Hesperian Health Guides

Antiviral Medicines

मधुमेहका औषधीहरु

Acyclovir


यो जनै खटिराको उपचारको लागि प्रयोग गरिन्छ । यसले जनै खटिरा ठिक पार्दैन, तर दुखाइ कम गर्छ, फैलिनबाट रोक्छ ।

Green-effects.png नराम्रा असरहरू
यसले कहिलेकाहीँ टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने हुन सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
यदि मृगौलाको समस्या छ भने प्रयोग गर्नु हुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
लक्षण देखापर्ने बित्तिकै प्रयोग गरिहाल्नु पर्छ ।


यौनागंमा खटिरा हुँदा ।
NWTND bag arrow.png
२०० मि.ग्रा दिनमा ५ चोटी ७ दिनसम्म दिने ।
वा
४०० मि.ग्रा दिनको ३ चोटी ७ दिनसम्म दिने ।


यदि योनागंको जनै खटिरा पहिले पनि भएको छ भने ।
NWTND bag arrow.png
२०० मि.ग्रा दिनमा ५ चोटी ५ दिनसम्म दिने ।
वा
४०० मि.ग्रा दिनको ३ चोटी ५ दिनसम्म दिने ।


यदि वर्षमा ६ चोटी यो दोहोरियो भने अनुभवि स्वास्थ्यकर्मीसंग छलफल गरेर लामो समयको लागि प्रयोग गर्ने कि भनेर छलफल गर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४