Hesperian Health Guides

एच.आंई.भि

यस परिच्छेदमाः

एच.आई.भि (ह्युमन ईम्युनो डेफिसीयनसी भाइरस) एक यौन रोग हो । जुन यौन सम्पर्क द्धारा, संक्रमित सुई द्धारा, संक्रमित रगत द्धारा एकबाट अर्कोमा सर्दछ । दैनिक सम्पर्क जस्तै हात मिलाएँदा, अंकमाल गर्दा, चुम्बन गर्दा, संगै बस्दा, खेल्दा, खाँदा, सुत्दा एक अर्कामा सर्दैन । साथै, खाना, पानी, किरा फट्याङग्रा, शौचालय, कप आदिको साटासाट गरेर प्रयोग गर्दा पनि यो सर्दैन । प्रायजसो मानिसले एच.आई.भि र एड्सलाई एउर्ट भन्ने सोच्दछन्, तर एड्स एक रोग हो । जुन एच.आई.भि भएको व्यक्तिले उपचार बिना बस्यो भनेपछि गएर लाग्दछ ।

शुरुमा एच.आई.भि को कुने लक्षण हुँदैन स्वास्थ देखिने र महशुस गर्ने व्यक्तिमा पनि एच.आई.भि हुन वा फैलाउन सक्दछ । पहिलो लक्षण देखिनलाई नै बर्षौ पनि लाउन सक्दछ । एच.आई.भि छ कि छैन पत्ता लगाउँने एउटै मात्र उपचार भनेको यसको परिक्षण गराउँनु हो । यो परिक्षण थुप्रै स्वास्थ्य संस्थामा न्यून शुल्क वा निःशुल्क उपलब्ध छ ।

आजकल एच.आई.भि÷एड्सको औषधि (एन्टि रेट्रोभाइरल औषधि) को थोरै मात्र प्रतिकुल असरहरू हुन्छन् । र धेरै ठाउँमा उपलब्ध छ । निको नै नभएता पनि एच.आई.भि को ओषधिले उड्स हुनबाट बचाउँछ र मानिसले सामान्य र लामो जीवन बिताउँन सक्दछ । औषधिले शरीरमा भाईरसको मात्रा क मगर्दछ र यसले गर्दा अन्य व्यक्तिमा सर्नबाट रोकथाम गर्दछ ।

यदि आफूलाई एच.आई.भि हुने सम्भावना छ भने परिक्षण गराई हाल्नु पछृ ताकि यथाशिघ्र उपचार शुरु गर्न सकिन्छ । {[futurelink|एच.आई.भि सम्बन्धि थाप जानकारीको लागि अध्याय एच.आई.भि र एड्स (विकास अध्याय भित्र) हेर्नुहोस् }}।

5 health workers with shirts saying "Living positively with HIV"
एच.आई.भि को अन्त्य तब हुन्छ जब संक्रमित व्यक्तिलाई पनि सामान्य मानिस जस्तै व्यवहार गरिन्छ र यसको औषधि सर्वसुलभ हुन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९