Hesperian Health Guides

प्रचलित खोपहरु

यस परिच्छेदमाः

धेरैजसो देशहरुमा यि रोगहरु बिरुद्धका खोपहरु उपलब्ध छन्:


निम्न रोग बिरुद्धका खोपहरु उपलब्ध छन्ः

Ne NWTND vacc Page 7-2.png


डिपिटि (DTaP, Tdap समेत) ले भ्यागुते रोग, लहरेखोकि, धनुष्टंकारबाट बचाउँछ ।

डिपिटि खोपले ३ वटा रोग लाग्नबाट जोगाउँछ ।

ठूला बच्चाहरुलाई प्रायः डिपिटिको ३ वटा बुष्टर सुईहरु वा भ्यागुते रोग र धनुष्टंकार (Td, Dt) बाट जोगाउने मिस्रित खोप लगाईन्छ ।

डिपिटिका ६ वटै डोजहरु (३ वटाको शृङ्खला र ३ वटा बुष्टर) लगाएमा धनुष्टंकारबाट दश वर्षसम्म सुरक्षा हुन्छ ।

भ्यागुतेरोगले बिषेशगरी बच्चाहरुलाई असर गर्छ र सास फेर्न नै नसकिने गरी घाँटी सुन्निन्छ ।

लहरेखोकीमा सास फेर्दागाह्रो हुन्छ । धेरैखोकि लाग्छ । बच्चाहरुको लागि त खतरनाक हुन्छ ।

धनुष्टंकार (टिटानस) पनि घातक हुन्छ । शरिरमा काटिएर वा घाउबाट यो कसैलाई पनि हुनसक्छ । आमालाई खोप नलगाईए नवजात शिशुलाई यो हुनसक्छ । तर आजकल नेपालमा सबै गर्भवतीलाई धनुष्टंकार विरुद्ध सुइ लगाइन्छ ।

हेपबि (HBV पनि) ले हेपाटाईटिस बिबाट सुरक्षा दिन्छ

६ महिनाको उमेरसम्ममा शिशुलाई सुईहरुको ३ वा ४ वटाको शृङखला (सिरिज) दिईन्छ ।
  • शिशुअबस्थामा नलगाईएको खन्डमा ठूला बच्चा र वयस्कहरुलाई हेपबि सुई ३ वटा लगाउनु पर्छ ।

हेपाटाईटिस बि ले कलेजोमा गम्भिर समस्याहरु ल्याउँछ र कहिलेकाँहि कलेजोको क्यान्सर समेत हुन्छ । शिशु जन्मिदा आमाबाट बच्चामा वा असुरक्षित यौनसम्मर्कबाट वा संक्रमित सुईहरुबाट यो सर्नसक्छ ।

दादुरा, एमआर, एमएमआर खोपहरुले दादुरा लाग्नबाट जोगाउँछ

यस खोपलाई मिश्रित खोप अर्थात एमआर (Measles, Rubella) वा एमएमआर (Measles, Mumps, Rubella) को रुपमा दिईन्छ । बच्चाहरुलाई कम्तिमा २ वटा डोजहरु दिईन्छन् ।
  • दादुराको प्रकोपको समयमा ६ महिनासम्मका शिशुहरुलाई पनि खोप दिईन्छ । त्यसपछि उनीहरुलाई सामान्य २ डोजहरु दिईन्छ ।
  • एचआईभि संक्रमित बच्चालाई पनि २ वा कहिलेकाहिं ३ वटा सुईहरु चाहिन्छ । यसको बारेमा स्वास्थ्यकर्मीले सल्लाह दिन्छन् ।
बच्चाहरुमा दादुरा सजिलै फैलन सक्छ र त्यसको कारणले फोकाहरु देखा पर्ने, ज्वरो आउने र खोकि लाग्ने हुन्छ । उपचार नगरेको खण्डमा यसले झाडापखाला लाग्ने, आँखा वा कानको संक्रमण हुने, अन्धोपन हुने वा ज्यान नै जानसक्ने हुन्छ ।

एचपिभि खोपले ह्युमन प्यापिलोमा भाईरसबाट जोगाउँछ

उमेर अनुसार किशोरीहरुलाई २ वा ३ वटा सुईहरु चाहिन्छन् ।
  • पहिलो सुई ९ वा १० बर्षको उमेरमा दिईन्छ र त्यसको ६ महिनापछि दोस्रो दिईन्छ । १५ बर्ष वा सोभन्दा माथिका महिलाहरुको हकमा पहिलो सुई दिईसकेपछि दोस्रो सुईको लागि ४ हप्ता कुर्नुपर्छ भने तेस्रोको लागि १२ हप्तासम्म कुर्नुपर्छ ।


(नेपालमा केही ठाउँमा यो खोपको शुरुवात गरिएको छ ।)

यस खोपले महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर र पुरुषहरुलाई पनि केहि क्यान्सरबाट सुरक्षा दिन्छ । यो विशेषगरी किशोरीहरुलाई दिइन्छ ।

केहि क्षेत्रमा मात्रै प्रयोग हुने एवं केहि मानिसहरुलाई मात्रै आबश्यक खोपहरु

जापानिज इन्सेफलाइटिस

जापानिज इन्सेफलाइटिस लामखुट्टे मार्फत सर्ने एक किसिमको भाईरस हो जुन एशियाका केहि क्षेत्रमा फैलिने गरेको छ । खोप अभियानहरुले शुरुमा १५ बर्ष उमेर मुनिका सबै बालबालिकालाई सामावेश गर्नुपर्छ । त्यसपछि नयाँ शिशुहरुलाई मात्रै खोप दिए पुग्छ । बच्चालाई १ वा २ वटा सुईहरु लगाउनुपर्ने हुन्छ ।

ठेउला

यसको खोप लिएपछि कहिलेकाहिं बढी उमेरका बच्चा र वयष्कहरुलाई पनि यो सुइ दिईन्छ ।

रेबिज

NWTND vacc Page 12-1.png

रेबिज जनावरहरु विशेषगरि कुकुर वा चमेरोहरुबाट सर्ने घातक भाइस हो । नेपालमा यसको कारणले वर्षमा १००० जना जति मानिस मर्छन् । सबै कुकुरहरुलाई एन्टी रेबिज बिरुद्धको खोप दिएमा मानिसहरुलाइ यसको जोखिम कम हुन्छ तर गल्लीका भुस्याहा कुकुरलाई कसैले पनि सुई दिदैन । रेविज प्रभावित जनावरले कसैलाई टोकेमा उसलाई तुरुन्तै रेविज खोपको सुई दिनुपर्छ । टोकेको ठाउँमा कम्तिमा १५ मिनेटसम्म साबुनपानीले राम्रोसँग पखाल्नु महत्वपूर्ण हुन्छ । नेपालमा अहिले विभिन्न जिल्ला अस्पतालमा यो सुई सित्तैमा दिइन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९