Hesperian Health Guides
लामखुट्टेबाट सर्ने रोगहरु
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > लामखुट्टेबाट सर्ने रोगहरु
लामखुट्टेसँग धेरै किसिमका रोगका किटाणुहरु हुन्छन् र तिनको टोकाईबाट मानिसहरुलाई त्यस्ता रोगहरु सर्दछन् । जलवायु परिवर्तनले गर्दा तातो र ओसिलो मौसमी अवस्थाको सृजना भई लामखुट्टेहरु बृद्धि भईरहेका छन् ।
लामखुट्टेहरु विभिन्न किसिमका हुन्छन् । कुनै लामखुट्टेहरुले जमेको पानीमा, कुनैले पानी परेको बेलामा र कुनैले भण्डारण गरिएको पानीमा प्रजनन गर्दछन् । कसैले रातमा टोक्ने गर्छन् भने कसैले दिनमा टोक्छन् । कुनैले मानिसहरुलाई मात्र विरामी बनाउँछन् भने अरुले जनावरहरुलाई पनि विरामी बनाउँछन् ।
विषयसूची
लामखुट्टेको टोकाईबाट रोगहरु सर्छन्
लामखुट्टेबाट सर्ने भाइरसहरु । लामखुट्टेको टोकाईबाट मानिसहरुमा सर्ने धेरै रोगहरु भाइरसबाट हुने गर्छन् । धेरैजसो भाइसहरुको हकमा संक्रमित ब्यक्ति निको भइसकेपछि उसमा रोग प्रतिरोधात्मक क्षमता बिकसित भई पुनः उहि भाइरसबाट संक्रमित नहुने हुन्छ । तर डेगुं भाइरस जस्ता केहि भाइरसहरुको भने केहि भिन्न रुपहरु (serotypes भनिने) हुन्छन् । त्यसकारण कुनै ब्यक्तिलाई एकपटक भन्दा वढी पनि डेगु. हुनसक्छ । दोस्रो पटक डेगुं हुँदा भने रोग निकै गम्भिर हुन्छ ।
समूदायका धेरैजसो मानिसहरुमा पहिले नै भाईरसको प्रवेश भैसकेको भएमा उनीहरुमा रोग प्रतिरोधि क्षमता बिकास भइसकेको हुन्छ । केहिलाई मात्रै बिरामी बनाउँछ र यो करिब हराए जस्तै हुन्छ । तर शिशुको जन्म भएपछि वा यसको प्रभावमा नपरेका नयाँ मानिस कोहि भएमा भाईरसले फेरी एकपटक समूदायलाई असर गर्दछ । त्यसकारण कुनै बर्षमा यो माहामारीको रुपमा देखिन सक्छ भने अन्य बर्षमा सामान्य रुपमा हुन्छ । तसर्थ कुनै ठाउँमा कसैलाई पनि पहिले प्रभावित नगरेको नयाँ भाईरस आईपुगेमा एकैपटक धेरै मानिसहरु बिरामी पर्छन् ।
लामखुट्टबाट सर्ने परजिविहरु । शरिरमा प्रवेश गरी रगतका कोषहरुमा जिवित रहने सुक्ष्म परजीवीहरुबाट मलेरिया हुने गर्छ । संक्रमित लामखुट्टेको टोकाईबाट परजीवीहरु रगतमा पुग्छन् । मलेरियाको परजिवीहरु मानिसको शरिरमा एकपटक प्रवेश गरेपछि तिनलाई मार्ने औषधिको प्रयोग नगरेसम्म धेरै बर्षसम्म बिरामी हुने र निको हुने क्रम चलि नै रहन्छ । मलेरिया धेरै हुने क्षेत्रमा लामो समय बसेको मानिसलाई भने शरिरमा त्यस्ता परजीवीसंग लड्ने क्षमताको बिकास भई मलेरियाको प्रभाव देखिदैंन । गर्भवती महिला, शिशु र साना वालवालिकाहरु मलेरियाको बढी जोखिममा हुने र ज्वरो, रक्तअल्पता (anemia), निर्जलन (dehydration) लगायतका समस्याले उनीहरुलाई बढी हानि पुर्याउने हुँदा राम्रोसंग हेरबिचार गर्नुपर्छ ।
रोग सर्ने तरिका । सँगै बस्दा वा एक अर्कालाई छुँदैमा लामखुट्टेबाट सर्ने रोगहरु सर्दैनन् । तर संक्रमित ब्यक्तिलाई टोक्दा रगतबाट भाईरस वा परजीवि लामखुट्टेमा प्रवेश गरि पुनः अर्को ब्यक्तिलाई टोक्दा अरुलाई पनि सरि एक पछि अर्कोलाई गर्दै परिवारका सबै सदस्य एवं छिमेकी समेत बिरामी हुन्छन् । लामखुट्ले रोग सार्ने तरिका सम्बन्धि ज्ञान भएमा लामखुट्टेले सार्ने रोगहरुबाट समूदायका सदस्यहरुले आफूलाई सुरक्षित राख्न सक्छन् ।
