Hesperian Health Guides

मधुमेह (डायविटिज)

यस परिच्छेदमाः

मधुमेह के हो ?

खाना पछि हाम्रो रगतमा त्यो खाना चिनीमा परिवर्तन हुन्छ । यो चिनीलाई ग्लुकोज भनिन्छ र हामीलाई चाहिने शक्तिको लागि शरीरले यसैको प्रयोग गर्दछ । गुलिया खानेकुराहरु मात्र होइन भात, मकै, पिंडालु, आलु, र रोटी वा गहुँबाट बनेका अन्य खानेकुराहरु जस्ता स्टार्चयुक्त खानेकुराहरु समेत ग्लुकोजमा परिणत हुन्छन् ।

मधुमेह (डायविटिज) भन्नाले रगतमा चिनीको मात्रा धेरै छ भन्ने जनाउँदछ । मधुमेह भएपछि हामीलाई शक्ति दिनुको सट्टा रगतमा चिनी जम्मा हुँदै जान्छ र शरीरलाई हानी पुर्याउँदछ ।

NWTND Diab Page 1-1.png पाउरोटीको टुक्रा मुखमा हालेपछि गुलियोको स्वाद थाहा पाउनुहुन्छ ?

प्रायः वयष्क मानिसलाई हुने मधुमेह दोस्रो प्रकारको मधुमेह (टाइप २ डायबिटिज) हो । यसको मुख्य कारण अस्वस्थकर र पत्रु खाना, मानसिक तनाव र शारिरीक व्यायामको कमी हो । मधुमेह भएपछि यसलाई ब्यबस्थापन गरेर स्वस्थ्य रहन सकिन्छ, तर एकचोटी भइसकेपछि पूर्ण रुपमा ठिक हुँदैन ।

मधुमेहको व्यवस्थापन गर्न रगतमा चिनिको मात्रा नियन्त्रण गर्नैपर्छ । किनभने रगतमा चिनीको मात्रामा बृद्धि हुँदा अन्धोपन, हातगोडाको क्षती, प्रजनन क्षमतामा ह्रास, मुटुमा समस्या वा ज्यान नै जाने जस्ता समस्या हुन्छन् । शरीरमा चिनीको मात्रा ठिक राख्न सकेमा त्यस्ता धेरैजसो समस्याहरुबाट बच्न सकिन्छ साथै आफ्नो जिवनलाई उत्पादनशिल एवं स्वस्थकर बनाउन सकिन्छ ।

के मधुमेहका विरामी स्वस्थ रहन सक्दछन ?

औषधीहरु र औषधीजन्य हेरचाहले मधुमेहलाई निको नै पार्न त सक्दैन । तर मधुमेहको व्यवस्थापन गर्न सकिन्छ । यसमा बिचार गरिनुपर्ने र महत्वपूर्ण कुरा भनेको स्वस्थ खानेकुरा खानु, शारिरिक ब्यायाम गर्नु, दाँत र गिजालाई सफा राख्नु, पैतलाहरुको हेरबिचार गर्नु, तनाव घटाउने उपाय पहिल्याउनु र आराम गर्नु हो । साथै केही अवस्थाहरुमा भने औषधीको समेत आवश्यकता पर्दछ ।

स्वास्थ्य कार्यकर्ताहरुले मानिसहरुलाई उनीहरुको रोगबारे जान्न र उनीहरुको हेरचाह आफैंले नै गर्नका लागि सहायता समूहहरुमा सँगै ल्याएर समेत मधुमेहको उपचार गर्दछन् ।
छलफल गरिरहेको मानिसहरुको एक समूह ।
मलाई स्वस्थकर खानेकुराहरु चाहिन्छ भनेर मेरो परिवारलाई भन्न गाह्रो थियो । तर अहिले तिनीहरुले म के खाँदा स्वस्थ महसुस गर्दछु भन्ने कुरा बुझेका छन् र हामीले खाने चिजहरुमा परिवर्तन गर्यौं भने तिनीहरुको स्वास्थ्यमा समेत सुधार आउने कुरा बुझेका छन् ।

मधुमेहका लक्षणहरु

मधुमेहका सुरुवाती लक्षणहरु भने पहिचान गर्न निकै नै कठीन छ । कहिलेकाहीं कुनै पनि प्रकारको लक्षणहरु नै नहुन सक्दछन् । कतिपय मानिसहरुसँग थाहा नपाइकनै पनि मधुमेह हुन सक्दछ । तर कतिपयलाई चाहिं यी लक्षण देखा पर्छन् ।

