Hesperian Health Guides

मुटु सम्बन्धि रोग तथा उच्च रक्तचाप

हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > मुटु सम्बन्धि रोग तथा उच्च रक्तचाप

यस परिच्छेदमाः

के हो मुटु सम्बन्धि रोग ?

NWTND heart Page 1-1.png
शरीरमा रक्त सञ्चार गर्नको लागि अहोरात्र मुटु (दिन/रात) काम गरिरहेको हुन्छ । घाँटीको छेउमा वा नाडीमा औंला राखेर छाम्यो भने धड्कनको मन्द रुप भेट्न सकिन्छ ।

शरीरको हरेक भागमा रक्त सञ्चालन गरेर फेरी मुटु सम्म पठाउनको लागि लागि हाम्रो शरीरलाई बलियो पम्प (मेशिन) को आवश्यकता पर्दछ । धमनीहरु/नसाहरु (Arteries) खुम्चिए वा साँघुरीए भने प्रर्याप्त मात्रामा रगत मुटुसम्म पुग्न पाउदैँन र मुटु कमजोर हुन्छ । यदि मूटु कमजोर छ भने यसले पर्याप्त मात्रामा रक्त सञ्चार गर्न परे सक्दैँन र मुटुले धेरै परिश्रम गर्नुपर्ने हुन्छ ।

शरीरमा रक्त सञ्चार गर्नको लागि अहोरात्र मुटु (दिन/रात) काम गरिरहेको हुन्छ । घाँटीको छेउमा वा नाडीमा औंला राखेर छाम्यो भने धड्कन मन्द रुप भेट्न सकिन्छ । रगतले सम्पूर्ण शरीरको पोषक तत्व तथा अक्सिजन पठाउने भएकोले मुटुको र रक्त राम्रोसँग नबगे समस्याले सम्पूर्ण शरीरलाई नै प्रभाव पार्छ । यो पानीको आपूर्ति प्रणाली जस्तै हो: पम्पले धेरै काम गर्न परे यो छिटो पुरानो हुन्छ, पम्पले साह्रै विस्तारै काम गरे भने सबै घरमा पानी पुग्दैँन, पाईपहरु भित्र फोहोर जम्मा भएमा वा खिया लागेमा थोरै पानी मात्र बग्छ ।

NWTND heart Page 1-2.png

धमनी/शीरा (Arteries/Veins) नसाहरु वा मुटु भित्र जहाँ समस्या भएपनि यी सबै समस्याहरुलाई मुटु सम्बन्धि समस्या भनिन्छ । तल दिईएका प्रमुख मुटु र रक्त सञ्चार सम्बन्धि समस्याहरु हुन्  :

  • धमनी कडा हुदैँ जानु (Arteriosclerosis): धमनीहरु (नसाहरु) कडा साँघुरो भएपछि बन्द हुन्छन् – प्रायगरी खानामा बोसोको वा चिनीको मात्रा बढी भए मुटुले पर्याप्त रगत सञ्चालन गर्न सक्दैन ।
  • साँघुरीएर मुटुले काम नगर्नु (Congestive Heart Failure): मुटुले पर्याप्त मात्रामा रगत सञ्चालन गर्न नसके यसलार्य मुटु कमजोर भएर काम गर्न गाह्रो अनि यसले स्वास्थ्यलाई असर गर्छ किनभने रगत चाहिँने जति सबै ठाउँमा पुग्न सक्दैँन । यसले गर्दा खुट्टा तथा फोक्सो सुनिन्छ ।
  • हर्ट अट्याक (Heart Attack): मुटुमा आउने रगत अबरुद्ध भएमा मुटुको मांशपेशीलाई कमजोर हुन्छ र मुटुले विस्तारै काम गर्न छाड्छ । यो अवस्थामा मुटु आपतकालिन (Emergency) अबस्था मानिन्छ
  • स्ट्रोक (Stroke): रक्त सञ्चार गर्ने नसाहरु अबरुद्ध भएर वा मस्तिष्कका साना नलीहरु फुटेर दिमागमा नोक्सानी भए स्ट्रोक मानिन्छ । यो पनि आपतकालिन अबस्था हो
  • र्युमाटिक मुटु सम्बन्धि रोग/ मुटुको बाथ रोग (Rheumatic Heart Disease): बथ रोगको ज्वरोले गर्दा बच्चाको मुटुलाई हानी गर्दछ तर समयमा औषधि र शल्यक्रियाले यसलाई ठिक पार्दछ ।
  • जन्मजात मुटुको समस्या : बच्चा जन्मिदैँ यदि मुटुमा प्वाल वा अन्य समस्या भएर जन्मिएमा यसले मुटुमा हानी हुन्छ । यो शल्यक्रियाबाट मात्र ठिक हुन्छ (हृदय दोष, हेर्नुहोस्) ।

मुटु सम्बन्धि रोग धेरै हुन सक्छ ?

