Hesperian Health Guides
जापानिज ईन्सेफलाईटिस
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > लामखुट्टेबाट सर्ने रोगहरु > जापानिज ईन्सेफलाईटिस
- लामखुट्टेबाट सर्ने रोगहरु
- मलेरिया
- डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनिया
- डेगुं ज्वरो (Breakbone ज्वरो)
- पहेंलो ज्वरो (Yellow Fever)
- जिका भाईरस
- चिकुनगुनिया भाईरस
- वेस्ट नाइल भाईरस (West Nile Virus)
- जापानिज ईन्सेफलाईटिस
- ईन्सेफलाईटिस (lymphatic filariasis)
- लामखुट्टेको नियन्त्रणबाट रोगको रोकथाम
- लामखुट्टेको प्रजनन हुनबाट रोक्ने
- समूदायले लामखुट्टेबाट सर्ने रोगबाट जोगिन पहल गर्ने
- औषधीहरु
जापानिज ईन्सेपलाईटिस Culex भन्ने लामखुट्टेबाट सर्ने गर्छ । यि लामखुट्टेहरु मध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु (whitish markings) भएका हुन्छन् । तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्छन् । दिउँसोको समयमा भने यि घरभित्र र अन्य संरचनाका वरीपरी एवं झारपात र वनस्पतीमा लुकेका हुन्छन् । जापानिज ईन्सेफलाईटिसले बढीजसो एशिया र पश्चिमि प्रशान्त (western Pacific) क्षेत्रका मानिसलाई प्रभावित गर्दछ । धेरै ब्यक्तिहरु गम्भिर बिरामी नहुने गरेपनि केहीको भने गम्भिर अबस्थाको सृजना भई दिमागलाई नै असर गरी मृत्यु समेत हुन्छ ।
जापानिज ईन्सेफलाईटिसका लक्षणहरु
जापानिज ईन्सेफलाईटिसबाट प्रभावितलाई कुनै पनि लक्षण नदेखिन सक्छन् वा अन्य धेरैजसो रोगहरुमा देखिएजस्तै लक्षणहरु (जस्तोकि ज्वरो, झाडापखाला, बान्ता, टाउको दुखाई वा कमजोरी) मात्रै पनि देखिन सक्छन् ।
उपचार गरिएमा सहज महशुस हुन्छ । तर कुनै खतराको लक्षण देखिएमा भने तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ ।
severe जापानिज ईन्सेफलाईटिसका खतराका लक्षणहरु
- छारेरोग (Seizures)
- प्यारालाईसिस (हिंडडुल गर्न नसक्नु)
- अचेत हुनु
रोकथाम
खोपको प्रयोगबाट जापानिज ईन्सेफलाईटिसको रोकथाम हुन्छ । साथै लामखुट्टेको टोकाईबाट जोगिने र लामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्छ ।