Hesperian Health Guides

Hepatitis B and Hepatitis C

यस परिच्छेदमाः

हेपाटाइटिस भन्नाले कलेजो सुन्निने समस्या हो जुन सामान्य तया भाइरसको कारणले गर्दा हुन्छ । हेपाटाइटिस धेरै प्रकारका छन् तर हेपाटाइटिस बि र हेपाटाइटिस सी यौन सम्पर्क र रगतको माध्ययमबाट सर्न सक्छ । हेपाटाइटिस सी भने यौन सम्पर्कबाट सर्ने सम्भावना कम र रगतको माध्ययमबाट सर्ने सम्भावना धेरै हुन्छ । महिनावारी भई रहेको बेला वा यौन रोग लागेको, विशेषत एच.आइ.भी लागेको, विशेषत एच.आइ.भी लागेको व्यक्तिसंग यौन सम्पर्क गरेमा यौनको माध्ययमबाट हेपाटाइटिस बि र सी ले कलेजोलाई स्थायी रुपमा बिगार्ने, क्यान्सर तथा मृत्यु पनि हुनसक्छ । एच.आई.भी एड्स भएका व्यक्तिमा हेपाटाइटिस सी नै मृत्युको मुख्य कारण हो । हेपाटाइटिस बि र सी दुबै गर्भमा रहेको बच्चामा सर्न सक्छ ।

a drawing of a man with his liver outlined
कलेजो
हेपाटाइटिस बि र सी दुबैले कुनै लक्षण नदेखाए पनि यस्तो संक्रमणहरूले कलेजोलाई नराम्ररी क्षति गर्न सक्छ ।
हेपाटाइटिस ‘बि’ का लक्षणहरू
  • अरुचि हुनु
  • थकाई लाग्नु र कमजोर महशुस हुनु (विशेषगरी हत्केला र पैताला)
  • पेट दुखनु तथा वाक, वाक लाग्नु
  • खैरो, खरानी रैगको पिसाब र सेतो दिसा

हेपाटाईटिस बि का नै लक्षणहरू वा धेरै वर्षसम्म संक्रमण भएतापनि लक्षण नदेखिन सक्छ ।

कति मानिसहरूले रक्त परिक्षण नगरेसमम आफूलाई संक्रमण भएको थाहा पनि पाउँदैनन् ।

उपचार

अहिले हेपाटाईटिस बि र सी लाई उपचार गर्ने औषधिहरू छन् भने हेपाटाइटिस सी लाई निको नै पार्न सक्दछन् । हेपाटाइटिस सी निको हुनुको मतलब पुनः सम्पर्कमा आएमा रोग लाग्दैन भत्रे चाहिँ हैन । आफूलाई कस्तो खालको हेपाटाईटिस भएको हो कुन कुन औषधि उपलब्ध छन् जान्नको लागि नजिकैको स्वास्थ्य संस्थामा गई जँचाउनु पर्छ । औषधिको प्रयोग बिना पनि निको हुन र कलेजोलाई बचाउन निम्न कुराहरू गर्न सकिन्छ । प्रशस्त आराम गरेर, फलफूलको रस पिएर, तरकारीको रसहरू खाएर । वाक, वाक र उल्टिलाई कम गर्न सोडा, अदुवा भएका पेय पदार्थ, क्यामोमाईल जस्ता चिया आदि पिउन सकिन्छ । तथापि मादकपदार्थ भने प्रयोग गर्न हुँदैन । थोरै मात्रामा पनि रक्सी जन्य पदार्थले कलेजोलालई असर पुग्छ र झन, बिरामी परिन्छ । पारासिटामोल (एसिटामिनोफेन र टाईलिनोल) तथा यो पदार्थ भएको कुनै पनि औषधि सेवन गर्न हुन्दैन किनभने यो संक्रमित कलेजोको लागि आनिकारक हुन्छ । खानै परेमा ब्रुफिन (आइब्रुफिन) वा एस्पिरीन प्रयोग गर्नु पर्दछ । पेट दुख्नु, पखाला लाग्नु र जुका पर्नु मा हेपाटाईटिस भएको कलेजोको स्याहारको बारेमा थप जानकारी पाउन सकिन्छ ।

रोकथाम

यौन सम्पर्क गर्दा सधै कण्डमको प्रयोग गर्नुपर्छ र लागु औषधि लिंदा सिरिञ्ज तथा अन्य सामाग्री रकले अर्कोको प्रयोग गर्नु हुँदैन । छालामा प्वाल पार्ने काम जस्तै ट्याटु, कान वा अन्य भागमा छेड्ने वा छाला काट्नु पर्ने बेलामा नयाँ मसी तथा निर्मलीकरण गरिएका औजारहरू प्रयोग गर्नुपर्छ । किनकी हेपाटाइटिस सी को किटाणु खुला ठाउँमा र झोल पदार्थमा ३ हप्तासम्म बाँच्न सकछ । दाँत माझ्ने ब्रस वा दाहं्री काट्ने रेजर साटासाट गरेर चलाउँदा पनि हेपाटाईटिस सी सर्न सक्छ । त्यसैले यस्ता औजारहरू एकले अर्काको प्रयोग गर्नु हुन्दैन ।

हेपाटाईटिस बि बाट बच्ने खोप शिशु अवस्थामा तिनवटा लगाईन्छ । सामान्यतपा यो अन्य खोपहरूको मिश्रणमा आउँछ । गर्भवती महिलाले याो खोप लिएमा भर्गमा भैको बच्चालाई रोग लाग्दैन । ठूला केटाकेटी तथा वयस्क जसले यो खोप शिशु अवस्थामा लगाएको छैन भने पनि लिन सकिन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९