प्राय जसो मुटु सम्बन्धि रोगहरु कहिले कहिले कुनै लक्षण बिना नै लामो समय रहन सक्छ । विभिन्न समस्याले मुटुको रोग हुन्छ । कुनै व्यक्तिलाई तल लेखिएका दुई वा त्यो भन्दा बढी समस्या भए भने केही बर्षमा नै उसलाई मुटु सम्बन्धि समस्या हुन्छ:

NWTND heart Page 3-1.png
वहाँ सधै स्याँ स्याँ गर्नु हुन्थ्यो तर हामीले कहिल्यै सोचेनौं कि यो मुटुको रोगले गर्दा हो ।
कतिपय मुटु सम्बन्धि रोगहरु युवा अबस्थामा नै शुरु हुन्छ र केही वर्षपछि यो जटिल हुदैँ जान्छ । तर मानिसहरुले मुटुको रोग तथापी स्ट्रोक अचानक भए जस्तो देखिन्छ ।
  • सुर्तिजनय पदार्थको सेवन
  • मधुमेहको बिरामी
  • ५५ बर्ष भन्दा माथीका पुरुष र ६५ बर्ष माथीका महिला
  • उचाई अनुसार बढी तौल भएका १४०/९० माथि रक्तचाप भएका


यस्तो अबस्था भएका मानिहरुलाई स्वास्थ्यकर्मीले नियमित रक्तचाप तथा कोलेस्टोल, मधुमेहको जाँच गर्न प्रोतसाहित गर्नु पर्छ । तर मुटु सम्बन्धि रोगको सम्भावना कम गर्ने वा यसलाई सुधार गर्न पनि सकिन्छ । धुम्रपान नगर्ने, मधुमेहको उपचार गर्ने, नुन कम भएका खाना खाने र प्रशोधित खाना नखाने, व्यायाम गर्ने र कम तनाव लिने गर्नाले मुटु स्वस्थ राख्न सहयोग हुन्छ । आफ्नो स्वास्थ्यकर्मीसँग कुरा गरेर र मुटुलाई स्वस्थ बनाउने विधि तथा रक्तचाप कम गर्ने विधी पत्ता लगाउनु पर्छ ।

मुटु र रक्त सञ्चार प्रणली कसरी जाँच गर्ने ?

स्वास्थ्यकर्मीले मुटु कतिको राम्ररी मुटु काम गरिरहेको छ भनेर जाँच्दछन् :

  • रक्तचाप नाप्नु: रक्तचारपले मुटु कसरी काम गरिराखेको छ भनेर देखाउँछ । लगातार रक्तचाप भए मुटुको रोगको जटिलता हुन सक्छ ।
  • रगतमा कोलेस्टरोल जाँच: कोलेस्टोरोल एक प्रकारको बोसो हो यो केही मात्रामा त शरीरलाई चाहिन्छ । तर यो धेरै भएमा मुटु रोग हुने सम्भावना हुन्छ ।


यस्तो समस्या भएमा मुटु रोगको हुन सक्छ लक्षणहरु:

  • मुटुको धड्कन अनियमित: धेरै छिटो वा धेरै ढिलो मुटु धड्कनु, वा अनियमित मुटुको धड्कन । (Arrhythmia)
  • (Angina) कोखा हान्नु: छात्ति दुख्नु

मुटु रोगको रोकथाम

मुटु रोगहरु लाग्ने प्रमुख कारण खानपान र रहनसहनले हुन्छन् । केही बानी परिवर्तन गर्न सकिन्छ । केही मुटु रोगहरु लाग्ने कारण परिवर्तन गर्न हाम्रो बसमा छैनन् । के राम्रो काम (Decent Job) र स्वस्थ खाना उपलब्ध र किन्न सकिन्छ कि सकिन्न ? व्यायाम गर्न र बच्चाहरु खेल्नको लागि सुरक्षित स्थान छन् कि छैनन् ? गरीबी, जातिय विभेद छ कि , हिसांले गर्दा जिवनमा समस्या छ आदिले मुटुको समस्या हुन सक्छ । यो अध्यायले मुटु रोग कसरी हुन्छ, साथसाथै व्यक्तिगत, पारिवारीक, सामाजिक रुपमा कसरी मुटु रोगको रोकथाम गर्ने र लामो र स्वस्थकर जिबन जिउने भन्ने बारेमा प्रकाश पार्दछ ।

NWTND heart Page 4-1.png बाल्यावस्थामा पोषिलो खाना र सुरक्षित रुपले खेल्न पाए भने वयस्क हुदाँ स्वास्थ्य सम्बन्धि समस्याहरु कम हुन्छन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४