Hesperian Health Guides

लामखुट्टेबाट सर्ने रोगको: औषधीहरु

मधुमेहका औषधीहरु

दुखाई र ज्वरोको औषधि

प्यारासिटामोल (Paracetamol), acetaminophen


लामखुट्टेबाट सर्ने धेरै नै रोगहरुबाट हुने ज्वरो र दुखाईको लागि राम्रो र सस्तो औषधि paracetamol हो ।

NBgrnimportant.png महत्पपूर्ण
सुझाब गरिएभन्दा बढी औषधि लिनुहुँदैन । बढी औषधि कलेजोको लागि बिषालु हुन्छ र ज्यान नै लिनसक्छ । यो औषधि गुलियो झोलको रुपमा भएमा बच्चाहरुको पहुँचबाट टाढै राख्नुपर्छ ।

रुघाखोकि (cold) को औषधिमा समेत प्यारासिटामोल हुने भएकोले प्यारासिटामोल दिएको खन्डमा त्यो पनि दिनुहुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने

NWTND bag arrow.png
प्रत्येक ४ देखि ६ घन्टाको फरकमा १० देखि १५ एम जि प्रति केजि दिनुपर्छ । २४ घन्टामा ५ पटकभन्दा बढी दिनुहुँदैन । तौल्न नसकिएमा उमेरको आधारमा यस्तो डोज दिईन्छः
१ बर्ष मुनिः प्रत्येक ४ देखि ६ घन्टाको फरकमा ६२ एम जि (५०० एमजि ट्याब्लेटको १/४ भागको आधा) दिनुपर्छ ।
१ देखि २ बर्षः प्रत्येक ४ देखि ६ घन्टाको फरकमा १२५ एमजि (५०० एमजि ट्याब्लेटको १/४ भाग) दिनुपर्छ ।
३ देखि ७ बर्षः प्रत्येक ४ देखि ६ घन्टाको फरकमा २५० एमजि (५०० एमजि ट्याब्लेटको १/२ भाग) दिनुपर्छ ।
८ देखि १२ बर्षः प्रत्येक ४ देखि ६ घन्टाको फरकमा ३७५ एमजि (५०० एमजि ट्याब्लेटको ३/४ भाग) दिनुपर्छ ।
१२ बर्ष माथिः प्रत्येक ४ देखि ६ घन्टाको फरकमा ५०० देखि १००० एमजि दिनुपर्छ, तर एक दिनमा ४००० एम जि भन्दा बढी दिनुहुँदैन ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४