Hesperian Health Guides

वेस्ट नाइल भाईरस (West Nile Virus)

यस परिच्छेदमाः

NWTND mosq Page 16-1.png
यो लामखुट्टेले तलाउ वा अन्य पानी जमेको स्थान वा फोहर पानीमा प्रजनन गर्छ ।

वेस्ट लाईल भाईरस क्युलेक्स (culex) गम्भिर प्रकृतिको मलेरिया (severe malaria) नामक लामखुट्टेबाट सर्दछ । यि लामखुट्टेहरु मध्यम आकारका, खैरो रंगका र पेटतिर सेतो चिन्ह (whitish markings) भएका हुन्छन् । दिउँसो यि घर भित्र र अन्य संरचना, झारपात र बनस्पती वरपर नै रहेका हुन्छन् । काग, अन्य चराहरु वा घोडाले वेस्ट नाईल भाईरस सार्ने गर्छ । संक्रमित जनावरलाई लामखुट्टेले टोकि पुनः मानिसलाई टोक्दा भाईरस र रोग पनि सर्दछ ।

वेस्ट नाईल भाईरसको लक्षणहरु

वेस्ट नाईल भाईरसबाट संक्रमित धेरैजसोलाई बिरामीको लक्षण नदेखिने र यो भएको कुरा थाहा नै नहुने हुन्छ । तर संक्रमित ५ जनामध्ये १ जनालाई बिरामी भएको महशुस हुने र केहि यस्ता लक्षण देखिने हुन्छन्:

NWTND mosq Page 16-2.png
  • ज्वरो
  • टाउको दुख्नु
  • थकाई
  • शरिर दुख्नु
  • वान्ता आउनु
  • खटिरा (फोका) आउनु
  • सुन्निनु


उपचार गरिएमा सहज महशुस हुन्छ । युवाको तुलनामा बृद्धलाई गम्भिर प्रकृतिको (severe) वेस्ट नाईल भाईरस बिकसित हुने सम्भावना बढी हुन्छ । खतराको लक्षण देखिने बित्तिकै चिकित्सकको सहयोग लिईहाल्नुपर्छ ।

गम्भिर प्रकृतिको (severe) वेस्ट नाईल भाईरसको खतराको लक्षणहरु
  • घाँटिमा दुखाई (Neck stiffness)
  • थरथराउनु (कम्पन हुनु)
  • प्यारालाईसिस (हिंडडुल गर्न नसक्नु)
  • अचेत हुनु
रोकथाम

वेस्ट लाईल भाईरसबाट संक्रमित मरेका चरा र बिरामी घोडा कुनै क्षेत्रमा हुनु भनेको मानिसमा पनि रोग सर्न सक्ने कुराको संकेत हो । वेस्ट नाईल भाईरसबाट रोकथाम गर्ने खोप घोडालाई दिईएमा मानिसलाई पनि सुरक्षा हुन्छ । लामखुट्टेको टोकाईबाट जोगिनेलामखुट्टेको प्रजाननको रोकथाम गर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९