Hesperian Health Guides
Anti-fungal Medicines - ढुसी संक्रमणको उपचार
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > यौन प्रसारित संक्रमण > ढुसी संक्रमणको उपचार
Clotrimazole
यो ढुसी विरूद्धको औषधि हो । मुखमा, योनिमा, लिंगमा र छालामा ढुसी हुँदा प्रयोग गरिन्छ ।
नराम्रा असरहरू
यदि यो मलम लगाउँदा छालामा घाउ भयो भने औषधि लगाउन बन्द गर्नुपर्छ ।
कसरी प्रयोग गर्ने
यो योनिमा प्रयोग गरिन्छ ।

वा

Gentian violet (GV, methylrosanilinium chloride)
यो संक्रमण विरुद्ध लड्ने औषधि हो । यो मुख, योनि र छालामा हुने सक्रमण हुँदा प्रयोग गरिन्छ ।
महत्पपूर्ण
यो प्रयोग गर्दा छाला प्याजी रंगको हुन्छ । तर लुगामा लागेपछि चाँही रंग जाँदैन ।
कसरी प्रयोग गर्ने

Miconazole
यो ढुसीको उपचार गर्ने एक औषधि हो । यो योनी, लिंग र छालामा प्रयोग गरिन्छ ।
नराम्रा असरहरू
यसको प्रयोग गर्दा छाला चिलाएमा बन्द गर्नुपर्छ ।
महत्पपूर्ण
गर्भवती भएको बेला यो प्रयोग गर्नु हुँदैन । किनभने यसले भ्रुणको विकासमा अवरोध गर्छ ।
कसरी प्रयोग गर्ने
यो योनीमा राखिन्छ ।


Nystatin
यो पनि ढुसीको उपचारको लागि प्रयोग गरिन्छ ।
नराम्रा असरहरू
यदि यसले छालामा चिलायो भने बन्द गर्नुपर्छ ।
कसरी प्रयोग गर्ने
यो पनि क्रिमको रुपमा योनीमा प्रयोग गरिन्छ ।