जिका भाईरस मुख्यतयाः लामखुट्टेको टोकाईबाट सर्ने भएता पनि असुरक्षित यौन सम्पर्कका माध्यमबाट पनि यो सर्न सक्छ । जिका सामान्य किसिमको रोग भएतापनि गर्भवती महिलालाई जिका भएमा गर्भमा रहेको शिशुलाई धेरै नै असर गर्दछ । त्यसकारण लामखुट्टेको टोकाईबाट जोगिएर र कन्डमको प्रयोग गरेर महिलाहरुलाई जिकाबाट जोगाउन सकिन्छ ।
लामखुट्टेबाट सर्ने धेरैजसो रोगका लक्षणहरु
मलेरिया, पहेंलो ज्वरो (yellow fever), डेगुं, जिका, चिकनगुनिया (chikungunya), वेस्ट नाईल भाईरस (West Nile virus) र जापानिज ईन्सेफलाईटिस लामखुट्टेले सार्ने रोगहरुमध्येका हुन् । प्रत्येकका कमजोर / मध्यम (mild) र गम्भिर / कडा (severe) रुपहरु हुन्छन् । यि रोगहरुले ज्वरो आउने, फोका (खटिरा) आउने र धेरै दुख्नने (aches) हुन्छ । एकै पटकमा एकभन्दा बढी भाईरसबाट संक्रमण हुने सम्भावना पनि हुन्छ । लक्षणहरुबाट एउटा रोग र अर्को रोग थाहा हुने भएपनि प्रायः एकअर्कालाई छुट्याउन निकै कठीन हुन्छ । स्वास्थ्य अधिकारीहरुलाई आफ्नो क्षेत्रमा पाईने लामखुट्टेबाट सर्ने रोगहरुको बारेमा जानकारी हुन्छ ।
यो लामखुट्टेले सार्ने कुन रोग हो ?
ज्वरो आएको छ ? | पहिले ज्वरो, त्यसपछि कडा चिसो हुने (chills) र फेरि ज्वरो आउने हुन्छ । प्रायः मलेरियाको हकमा यस्तो हुन्छ । डेगुं र पहेंलो ज्वरोमा पनि ज्वरोको अतिरिक्त कडा चिसो हुने (chills) पनि हुनसक्छ । | ||
तुरुन्तै ज्वरो आउने, टाउको र शरिर दुख्ने हुन्छ । पहेंलो ज्वरो, डेगुं र चिकुनगुनियाको शुरुवात यसरी हुन्छ । जापानिज ईनसेफलाईटिस पनि आकस्मिक ज्वरोबाट नै शुरु हुन्छ । | |||
डेगुं र चिकनगुनियाबाट हुने ज्वरो १०१ डिग्रि फरेनहाईट (३८.५ डिग्रि सेन्टिग्रेड) वा त्यो भन्दा बढी हुन्छ भने जिकाको ज्वरो भने १०१ डिग्रि फरेनहाईट भन्दा कमै हुन्छ । | |||
ज्वरो त धेरैजसो रोगहरुमा नै देखिन्छ । ज्वरोको बारेमा थप जानकारिको लागि बिरामी मानिसको परिक्षण (तयारीको क्रममा) र बालबच्चाहरुलाई ज्वरो निम्त्याउने रोगहरुको लागि बालबच्चाको हेरचाह भन्ने परिच्छेद हेर्नुहोस् । | |||
फोका (खटिरा) देखिएको छ ? | जिकाको हकमा खटिरा अलि बढी र चिकुनगुनिया, डेगुं र वेस्ट नाईल भाईरसको हकमा बढी देखिने गर्छ । तर मलेरिया, पहेंलो ज्वरो, वा जापानिज ईन्सेफलाईटिसमा भने देखिदैंन । | ||
फोका (खटिरा) चाहिं दादुरा वा लमखुट्टेबाट नसर्ने अन्य रोगहरुको पनि लक्षण हुनसक्छ । | |||
हड्डी र जोर्निमा दुखाई भएको छ ? | डेगुं, चिकुनगुनिया र जिकाबाट शरिरमा दुखाई हुने गर्छ। मलेरियाले भने दुखाई नहुने नै हुन्छ । डेगुंले गर्दा हड्डी वा माशंपेशिमा दुखाई हुन्छ भने जोर्नी दुख्ने र सुन्निने चाहिं चिकुनगुनियाको कारणले हुन्छ । | ||
जोर्नीको दुखाई ticks बाट सर्ने भाईरस लगायत लामखुट्टे बाहेकका अन्य समस्याको पनि लक्षण हुनसक्छ । | |||
आँखाहरु रातो हुने र जलन उत्पन्न हुने भएको छ ? | जलन हुने आँखाहरु प्रायः जिकाको लक्षण मानिन्छ र कहिंलेकाहिं चिकुनगुनिया र पहेंलो ज्वरोमा पनि हुन्छ । |
