Hesperian Health Guides

ईन्सेफलाईटिस (lymphatic filariasis)

यस परिच्छेदमाः

लामखुट्टेबाट सर्ने “filariasis” नामक सुक्ष्म किराहरुबाट ईन्सेफलाईटिस हुन्छ । संक्रमण भएको धेरै बर्षसम्म पनि कुनै लक्षण नदेखिने हुन्छ । ईन्सेफलाईटिसको समस्या भएको ठाउँमा यसको फैलावटलाई रोक्ने उत्तम उपाय भनेको पहिले नै संक्रमित भैसकेकालाई औषधिबाट उपचार गर्नु हो । औषधिले मानिसको शरिरमा रहेका परजीबीलाई मार्ने हुँदा लामखुट्टले ति अरुलाई सार्दैन । बिभिन्न किसिमका लामखुट्टेले रोग सार्ने गर्छन् । त्यसकारण लामखुट्टेले टोक्न बाट जोगिने र तिनको प्रजननको रोकथाम गरेमा संक्रमणबाट जोगिन सकिन्छ ।

लक्षणहरु संक्रमित भएको धेरै समयपछि मात्रै देखिन्छन् । यसबाट खुट्टा र पाखुरा सुनिने र पुरुषको हकमा scrotum पनि सुन्निन्छ । ज्वरो र गहिरो दुखाईको समेत आक्रमण हुन्छ ।

उपचार गर्नको लागि परजीबीलाई मार्ने र रोगलाई झनै खराब हुनबाट जोगाउने एन्टिबायोटिक र एन्टिप्यारासाईटिक औषधिको प्रगोग गरिन्छ । दुखाई र ज्वरो कम गर्न दुखाई कम गर्ने औषधि (Pain relievers) को प्रयोग गरिन्छ । कहिंलेकाहिं शरिरको सुन्निएको भागको लागि शल्यक्रियाबाट उपचार गरिन्छ । आफूलाई आबश्यक पर्ने औषधि र सुन्निएको खुट्टालाई सहज बनाउन चाहिने ब्ययाम र अन्य उपायको लागि स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९