Hesperian Health Guides

यौन प्रसारित संक्रमण (यौन रोग) उपचार विधि

मधुमेहका औषधीहरु

यौन प्रसारित रोगको लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । साथै दुखाइ कम गर्ने औषधि र ढुसी संक्रमणको लागि पनि औषधि प्रयोग गरिन्छ । जनै खटिरा पूर्ण रुपमा निको पार्न नसके पनि फैलनबाट रोक्न सकिन्छ ।

एन्टिबायटि

एन्टिबायोटिकले संक्रमण रोग विभिन्न संक्रमणको लागि विभिन्न थरिका एन्टिबायोटिक प्रयोग गरिन्छ । कुन–कुन थरिका एन्टिबायोटिक छन् भन्ने जान्न जरुरी छ ।

  1. एन्टिबायोटिकले विभिन्न थरिका संक्रमण निको पार्छ
  2. यदि कुनै एन्टिबायोटिकमा एलर्जी छ भने त्यही परिवारको अर्को एन्टिबायोटिकको पनि एलर्जी हुन्छ । अर्को थरिको एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।

एन्टिबायोटिक औषधि पूर्ण मात्रामा दिनुपर्छ । यो प्रयोग गरेको केही दिन पछि लक्षणहरू कम हुन्छन् । तर यो बेलामा औषधि रोक्नु हुन्न, संक्रमण फर्किन्छ । यदि यसको नराम्रो असर जस्तै पखाला, छालामा घाउ भएमा औषधि तुरुन्त बन्द गर्नुपर्छ र स्वास्थ्यकर्मिलाई भेट्नु पर्छ ।


एमोक्सिसिलीन


यो पेनिसिलीन समूहको औषधि हो । यो धेरै थरिका यौन रोगको उपचारको लागि प्रयोग गरिन्छ । तर अहिले यसको प्रयोगले गर्दा र यौन रोगको उपचार गर्दा यसको असर कम भएको छ ।

Green-effects.png नराम्रा असरहरू
पखाला, छालामा घाउ, वान्ता हुनु । गर्भवती महिलालाई यौन अंगमा ढुसी आदि ।

NBgrnimportant.png महत्पपूर्ण
यदि कसैलाई पेनिसिलिनमा एलर्जी भए यो औषधि प्रयोग गर्नु हुँदैन । यदि यो औषधि प्रयोग गरेपछि ३ दिनमा सुधार भएन भने अर्को औषधि प्रयोग गर्नुपर्छ ।

यदि यो औषधि प्रयोग गरेपछि ३ दिनमा सुधार भएन भने आर्को औषधि प्रयोग गर्नुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खानासंग खाने ।

पुठ्ठाको संक्रमणको लागिः

NWTND bag arrow.png
मुखबाट ५०० मि.ग्रा. चक्कि दिनमा ३ चोटी १४ दिनसम्म दिनुपर्छ । तर अहिले एकोक्सिसिलीन भन्दा तल दिइएको अन्य औषधि दिइन्छ ।


Azithromycin


यो एक एन्टिबायोटिक हो, यो यौन रोग उपचारको साथै अन्य संक्रमणको लागि प्रयोग गरिन्छ । यो गर्भवती र दूधखाने महिलाको लागि पनि सुरक्षित छ ।

Green-effects.png नराम्रा असरहरू
वाकवाक लाग्नु, पखाला लाग्नु, वान्ता हुनु, पेट दुख्नु ।

NBgrnimportant.png महत्पपूर्ण
यदि कसैलाई एलर्जि भयो भने तुरुन्त यसको प्रयोग बन्द गर्नुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने

विभिन्न यौन रोगको लागि

NWTND bag arrow.png
एकग्राम (१००० मि.ग्रा) एक चोटी मात्रै । भिरङ्गीको लागि पनि प्रयोग गर्न सकिन्छ ।

.

पुठ्ठाको संक्रमण:

NWTND bag arrow.png
एकैचोटी एक ग्राम (१००० मि.ग्रा) खान दिने । एक हप्ता पछि फेरी औषधि १००० मि.ग्रा दिने । साथै ceftriaxon वा spectinomycin दिन ।


बेन्जाथिन पेनिसिलीन


यो एन्टिबायोटिकले भिरङ्गीको उपचार गरिन्छ । माशंपेशीमा र सुईबाट मात्र दिइन्छ ।

NBgrnimportant.png महत्पपूर्ण
पेनिसिलीनमा एलर्जी छ भने यो प्रयोग गर्नुहुँदैन । एलर्जी भयो भने epinephrine दिनुपर्छ ।

