Hesperian Health Guides

पहेंलो ज्वरो (Yellow Fever)

यस परिच्छेदमाः

पहेंलो ज्वरो अफ्रिका र दक्षिणी अमेरिकामा बढी हुने गर्छ । Tropical rain forests क्षेत्रका मनिसहरुलाई जङ्गली पहेंलो ज्वरो (jungle yellow fever) हुन्छ भने धेरैजसो पाईने भनेको सहरी पहेंलो ज्वरो (urban yellow fever) नै हो ।

धेरैजसो मानिसहरु पहेंलो ज्वरोबाट पूर्णतया निको भई उनीहरुमा रोग प्रतिरोधि क्षमता बिकास हुँदा फेरी पहेंलो ज्वरोबाट प्रभावित हुँदैनन् । थोरै मानिसहरुलाई मात्रै गम्भिर प्रकृतिको पहेंलो ज्वरो (severe yellow fever) हुन्छ जुन उपचार गरेसँगै ठीक भईहाल्छ ।

पहेंलो ज्वरोका लक्षणहरु
NWTND mosq Page 12-1.png
  • ज्वरो
  • कडा जाडो हुनु (Chills)
  • मांशपेशीको दुखाई (बिशेषगरी ढाडको दुखाई)
  • टाउको दुख्नु
  • भोक नलाग्नु
  • वाकवाकी र बान्ता
  • मुटुको धड्कन कम हुनु
  • प्रकाशसँग आँखाहरु संवेदनशिल हुनु
  • छाला, आँखा र जिब्रो रातो हुनु


धेरैजसो मानिसहरुमा ३-४ दिनमा यो समस्या हराएर जान्छ ।

उपचार गरेमा सहज महशुस हुन्छ । तर खतराको लक्षणहरुबारे ध्यान दिनुपर्छ ।

गम्भिर प्रकृतिको पहेंलो ज्वरोका खतरायुक्त लक्षणहरु

पहेंलो ज्वरोको हकमा निको महशुस गरेको केहि घन्टाहरुमा वा पहिलो दिनपछि नै धेरै ज्वरो फर्केर आउने र यि मध्येका केहि लक्षणहरु देखा पर्छन्:

  • जन्डिस (आँखाको सेतो भाग वा गोरो छाला पहेंलो हुनु)
  • पेटको दुखाई
  • मुख, नाक वा आँखाबाट रगत बग्नु
  • वान्ता हुनु
  • बान्ता र दिशामा रगत देखा पर्नु (पेटभित्र रक्तश्राव भएर)


यस्तो किसिमका कुनै पनि खतराका लक्षणहरु देखिएमा तुरुन्तै अस्पताल गईहाल्नुपर्छ ।

रोकथाम

खोपहरुबाट पहेंलो ज्वरोको रोकथाम हुन्छ (खोपहरु परिच्छेदको हेर्नुहोस्) । साथै लामखुट्टेको टोकाईबाट जोगिनेलामखुट्टेको प्रजननको रोकथाम गर्ने काम गर्नुपर्दछ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९