस वा स्याङ्क्रोईड:

पुरुषको यौनाङ्गमा महिलाको यौनाङ्गमा
a man's and a woman's genitals with sores
सिफिलीसको घाउ दुख्दैन भने स्याङ्क्रोईडको घाउ दुख्छ ।
सफिलीसको लक्षण

सिफिलीसको पहिलो लक्षण सानो नदुख्ने खालको गाँठो आउँछ, रोगीसँग यौन सम्पर्क गरेको २ देखि ५ हप्तापछि देखिन्छ । यो गाँठोलाई स्याङ्ककर भनिन्छ , शुरुमा डल्लो हुन्छ फुटेर घाउ बन्छ । यो प्रायजसो यौनाङ्गमा आउँछ तर मुखमा वा मलद्वारमा पनि आउन सक्छ । कुनै महिलाहरुमा यो योनीभित्र भए देखिदैन । यी घाउहरु हप्तासम्म रहेपछि र उपचार नगरेपनि आफै हराउँछन् । त्यसको केही हप्तापछि घाँटी दुख्ने, हलका ज्वरो आउने, मुखमा घाउहरु आउने, विमिराहरु (विशेष गरी हत्केला र पैतालामा) आउन सक्छ । यौनाङ्गमा घाउ आएको केही दिन वा हप्तापछि छालामा आएको अनौठो दाग वा विमिरा सिफिलीस हुनसक्छ । यस्तो भएमा यथाशीध्र जाँच गरेर उपचार गराउनुपर्दछ । नत्र सिफिलीस शरीरको अन्य भागमा फैलन सक्छ र मुटुरोग, पक्षघात, मानसिक असन्तुलन र मृत्युसमेत हुन सक्छ ।

एन्टिबायोटिकको आविष्कारपछि यस्तो डरलाग्दो अवस्था अहिले प्राय देखिन्न ।

सिफिलीसको उपचार

यसको सबैभन्दा राम्रो उपचार मासुमा सुुईको माध्यमबाट लगाइने बेन्जाथिन पेनिसलीन हो । यदि यो उपलब्ध नभए वा विरामीलाई पेनिसलीनसँग एलर्जी छ भने डक्सिसाईक्लिन खानुपर्छईराईथ्रोमाईसीन पनि खान सकिन्छ

स्याङ्क्रोईडको लक्षणहरु

सिफिलीस र स्याङ्क्रोईडको घाउ उस्तै देखिन्छ तर यदि घाउ दुख्छ र सजिलै रगत बग्छ भने त्यो स्याङक्रोईड हुन सक्छ । अन्य लक्षणहरुमा काछमा रहेका गिर्खाहरु सुन्निनु र मन्द ज्वरो आउनु हो ।

स्याङ्क्रोईडको उपचार

यसको उपचार गर्दा एजिथ्रोमाईसीन प्रयोग गरिन्छ । यी मध्ये कुुनै पनि प्रयोग गर्न सकिन्छ: सेफट्रियाक्जोनको सुई वा सिप्रोफ्लोक्सासीन वा ईराईथ्रोमाईसिन प्रयोग



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९