छालामा एलर्जी भयो भने पेनिसिलिन सुई दिएको ३० मिनेट भित्र शुरु हुन सक्छ ।

NBgrninject.png कसरी प्रयोग गर्ने
यो सुई द्वारा दिइन्छ । दुखाइ कम होस भनेर lidocaine संग प्रयोग गर्न सकिन्छ ।


Cefixime


यो एन्टिबायोटिकले विभिन्न संक्रमण रोक्नुका साथै भिरङ्गीको उपचारको लागि पनि प्रयोग गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
पेट गडबड गर्ने, टाउको दुख्ने गराउन सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
यदि कसैलाई एलर्जी छ भने यो प्रयोग गर्नुहुँदैन ।

कलेजोको समस्या भएकाहरूले त यो औषधि प्रयोग गर्दा डाक्टरसंग सल्लाह लिनुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
भिरीङ्गिको लागि

NWTND bag arrow.png
४०० ग्राम मुखबाट दिनुपर्छ साथै एजिथ्रोमाइसिन दिनुपर्छ ।


Ciprofloxacin


यो पनि विभिन्न संक्रमणको लागि प्रयोग गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
पेट गडबड हुने, टाउको दुख्ने, वान्ता हुने हुन सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती र दूध चुसाउने महिलाले र १६ वर्ष मुनिकाले यो प्रयोग गर्नुहुँदैन ।

यो खाँदा दूध र दूधले बनेको खाना खानु हुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यो पानीसंग खानुपर्छ ।

NWTND bag arrow.png
Chancroid को लागि दिनको दुइ चोटी ३ दिनसम्म दिनु पर्छ । ५०० मि.ग्रा हरेक बिहान बेलुका ३ दिनसम्म दिने यदि एच.आइ.भी को बिरामी भए ७ दिनसम्म दिनुपर्छ ।


Doxycycline


यो टेट्रासाइक्लिन परिवारको औषधि हो । विभिन्न यौन रोग संक्रमणमा उपचार गर्न प्रयोग गरिन्छ । यो प्रयोग गर्न सजिलो छ ।

Green-effects.png नराम्रा असरहरू
बारम्बार पखाला लाग्न सक्छ । यो प्रयोग गरेपछि घाममा धेरै बेर बस्दा छालामा डाबर आउन सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
टेट्रासाइक्लिनमा एलर्जी हुने मानिसले प्रयोग गर्नुहुँदैन ।

गर्भवती महिला र दूध खुवाउने महिलाले प्रयोग गर्नुहुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यो खाँदा दूध, आइरन, एन्टासिड चक्कि दुइ घण्टा पछि मात्र खानुपर्छ र धेरै पानी पिउनु पर्छ ।

gonorrhea र chlamydia को लागि:
NWTND bag arrow.png
दिनको दुइ चोटी १०० मि.ग्राम ७ दिनसम्म खानुपर्छ । साथै कुनै अर्को औषधि पनि जरुरत पर्छ ।

सिफलिस भएको लागि
NWTND bag arrow.png
१०० ग्राम मुखबाट दिनको दुइ चोटी १४ दिनसम्म । सिफलिसको लागि बेनजाथिन पेनिसिलिन दिनु राम्रो हुन्छ । तर एलर्जी छ भने प्रयोग गर्नु हुँदैन ।

पुठ्ठाको संक्रमणको लागि:
NWTND bag arrow.png
दिनमा दुइ चोटी १०० मि.ग्रा ४ दिनका लागि । साथै ceftriaxone वा spectinomycin पनि दिनु पर्छ ।


Erythromycin


यसले धेरै रोग र संक्रमण ठिक गर्छ । यो गर्भावस्थामा पनि प्रयोग गर्न सकिन्छ । तर अहिले कतिपय संक्रमणको लागि काम लाग्दैन । गर्भावस्थामा पनि यो प्रयोग गर्न सकिन्छ ।

Green-effects.png नराम्रा असरहरू
पेट गडबड पखाला, वाकवाक लाग्ने ।

NBgrnimportant.png महत्पपूर्ण
एलर्जी हुने मानिसले प्रयोग गर्नु हुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खाना खानु भन्दा एक दुइ घण्टा अघि प्रयोग गर्नुपर्छ । यदि पेट गडबड भयो भने अलिकति केही खान सकिन्छ । तर यसको ट्याबलेट भाँचेर खानु हुँदैन ।

chlamydia को लागि
NWTND bag arrow.png
५०० मि.ग्रा दिनको ४ चोटी ७ दिन म्.

