Hesperian Health Guides

लामखुट्टेको प्रजनन हुनबाट रोक्ने

यस परिच्छेदमाः

बिभिन्न किसिमको पानीमा बिभिन्न प्रकारका लामखुट्टेले प्रजनन गर्दछन् । वयस्क लामखुट्टेलाई मारेमा तिनको टोकाई र प्रजनन दुबै रोकिन्छ । तर पानीमा भएका फूलहरु र बिकसित (hatch) भएका लार्भा मार्नु र लामखुट्टेलाई फूल पार्न चाहिने पानीलाई हटाउनु बढी प्रभावकारी हुन्छ ।

डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनिया सार्ने लामखुट्टेहरुले सफा र नबग्ने पानी (standing water) मा प्रजनन गर्छन् । लामखुट्टेले पानी भेट्टाएमा फूल पार्छन् । २ दिनपछि फूलहरु लार्भामा परिणत हुन्छन् र पानीको फेदमा बस्छन् । थप ४ दिनपछि लार्भाहरु पखेटा भएका लामखुट्टेमा परिणत हुन थाल्छन् । त्यसको २ दिनपछि त तिनिहरु टाढा उडेर गईहाल्छन् । त्यसकारण जमेको पानी हप्ता दिनभित्रमा हटाउन सकियो भने फूलबाट बच्चा बन्न (hatch) नपाएर लामखुट्टेको प्रजनन अबरुद्ध हुन्छ ।

मलेरिया सार्ने लामखुट्टेहरुले पानीमा (कहिलेकाहिं डेगुं सार्ने लामखुट्टेले जस्तै घरमा र यसको वरपरको थोरै मात्राको सफा पानीमा र धेरै मात्राको पानी भएको ठाउँमा समेत) फूल पार्छन् । त्यसकारण घरमा र वरपर कुनै पनि किसिमको लामखुट्टे भएमा पानी जम्मा हुने वा भण्डारण हुने कुराहरुलाई हटाउने, खाली गर्ने वा कस्सिने किसिमले ढाक्ने गर्नु नै राम्रो हुन्छ ।

गाउँमा रहेका मानिसहरु
नालीहरुलाई सफा राख्नुपर्छ ताकी पानी राम्रोसँग बग्न पाओस् ।
झ्याल ढोकामा जाली लगाउनुपर्छ ।
नजमोस् भनेर आकाशेपानीलाई जम्मा पार्ने र पानी जम्मा हुने भाँडोलाई ढाक्नुपर्छ ।
पानीको भाँडोलाई कस्सिने गरि बन्द गर्नुपर्छ ।
सामूदायिक ईनार र धारा भएको ठाउँमा पानी जाने राम्रो नाली हुनुपर्छ ।
पानी जम्मा हुने क्यान, टायर, खेलौना वा फुटेका भाँडाहरु हटाउने र खाल्डाहरु पुर्नुपर्छ ।
वातावरणलाई असर नगरिकन जैविक नियन्त्रण बिधि (जस्तोकी BTi भनिने ब्याक्टेरिया) बाट पनि कुनै क्षेत्रमा लामखुट्टे मार्न सकिन्छ ।

घर वरपर र समूदायमा रहेका लामखुट्टेको प्रजनन स्थलहरु हटाउने

पिठ्युँमा शिशु लिएकि एक महिला बच्चासँग कुरा गर्दै र कुखुराको फूल पनि टिप्दै ।
यो लामखुट्टे पाईने मौसम भएकोले लामखुट्टेको फूलबाट बच्चा पैदा (hatch) नहोस् भनी प्रत्येक हप्ता पानीको भाँडोलाई सफा गर्छु ।

घर बाहिर: पानी जम्मा हुनसक्ने कुराहरु जस्तो फालिएको टायर, फूलको गमला, ड्रम, खाल्डो, साना प्लाष्टिकको भाँडो वा खेलौना र बोतलको सानो बिर्को समेतलाई हटाउने वा ब्यबस्थापन गर्ने गर्नुपर्छ । यस्तो काम कम्तिमा हप्ताको एकपटक गर्नैपर्छ । भिरालो परेको छाना र पानी जम्मा गर्ने प्रणाली बनाएमा (नभए छानामा र भुँईमा पानी जम्मा हुने) लामखुट्टेको प्रजननको रोकथाम गर्न सकिन्छ । रुखमा पानी जम्मा हुने किसिमको टोड्का भएमा र बारमा (बिशेषगरी बाँसको) पानी जम्मा हुने किसिमको खाली भाग भएमा तिनलाई पुर्नुपर्छ (बन्द गर्नुपर्छ) ।

लामखुट्टेलाई आकर्षित गर्ने र तिनलाई र तिनको फूलहरुलाई नाश गर्न समूदायहरुले बिभिन्न किसिमका सामग्रिहरुको प्रयोग गरी पासो बनाउने गर्छन् । एक किसिमको पासोमा त पुरानो टायरको समेत प्रयोग गरिन्छ तर लामखुट्टेको रोकथामको लागि त्यसलाई पनि सफा गर्नुपर्छ ।