मधुमेह हुँदा हुन सक्ने लक्षणहरु
  • तिर्खा
  • वारम्वार पिसाव लाग्नु
  • आँखा धमिलो हुनु
  • कमजोरी वा सजिलै थाक्नु
  • घाउहरु ढिलो निको हुनु
  • पैतलाहरुले केहि पनि महसुस गर्न नसक्नु
  • महिलाहरुमा वारम्वार योनीको संक्रमण


धेरैजसो स्वास्थ्य समस्याहरुमा यस्ता लक्षणहरु देखिन्छन्, त्यसैले यि लक्षणहरुको आधारमा मात्र कुनै ब्यक्तीलाई मधुमेह भएको भन्न सकिन्न । मधुमेह भएको हो कि होइन थाहा पाउनको लागि |रगतको जाँच गर्नुहोस् । blood test]] to know for sure.

विरामी जस्तै देखिने एक महिला सामु पुगिरहेको एक बच्चा ।
खतराका लक्षणहरु

रगतमा चिनिको तह (ब्लड सुगर लेभल) अत्यन्त धेरै भएमा त्यसले देखाउने लक्षणहरुः

  • धेरै तिर्खा लाग्नु
  • अत्यन्त कमजोरी र सुस्ती
  • धेरै भोक लाग्नु
  • धेरै खाँदाखाँदै पनि ब्यक्तिको तौल कम हुँदै जानु


यस्ता किसिमका खतरापूर्ण लक्षणहरु भएको ब्यक्तिले परिक्षण र उपचार चाँडो गर्नुपर्दछ । उपचार भएन भने रगतमा चिनीको मात्रा धेरै हुँदा ब्यक्तिको ज्यान जान सक्दछ । हेर्नुहोस् रगतमा चिनीको मात्रा धेरै हुने अवस्था (हाइपरग्लाइसेमिया)

Pमधुमेहको व्यवस्थापन नगर्दा हुने समस्याहरु

लामो समयसम्म मधुमेहको उपचार नगरिएमा शरिरका अंग, स्नायु र रक्तनलिहरुमा हानी पुर्याउँदछ । यसले शरिरमा गम्भिर समस्याहरु निम्त्याई स्थायी रुपमा हानी पुर्याउने वा मृत्यु समेत हुन सक्दछ ।

एक महिला ।
स्ट्रोक (पक्षघात)
अन्धोपन
गिजामा संक्रमण, दाँत झर्नु
हृदयघात
मृगौलाको कार्यमा बाधा पुग्नु (मृगौला फेल हुने)
यौन इच्छामा हानी, सहबास गर्दा गाह्रो हुनु
पुरुषहरुमाः लिङ्गको कडापन एवं उत्तेजनामा कमी
महिलाहरुमाः योनीमा ढुसीको संक्रमण हुनु
निको नहुने छालाको संक्रमण, अल्सर
खुट्टा दुख्नु (न्युरोप्याथी)

रगतमा भएको उच्च मात्राको चिनीले स्नायुमा क्षती गर्न सक्दछ । मधुमेह भएका धरैजसो मानिसहरुको खुट्टा दुख्छ वा तिनका खुट्टा बोधो हुन्छन् । साथै रक्त सञ्चारमा समेत समस्या हुँदा छालाको घाउ छिटै निको हुँदैन । विरामीलाई छिटो थकाई लाग्छ । साथै आँखा र मृगौलाहरुको कार्यमा कमी आउने वा तिनले पूर्ण रुपमा काम गर्न छाड्छन् ।

निम्न समस्या हुँदा त झन् जटिलता हुन्छः

उच्च रक्तचाप हुँदा मुटुले काम गर्न र रगतलाई पम्प गर्न कठीन हुन्छ, अन्य अंगहरुमा समेत हानी पुर्याउँदछ र रगतमा भएको चिनीको मात्रा धेरै बढ्छ । धुम्रपानले उच्च रक्तचाप गराउँदछ, स्ट्रोक वा हृदयघात हुने सम्भावनालाई बढाउँदछ (हेर्नुहोस् मुटुसम्वन्धि रोगहरु, तयारीको क्रममा) । मधुमेह भएको ब्यक्तीले धुम्रपानलाई छोड्नुपर्छ र रक्तचापलाई कम गर्नुपर्छ ।

साथै स्वस्थ खानेकुरा खाएर, शारीरिक व्यायाम गरेर र तनावलाई घटाएर रगतमा चिनीको मात्रालाई नियन्त्रणभित्र राख्न सकिन्छ । साथै खुट्टा, दाँत र गिजाहरुको हेरचाह गर्ने केही उपायहरु सिकेर मुख र खुट्टाको संक्रमणलाई रोक्न सकिन्छ ।