chancroid को लागि
NWTND bag arrow.png
लागि ५०० मि.ग्रा दिनको ४ चोटी ७ दिन सम्म ।

NWTND bag arrow.png
(Syphilis) सिफलिसको लागि ५०० मि.ग्रा दिनको ४ चोटी १५ दिन सम्म । तर यसको लागि त पेनिसिलीन प्रयोग गर्नु राम्रो हुन्छ । तर एलर्जी छ भने प्रयोग गर्न हुँदैन ।

पुठ्ठाको संक्रमणको लागि:
NWTND bag arrow.png
५०० मि.ग्रा १४ दिनसम्म साथै सेफ्ट्रीयाक्जन र स्पेक्टिनोमिसिन पनि प्रयोग गर्नु पर्छ ।


मेट्रोनिडाजोल


यो विभिन्न संक्रमणको लागि प्रयोग गरिन्छ । योनिमा ढुँसी संक्रमणको साथै पुठ्ठामा संक्रमणको लागि प्रयोग गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
मुखमा नमीठो स्वाद, टाउको दुख्ने, वाकवाक आउने ।

NBgrnimportant.png महत्पपूर्ण
कलेजोमा समस्या वा कमलपित्त भएको छ भने यो औषधि प्रयोग नगर्ने ।

यो खाँदा जाँड रक्सि खानु हुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यो योनीमा घुसाउने वा मुखले पनि खान सकिन्छ ।


bacterial vaginosis / trichomonas:
NWTND bag arrow.png
को लागि एकैचोटी २००० मि.ग्रा.को दिने ।
वा
५०० मि.ग्रा दिनको दुइ चोटी ७ दिनसम्म खाने ।


पुठ्ठाको संक्रमणको लागि:
NWTND bag arrow.png
४०० मि.ग्रा देखि ५०० मि.ग्रा दिनको ३ चोटी १४ दिनसम्म खाने ।


Spectinomycin


यो पनि पुठ्ठाको संक्रमण र यौन रोगको लागि प्रयोग गरिन्छ । विशेष गरी पेनिसिलिनमा एलर्जी हुने व्यक्तिको लागि काम लाग्छ ।

Green-effects.png नराम्रा असरहरू
सुई लगाएको ठाउँमा दुख्छ, रिंगटा लाग्ने, वाकवाक हुने हुन्छ ।

NBgrninject.png कसरी प्रयोग गर्ने
२ ग्रामको सुई दिइन्छ ।

योन रोग वा पुठ्ठाको संक्रमणको लागि ।
NWTND bag arrow.png
२ ग्राम (२००० मि.ग्रा) मांशपेशीमा एकचोटी मात्र दिइन्छ ।

यौन रोग वा पुठ्ठाको संक्रमणको लागि ।


Tetracycline


यो धेरै संक्रमणको लागि काम लाग्छ । डक्सिसाइक्लिन पनि सस्तो र सजिलै प्रयोग गर्न सकिन्छ ।

Green-effects.png नराम्रा असरहरू
घाममा बस्दा छालामा डाबर आउन सक्छ । पखाला हुने, पेट गडबड हुने हुन सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
यदि एलर्जी छ भने प्रयोग गर्न हुँदैन । साथै गर्भवती र दूध खुवाउने महिलाले प्रयोग गर्न हुँदैन ।

यो खाँदा २ घण्टा अघि र पछि दही, आइरन चक्कि र एन्टासिड प्रयोग गर्नु हुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यो खाँदा २ घण्टा अघि र पछि दही, आइरन चक्कि र एन्टासिड प्रयोग गर्नु हुँदैन ।

chlamydia लागि:
NWTND bag arrow.png
५०० मि.ग्रा दिनको ४ चोटी ७ दिनसम्म खाने ।


Tinidazole


यो पनि योनिको संक्रमणका लागि प्रयोग गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
मुखमा नमिठो स्वाद, पेट दुखाइ, पखाला ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती महिलाले प्रयोग गर्नु हुँदैन ।

यो प्रयोग गर्दा रक्सी खानु हुँदैन । वाकवाक गराउँछ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खाएपछि एक गिलास पानी पिउने ।


Bacterial vaginosis / Trichomonas:
योनिमा भएका संक्रमणका लागि ।
NWTND bag arrow.png
२ ग्राम (२००० मि.ग्रा) एकैचोटी खाने ।
वा
NWTND bag arrow.png
५०० मि. ग्रा दिनको दुई चोटि छ दिन सम्म खाने ।


बिरामीको साथै उसको यौन जोडिलाई पनि उपचार गर्नु पर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४