Hesperian Health Guides

जिका भाईरस

यस परिच्छेदमाः

NWTND mosq Page 13-1.png

जिकाको कारणले केहि दिन मात्र मध्यम ज्वरो, खटिरा (फोका), आँखाको जलन हुने र शरिर दुख्ने हुन्छ । तर जिकाको संक्रमण भएका धेरैजसो मानिसहरुमा कुनै लक्षण नदेखिन पनि सक्छन् ।

जिकाको लक्षणहरु
  • १-२ दिन थोरै ज्वरो आउने, सामान्यतयाः १०१ डिग्रि फरेनाईट (३८ डिग्रि सेन्टिग्रेड) भन्दा बढी होइन)
  • खटिरा (फोका)
  • रातो वा पिरो आँखा
  • जोर्निको दुखाई
  • छाला चिलाउनु
  • मांशपेशिको दुखाई र टाउको दुख्नु


जिका प्रायः सामान्य नै हुन्छ र केहि दिन वा १ हप्ताम्म रहन्छ । जिका भाइरसबाट संक्रमित ब्यक्ति अस्पताल नै जानुपर्ने गरि बिरामी भने हुँदैनन् ।

उपचार गरिएमा निको महशुस हुन्छ ।

रोकथाम

जिकाको रोकथामको लागि लामखुट्टेको टोकाईबाट बच्नेलामखुट्टे नियन्त्रणको सामुहिक अभ्यास गर्नुपर्छ । धेरैजसो जिका लामखुट्टेको टोकाईबाट सर्ने भएपनि असुरक्षित यौन सम्पर्कबाट पनि जिका भएको पुरुषबाट महिलामा सर्नसक्छ । त्यसकारण जिका भएको क्षेत्रमा यौन सम्पर्कका बेला कन्डमको प्रयोग गरेमा यसको फैलावटलाई रोक्न सकिन्छ ।

जिका र गर्भावस्था

NWTND mosq Page 13-2.png

गर्भमा रहेको शिशुको लागि जिका निकै नै खतरनाक हुन्छ । जिकाको कारणले microcephaly भनिने गम्भिर अबस्था भएको शिशुको जन्म हुन्छ जसमा शिशुको टाउको निकै नै सानो हुन्छ । गर्भाबस्थामा जिका भएकी महिलाबाट जन्मेको बच्चा जन्मनासाथ मर्ने वा शारिरिक र मानसिक बिकासमा समस्या पैदा हुन्छ । सौभाग्यबस यस्ता धेरैजसो शिशुहरुमा यस्तो समस्या देखिदैन । तर सबै महिलाहरु बिशेष गरी गर्भाधारण गर्ने सक्ने महिलाहरुले कपडा ओढ्ने, लामखुट्टे धपाउने सुरक्षित रसायनहरु (repellents) प्रयोग गर्ने, घरमा जाली र झुलको प्रयोगबाट लामखुट्टेहरुलाई टाढै राख्ने जस्ता लामखुट्टेको टोकाईबाट जोगिने उपायहरु अपनाउनुपर्छ ।

आफू बसेको स्थानमा जिकाको प्रकोप (outbreak) फैलिएको भएमा गर्भाधारण गर्ने बारेमा प्रकोपको अन्त्य भएपछि मात्रै बिचार गर्नुपर्छ । तसर्थ जिका भाईरसबाट हानी कम गराउनको लागि समूदायमा सबै महिलाहरुलाई सुरक्षित गर्भनिरोधका उपायहरु सहजै उपलब्ध हुनुपर्छ (परिवार नियोजन परिच्छेद र महिला स्वास्थ्यः तालिम निर्देशिकाले पुस्तकमा पनि हेर्नुहोस्) ।

बोल्दै गरेका एक पुरुष
हामीले बच्चा पाउने बिचार गरेपछि कन्डमको प्रयोग गर्न छोड्यौं । अहिले मेरी श्रीमती गर्भवती छिन् र यहाँ जिका भएको कारणले शिशुको सुरक्षाको लागि लामखुट्टेको टोकाईबाट जोगिने र फेरि कन्डमको प्रयोग गर्न थालेका छौं !

जिका प्रभावित क्षेत्रमा यौनसम्पर्कका माध्यमबाट महिला र पुरुषबिच जिका सर्न सक्ने हुँदा कन्डमको प्रयोग गर्नुपर्छ । महिला गर्भवती भईसकेको भएमा जिकाको संक्रमणबाट जोगिन त्यस बेलामा यौनसम्पर्क नै नराख्ने वा राख्नैपरेमा पनि पुरुष सहकर्मीले कन्डमको प्रयोग गर्नु जरुरी हुन्छ ।

जिका नभएको क्षेत्रमा समेत, महिलाको यौनसाथीले जिका पाईने क्षेत्रमा भ्रमण गरेको भएमा यौनसम्पर्कको माध्यमबाट महिलालाई जिका सर्न सक्छ । त्यसकारण त्यस्तो अबस्थामा उसले यौन सम्पर्कका माध्यमबाट जिका नसरोस् भनि त्यताबाट फर्केको कम्तिमा पनि ६ महिनासम्म कण्डमको प्रयोग गर्नुपर्छ ।

स्तनपानबाट शिशुलाई जिका सर्दैन । आमालाई जिका भएपनि शिशुको पोषण र स्वास्थ्यको सुरक्षाको लागि स्तनपान नै उत्तम उपाय हो ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९