मधुमेहका प्रकारहरु

मधुमेह ३ प्रकारका हुन्छन् ।

आफ्नो पेटमा आफैंले इन्जेक्सन लगाइरहेको एक  मानिस ।
पेटमा इन्सुलिनको इन्जेक्सन लगाइन्छ।

पहिलो प्रकारको मधुमेह (टाइप वान डायविटिज) को कारण भने थाहा छैन । दोस्रो प्रकारको मधुमेह भन्दा यो कम मात्रामा हुन्छ ।

यदि बच्चा वा युवालाई धेरै तिर्खा लाग्छ, कमजोरी महसुस हुन्छ वा राम्रो खाँदा खाँदै पनि तौल घट्दछ भने उनको तुरुन्त परिक्षण गर्नुपर्छ । यदि उनलाई पहिलो प्रकारको मधुमेह भएमा उनको चाँडो उपचार गर्नुपर्छ ।

पहिलो प्रकारको मधुमेह भएको ब्यक्तिले बाँच्नका लागि आफ्नो जीवन भरी प्रत्येक दिन इन्सुलिन नामक औषधीको सुई लगाउनुपर्ने हुन्छ । उसलाई इन्सुलिन र उपकरण, एवं शिक्षा र सहायताको आवश्यकता हुन्छ

संकेततर्फ हेरीरहेका २ महिलाहरु
मधुमेहको
बारेमा चिन्तित हुनुहुन्छ ? स्वास्थ्य कार्यकर्ताकहाँ कुरा गर्न आउनुहोस्
सामूदायिक
क्लिनिक ।

दोस्रो प्रकारको मधुमेह (टाइप टु डायविटिज) सामान्यतया वयस्कहरुमा देखिन्छ र जीवनमा ढिलो सुरु हुन्छ, तर युवाहरुलाई समेत यो हुन सक्दछ । मधुमेह भएका धेरैजसो मानिसहरुमा दोस्रो प्रकारको मधुमेह हुन्छ र यस परिच्छेदमा मुख्यतयाः त्यसै विषयमा छलफल गरिनेछ ।

प्रशोधित, गुलियो (चिनी वढी भएको) र स्टार्चयुक्त खानेकुराहरु धेरै खाने र शारिरिक ब्यायाम कम गर्ने मानिसहरुमा दोस्रो प्रकारको मधुमेह हुने सम्भावना वढी हुन्छ । ठुलो र पुट्ट पेट भएका मानिसहरु वा जसका परिवारका सदस्यहरुमा मधुमेह छ तिनीहरुमा पनि यस्तो समस्या हुन सक्छ ।

दोस्रो प्रकारको मधुमेहको उपचारको सुरुवात गर्दा स्वस्थ खानपिन गर्ने, शारिरिक क्रियाकलाप वढाउने र तनावलाई घटाउनुपर्छ । दोस्रो प्रकारको मधुमेह भएका मानिसहरुले औषधीहरु वा वनस्पतिजन्य औषधीहरु को प्रयोग गरेर समेत फाइदा लिन सक्दछन् । तर यस्ता औषधीहरुको प्रयोग आफैं गर्न हुँदैन । स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ ।

NWTND Diab Page 5-2.png

गर्भावस्थामा हुने मधुमेह (जेस्टेस्नल डायविटिज) केही गर्भवती महिलाहरुमा हुने दोस्रो प्रकारको मधुमेहकै एक रुप हो । यदि गर्भावस्थामा आमालाई मधुमेह भए उनको गर्भमा रहेको बच्चामा पनि मधुमेह हुन सक्ने सम्भावना हुन्छ । यस्तो बेलामा बच्चाको रगतको पनि जाँच गराउनुपर्छ । सुत्केरीपछि उनको रगतमा चिनीको स्तर (ब्लड सुगर लेभल) सामान्य अवस्थामा फर्किन सक्दछ वा उनमा दोस्रो प्रकारको मधुमेह विकसित हुन सक्दछ ।

गर्भावस्थामा हुने मधुमेह भएका महिलाहरुलाई गर्भावस्थामा जटिलता हुन सक्दछ र बच्चा धेरै तौलको हुन सक्दछ । मधुमेह भएकी महिलालाई शल्यक्रियाद्वारा प्रसुती (सिजेरिएन डेलिभरी) गरिनुपर्ने भएमा अस्पतालमै बच्चा जन्माउनुपर्दछ । गर्भावस्थामा हुने मधुमेह धेरैजसो स्वस्थकर खानपिनबाट ब्यवस्थापन गर्न सकिन्छ र कहिलेकाहीं चाहिं औषधीहरुको जरुरत पर्दछ ।

तर मधुमेह भएका महिलाहरुले स्वस्थ बच्चा पनि जन्माउन सक्दछन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४