आकस्मिक सेवा चाहिने लामखुट्टेबाट सर्ने रोगहरुका खतरायुक्त लक्षणहरु
- गम्भिर प्रकृतिको मलेरिया (severe malaria), severe वेस्ट लाईल भाईरस वा गम्भिर प्रकृतिको (severe) जापानिज ईन्सेफलाईटिसबाट छारे रोग (seizures) र होश हराउने समस्या देखिन्छ ।
- गम्भिर प्रकृतिको (severe) पहेंलो ज्वरो वा गम्भिर प्रकृतिको (severe) डेगुंबाट शरिरभित्र नै वा मुख, गिजा, नाक, आँखा वा छालाबाट रक्तश्राव हुने हुन्छ । छाला चिसो हुने, रक्तचाप कम हुने, धड्कन बढ्ने जस्ता shock को लक्षणहरु बारेमा ध्यान दिनुपर्छ ।
ज्वरो १०४ डिग्रि फरेनहाइट (४० डिग्रि सेन्टिग्रेड) को नजिक पुग्न लागेमा स्वास्थ्य कार्यकर्तालाई छिट्टै देखाईहाल्नुपर्छ । ज्वरो यो भन्दा बढि हुनु भनेको आकस्मिक अबस्था हो ।
गर्भवती महिलालाई मलेरियाको लक्षण देखिएमा, शिशुमा लामखुट्टेबाट सर्ने रोगको शंका लागेमा वा बृद्ध अथवा अन्य गम्भिर स्वास्थ्य समस्या भएकालाई कुनै त्यस्तो बिराम देखिएमा स्वास्थ्यकर्मीलाई देखाईहाल्नुपर्छ । बढी दुखाई २ हप्ताभन्दा बढी समयसम्म निरन्तर भएमा, धेरै कमजोरी भएमा, tingling भएमा वा खुट्टा, पाखुरा वा अनुहारमा कुनै महशुस नहुने जस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीलाई देखाईहाल्नुपर्छ । यो लामखुट्टेबाट सर्ने रोगहरुबाट हुने एक किसिमको Guillain-Barré syndrome को लक्षण हुनसक्छ । यसको राम्रो उपचार अस्पतालमा हुन्छ ।
लामखुट्टेले सार्ने कस्तो किसिमको रोग भएमा के गर्ने ?
लामखुट्टेबाट सर्ने रोगहरुका उस्तै उस्तै लक्षणहरु हुने भएकोले कुन रोगले भएको हो भन्ने छुट्याउन गार्हो हुन्छ । यदि त्यो मलेरिया हो भने ढिलो नगरिकन मलेरियाको परिक्षण गरेमा जतिसक्दो चाँडो मलेरियाको औषधिको सुरुवात गर्न सकिन्छ । गर्भवती महिला, बालबालिका, बृद्ध, वा एच आई भी भएकालाई यो बढी महत्वपूर्ण हुन्छ । जिका भएकि महिलाले त्यो निको भएपछि मात्र गर्भवती हुने बारे सोच्नुपर्छ किनकी गर्भावस्थामा जिका हुनु खतरनाक मानिन्छ ।
बिरामीको अबस्था मध्यम (mild) रहेमा कुन रोग हो भन्ने बारेमा टुङ्गो नलागेपनि पुनर्जलिय झोल दिएर (rehydration), आराम गराएर र प्यारासिटामोल (acetaminophen) दिएर उपचार सुरु गर्नुपर्दछ । बिरामीको अबस्था झनै बिग्रेमा वा निको हुन नसकेमा स्वास्थ्य कार्यकर्ताको सहयोग लिईहाल्नुपर्छ ।
स्वास्थ्य कार्यकर्ता एवं आफ्नो क्षेत्रका स्वास्थ्य अधिकारीहरुलाई को र कति जना बिरामी छन् भन्ने बारेमा जानकारी गराएमा उनीहरुलाई लामखुट्टे नियन्त्रणको लागि सामुदायिक स्तरको प्रयास कहिले गर्ने भन्ने थाहा हुन्छ ।
लामखुट्टेले सार्ने रोगको रोकथाम
पहेंलो ज्वरो वा जापानिज ईन्सेफलाईटिस पाइने क्षेत्रहरुमा बालबच्चा र वयस्कलाई खोप लगाएर यस्ता रोगहरुको रोकथाम गर्न सकिन्छ । लामखुट्टे मार्न किटनाशक विषादी प्रयोग हुने क्षेत्रमा तिनको प्रयोगमा सावधानी अपनाउन जरुरी हुन्छ किनकी किटनाशक विषादीले मानिस र वातावरणलाई हानी गर्दछन् । त्यसकारण अन्य उपायहरुबाट नै लामखुट्टेको टोकाईबाट बच्नु र लामखुट्टेको प्रजननलाई रोक्नु सुरक्षीत र प्रभावकारी हुन्छ ।