Hesperian Health Guides

चिकुनगुनिया भाईरस

यस परिच्छेदमाः

NWTND mosq Page 15-1.png

चिकुनगुनियालाई खतरनाक रोग नमानिए पनि यसबाट हात, खुट्टा, घुँडा र पिठ्युँमा गम्भिर रुपले हुने जोर्निको दुखाईले असहज परिस्थितिको सृजना हुन्छ । यो यति पिडादायी हुन्छ कि पिडितले सिधा भएर हिंड्न पनि नसक्ने हुन्छ । धेरैजसोलाई त एक हप्तामै सहज महशुस हुन्छ, तर ज्वरो हराएपछि पनि थप केहि हप्ता वा महिनौसम्म पनि जोर्निको दुखाई रहिरहन्छ । दुखाई त बर्षौपछि पनि दोहरिन सक्छ ।

नाबालक शिशुहरुको लागि चिकुनगुनिया अत्यन्त खतरनाक मानिन्छ । शिशुलाई उच्च ज्वरो, छारे रोग (seizures), बान्ता वा झाडापखाला भएमा स्वास्थ्य कार्यकर्तालाई देखाईहाल्नुपर्छ ।

चिकुनगुनियाका लक्षणहरु
  • आकस्मिक ज्वरो, मध्यम वा उच्च, १०१.४ डिग्रि फरेनहाईट (३८.५ डिग्रि सेन्टिग्रेड) वा बढी
  • शरिरको अत्यधिक दुखाई, टाउको दुख्नु, घाँटीको दुखाई र पेटको दुखाई
  • वाकवाकी
  • फोका (खटिरा)
  • हप्तौ वा महिनौसम्म जोर्नोको दुखाई


उपचार गरिएमा निको हुन्छ ।

रोकथाम

चिकुनगुनियाको रोकथामको लागि लामखुट्टेको टोकाईबाट जोगिनेलामखट्टेको प्रजननको रोकथाम गर्नुपर्छ ।


NWTND mosq Page 15-2.PNG डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनिया सार्ने लामखुट्टे लाई फूल पार्न धेरै पानी पनि चाहिंदैन । पानीले भरिएको बोतलको बिर्को मात्रै पनि काफी हुन्छ !



यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९