Hesperian Health Guides

डेगुं ज्वरो (Breakbone ज्वरो)

यस परिच्छेदमाः

डेगुं प्रायःजसो गर्मी र वर्षा याममा हुने गर्छ । घना बस्ती भएका शहर र अन्य स्थलहरुमा यो बढी हुनेगर्छ । मानिसहरुले पानी भन्डारण गर्ने स्थल र पानी जम्मा हुने कुनै पनि स्थान जस्तोकी कन्टेनरहरु र ढलको राम्रो व्यबस्था नभएको जमिनमा लामखुट्टेले प्रजनन गर्दछन् ।

पहिलो पटक डेगुं हुँदा भने आराम गर्ने र प्रशस्त मात्रामा तरल पदार्थको सेवन गरेर पुरानै अबस्थामा फर्कन सकिन्छ । दोस्रो पटक वा त्यसपछि डेगुं हुँदा भने निकै खतरनाक हुन्छ ।

रोगको सुरुवात आकस्मिक रुपमा अत्यधिक ज्वरो आउनुका साथै शरिरको दुखाईबाट हुन्छ । ३-४ दिनपछि बिरामीले आराम महशुस गरेपनि हात र पैतलामा फोका (खटिरा) देखा पर्छ । फोका पाखुरा, खुट्टा, र शरिर (प्रायः अनुहारमा भने हुदैन) मा फैलिन्छ । डेगुंका अन्य रुपहरु हुनसक्ने भएपनि धेरैजसोलाई अत्यधिक ज्वरो र दुई वा त्यसभन्दा बढी अन्य लक्षणहरु देखिन्छन् ।

डेङ्गुको लक्षणहरु
NWTND mosq Page 11-1.png
  • एक्कासि बढी ज्वरो, १०२ डिग्रि फरेनहाइट (३९ डिग्रि सेन्टिग्रेड) वा बढी
  • मांशपेशी र जोर्नी दुवैमा अत्यधिक शारिरिक दुखाई हुनु (त्यसकारण breakbone ज्वरो पनि भनिन्छ)
  • टाउको दुख्नु, आँखा पछाडी दुख्नु
  • फोका (खटिरा)
  • घाँटी दुख्नु
  • वाकवाकी वा बान्ता
  • कडा जाडो (chills)
  • अत्यधिक थकाई


उपचार ले सहज महशुस हुन्छ । तर डेगुंका खतराका लक्षणबारे बिचार गर्नुपर्छ । तुरुन्तै उपचार नगरिएमा ज्यान समेत लिन सक्छ ।

डेगुंका खतरापुर्ण लक्षणहरु
  • छालामा रगतको साना धब्बाहरु देखिने वा नाक, कान वा मुखबाट रगत आउने हुन्छ
  • पेट सुन्निनु वा बान्ता र दिशामा रगत (पेटमा भएको रक्तश्राबको कारणले)
  • खान वा पिउन पनि नसक्नु
  • हडबडिनु, धड्कन बढ्नु, छाला चिसो हुनु वा shock का अन्य लक्षणहरु देखिनु । रगतको परिक्षण उपलब्ध भएमा बढी hematocrit वा कम platelets हुनु भनेको नराम्रोको संकेत हो ।


Severe डेङ्गुको उपचार नशा मार्फत (IV) जतिसक्दो चाँडो तरल पदार्थ (fluids) दिएर र रगतको कमीको उपचार गरेर मात्र गर्न सकिन्छ । खतराका लक्षणहरु देखिएमा तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ ।

रोकथाम

लामखुट्टेको टोकाईबाट जोगिनेलामखुट्टेको प्रजननको रोकथाम गर्नेगर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९