घरभित्र: कम्तिमा हप्ताको एकपटक घरपालुवा जनावरको पानीखाने भाँडो र फूलको गमलामा पानी फेर्नुपर्छ । कन्टेनरहरुलाई राम्रो सँग सफा गरिएन भने लामखुट्टेको फूलहरु कन्टेनरको भित्तातिर टाँसिएर महिनौसम्म जिवित रहन्छन् र पानी हुने बित्तिकै फेरी बच्चा पैदा भैहाल्छन् ।

NWTND mosq Page 24-2.png

घर बाहिर र घरभित्र: लामखुट्टे पसेर फूल नपारुन् भनी पानी जम्मा गर्ने भाँडोलाई कस्सिने गरि बन्द गर्नुपर्छ । कुनै फूलबाट बच्चा पैदा भईहालेमा समेत ढक्कनबाहिर निस्कन सक्दैनन् । ढक्कन फुटेको वा प्वाल परेको भएमा त्यसले काम गर्दैन । ढकनी वा बिर्को नभएको भाँडोको लागि लामखुट्टे छिर्न नसक्ने किसिमको सानो प्वाल भएको जालीको प्रयोग गर्नुपर्छ अथवा पानी छिर्ने र बन्द हुने किसिमको फ्याब्रिकको प्रयोग गर्न सकिन्छ । अथबा राम्रोसँग टाल्ने प्लास्टिकको बिर्को पनि लगाउन सकिन्छ । छोप्ने चिज वा ढकनी माथि आकाशको पानी जम्मा नहुने र लामखुट्टेले त्यसमै फूल नपार्ने अबस्था बनाउनु जरुरी हुन्छ !

पानी बग्ने कुलो र ईनार वा धाराबाट पानी बग्ने नालीको ब्यबस्थापन

मलेरिया हुने क्षेत्रमा सडक किनारा र पानी जम्मा हुनसक्ने कुनै पनि ठाउँमा लामखुट्टेको प्रजनन रोक्ने कुरामा सचेतना अपनाउनुपर्छ । पानी बग्ने प्राकृतिक खोला र आकाशे पानीलाई नजम्ने किसिमले बग्ने बनाउनुपर्छ । पानीलाई जमिनभित्र सोसिने वा खोलातिर भगेर जाने किसिमले जमिनको ब्यबस्थापन गर्नुपर्छ । खोलालाई बगेको माटो, झारपात, वा अन्य ढुगांमुडा ईत्यादिबाट रोकेको भएमा सफा गर्नुपर्छ । पानीको ब्यबस्थापन गर्ने तरिका र खाल्डोमा पानी नजम्ने किसिमको चर्पि बनाउने बारेको जानकारीको लागि हेस्पेरियनको वातावरणीय स्वास्थ्य: सामुदायिक मार्गदर्शन भन्ने पुस्तक हेर्न सकिन्छ ।

NWTND mosq Page 25-1.png

मानिसहरुले पानी भर्ने ठाउँमा पानी पोखिन्छ । खाल्डोमा पानी जम्मा भएपछि त्यो मलेरिया र अन्य रोगहरु सार्ने लामखुट्टेको प्रजनन स्थल बन्छ । ईनार, धारा, पानी भन्डारण गर्ने ट्याङ्की वा पानी जम्मा हुने कुनै पनि ठाउँमा पोखिएको पानी निकास हुने राम्रो नाली वा जमिनभित्र सोसिने राम्रो ब्यबस्था हुनुपर्छ ।

नाली र पानी सोस्ने खाल्डो (सोक पिट) भएको सामुदायिक धारो
लाली सहितको पानीको सामुदायिक धारो
पानी सोस्ने खाल्डो (सोक पिट)
ठुला ढुंगाहरु
रोडा
बालुवा

खेर जाने पानीको उपयोगको लागि पानी बग्ने ठाउँतिर रुखबिरुवा वा तरकारीको बगैंचा बनाउन सकिन्छ । रुखबिरुवा वा बगैंचा बनाउन नसकिएमा जमिनला खाल्डो खनेर क्रमशः तलबाट बालुवा, रोडा, र ढुंगा भरेर पानीलाई तल सोस्न सकिने बनाउन सकिन्छ । यसलाई पानी सोस्ने खाल्डो अर्थात “सोक पिट” भनिन्छ । यसबाट लामखुट्टेको प्रजननको रोकथाम हुन्छ ।

पोखरी र तालमा लामखुट्टेको लार्भालाई खाने माछाको प्रयोग पनि कुनै क्षेत्रमा सफल भएका छन् । त्यसैगरी Bti भनिने ब्याक्टेरियालाई पनि लामखुट्टेले प्रजनन गर्नु अघि नै वातावरणलाई कुनै पनि हानी नपुर्याईकन मार्न सकिन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९