Hesperian Health Guides

समूदायले लामखुट्टेबाट सर्ने रोगबाट जोगिन पहल गर्ने

यस परिच्छेदमाः

जमेको पानीमा लामखुट्टेले प्रजनन गर्ने र समूदायका सबैमा संक्रमण फैलिने हुँदा त्यसबाट जोगिन सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु वा समूदायका अन्य समूहले समूदायका सबैलाई घर, आँगनमा रहेको त्यस्तो क्षेत्र हटाउनलाई सहयोग गरेर अभियान नै चलाउनुपर्छ । बृद्ध मानिस, शारिरिक असक्षमता भएका ब्यक्ति, आर्थिक रुपले बिपन्न परिवारहरु पहिचान गर्नुपर्छ । युवा समूहहरुले घरहरुको अबलोकन गर्ने, जाली लगाउने वा मर्मत गर्ने र पानी भन्डारण गर्ने भाँडो वा ट्याकींलाई कस्सिने गरेर बन्द गर्ने जस्ता कामहरु गर्नुपर्छ । बिद्यालयका छात्रछात्राहरुलाई त्यस्तो काममा विज्ञान र वातावरण विषयको सिकाईकै रुपमा सहभागी गराउन सकिन्छ । सामूदायिक सरसफाई अभियान मार्फत खाली ठाउँहरुमा पनि सरसफाई गर्ने र अनाबश्यक पानी भरिने भाँडाहरु हटाउनुपर्छ । जमेको पानीमा लामखुट्टेले प्रजनन गर्ने र समूदायका सबैलाई संक्रमित गर्ने कन्टेनरहरुलाई उल्टो फर्काएर राख्ने, कस्सिने गरेर बन्द गर्ने वा हटाउने गर्नुपर्छ ।

टायरहरुमाथि हिंड्दै गरेकि एक महिला
प्रयोग भएर फालिएका टायरहरुलाई बिरुवा रोप्न र सिंढिको रुपमा राख्नेर पुनःप्रयोग गर्न सकिन्छ !!

समूदायका नेताहरुले सहयोग गर्न सक्ने अन्य उपायहरुः

  • बासस्थानमा सुधार ल्याउनेः पाईप मार्फत खानेपानीको ब्यबस्था गर्ने, ठोस फोहर र फोहर पानीको ब्यबस्थापन गर्ने, घरको छानामा पानी जम्मा हुन नदिने किसिमको संरचना बनाउने, चर्पि वा सरसफाईमा सुधार गर्ने ।
  • मलेरियाको उपचारलाई सहजै उपलब्ध हुने बनाउनुपर्छ ।
  • झुल बितरण गर्ने र तिनमा प्वाल परेको टाल्ने र किटनाशक बिषादी पुनः लगाउने कार्यक्रम आयोजना गर्ने ।
  • कुनै पनि निसंक्रमण (fumigation) वा किटनाशक बिषादीका कार्यक्रम लाई सुरक्षित तरिकाले समूदायमा ब्यबस्थापनको लागि स्वास्थ्य निकायहरुसँग मिलेर काम गर्ने ।


लामखुट्टेले रोग सार्ने तरिका, तिनको टोकाईबाट बच्ने उपाय र लामखुट्टेको प्रजनन रोक्ने बिधिको बारेमा सबैलाई सिकाउनुपर्छ । पुराना टायरहरु कहाँ थुप्रिएका छन्, समूदायमा लामखुट्टेबाट सबैभन्दा प्रभावित को भएका छन्, लामखुटट्को टोकाईबाट कसरी बच्ने र लामखुट्टेको प्रजननलाई कसरी रोक्ने भन्ने बारेमा छलफल गर्नुपर्छ । महिला, पुरुष, बालबच्चा र साना शिशु कसलाई कस्तो असर परेको छ त भन्ने बिचार गर्नुपर्छ । धेरै लामखुट्टे हुने ठाउँमा कसले बढी समय काम गर्नुपरेको वा रहनुपरेको छ भन्ने ध्यान दिनुपर्छ, जस्तोकीः

  • मानिसहरुले पानी भर्ने र लुगा धुने ठाउँहरु बिशेषगरी पानीको श्रोत स्थिर भएको वा पोखिएको पानी जमेर ताल बन्ने भएमा
  • आकाशको पानी भरिने खाल्डाखुल्डि भएको खेत र खानीक्षेत्र
  • महिला र साना बालबालिकाले बढि समय बिताउने र लामखुट्टेले भित्ता र छायाँ परेको ठाउँमा लुक्ने घरभित्र र घर वरपरको ठाउँ
  • पढ्नको लागि शान्त भएर बस्नुपर्ने जाली नभएको कक्षाकोठा
नक्सामा हेरेर कुरा गर्दै गरेको मानिसहरुको एक समूह
यो भागको मान्छेले सहर छोडिसके र त्यहाँ धेरै पुराना टायरहरु छन् ।
यो भागमा पानीले भरिने ठूला खाल्डाहरु छन् ।
ईंट्टाभट्टाहरुले काम सकिसकेपछि खाल्डो त पुर्नैपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९