Hesperian Health Guides
सामान्य स्वास्थ्य समस्याहरू
हेस्पेरियन स्वास्थ्य विकि > महिलाका लागि डाक्टर नभएमा > यस भागमा 17: एचआइभी र एड्स > सामान्य स्वास्थ्य समस्याहरू
एचआइभी भएका व्यक्तिलाई विभिन्न प्रकारका सामान्य स्वास्थ्य समस्याहरुले सजिलै बिरामी पार्छ । यस अध्यायमा यी सामान्य समस्याहरूबारे सूचनाहरू र कसरी रोगीको स्याहार गर्ने भन्नेबारेमा छलफल गरिएको छ यी समस्याहरू मध्येकुनै एक समस्या भएकै कारणले कसैलाई एड्स भएको हो भन्न सकिन्न । यहाँ दिइएका जानकारी यी समस्याहरू परेका कुनैपनि बिरामीका लागि उपयोगी हुनसक्छन् ।
विषयसूची
ज्वरो
ज्वरो आफैमा कुनै रोग होइन, यो आउँछ र निको पनि हुन्छ । यो उपचार गर्न सकिने स्वास्थ्य समस्या हो । ज्वरो क्षयरोग हुँदा, तल्लोपेटमा संक्रमण हुँदा, पी. आई. डी. वा मलेरिया लाग्दा र एच. आई. भी. हुँदा आउँछ तर के कारणले ज्वरो आएको हो भनेर जान्न भने परीक्षण गर्नुपर्ने हुन्छ । ज्वरो संक्रमणका कारणबाट भएको हो भने औषधि सेवन गर्नुपर्छ ।
ज्वरो जाँच्नका लागि थर्माेमिटरको प्रयोग गर्नुहोस् अथवा बिरामी व्यक्तिको निधारमा एक हात उल्टोगरी राख्नुहोस् र अर्कोहात आफ्नो निधारमा राख्नुहोस् । यदि बिरामी व्यक्तिको शरीरमा आफ्नो भन्दा बढी तापकक्रम अनुभव भयो भनेउसलाई ज्वरो आएको भन्ने थाहा हुन्छ ।
उपचार:
- बिरामीलाई सुती कपडा लगाइदिनुहोस् र उसको कोठाभित्र ताजा हावा छिर्न दिनुहोस् ।
- निधार तथा छातीमा पानीपट्टी दिनुहोस् र पंखा हम्कनुहोस् ।
- बिरामीलाई तिर्खा नलागेको भए पनि प्रशस्त मात्रामा झोल पदार्थ(तरल) दिनुहोस् । ज्वरो आएको बेलामा पसिना बढी आउनेहुनाले बिरामी व्यक्तिलाई धेरैजसो जल विनियोजन हुनसक्छ ।
- प्यारासिटामोल, एस्पिरिन तथा आइवुप्रोफेन जस्ता ज्वरो घटाउने औषधिहरू मध्ये कुनै एकको प्रयोग गर्नुहोस् ।
- छालालाई सफा र सुखा राख्नुहोस् । घाउ तथा घमौराहरू लाई
- रोक्नका लागि मल्हम अथवा अन्य चिल्लोपदार्थ प्रयोग गर्नुहोस् ।
स्वास्थ्यकर्मीबाट सहयोग लिने अवस्था
- ज्वरो धेरै नै बढेमा ( १०२ डिग्री फरेनहाइट वा ३९ डिग्री सेन्टिग्रेड भन्दा बढी) ।
- ज्वरो धेरै दिनसम्म आइरहेमा ।
- खोकी, सास फेर्न अप्ठयारो र तौल कम हुँदैगएमा ।
- गर्दन अररोभएमा, तीव्रपीडा भएमा अथवा अकस्मात ज्वरो सँगैतीव्र पखाला भएमा ।
- गर्भवती वा भर्खरै सुत्केरी भएकी वा गर्भ तुहिएकी अथवागर्भपतन गराकी महिलालाई ज्वरो आएमा ।
- मलेरियाको उपचार गरेर पनि उपचारपछि पनि ज्वरो नहटेमा ।
- योनीस्राव र तल्लोपेट दुख्नुका साथै ज्वरो कआएमा ।
पखाला
दिनमा तीनपटक वा सो भन्दा बढी पातलो तथा पानीजस्तो दिसा लाग्यो भने पखाला लाग्यो भनिन्छ । पखाला लागेको वा भएको बेला धेरैजसो सामान्य दिसा जाने जस्तै हुँदैन । पखाला त्यति कै लाग्न पनि सक्छ र रोकिन्छ पनि, निको पार्न कठिन हुनेपनि हुनसक्छ । एचआइभी भएका व्यक्तिहरूलाई पखाला धेरैजसो फोहोर खाना र पानी खानाले आन्द्राहरूमा हुनेसंक्रमण एच.आई.भी. संक्रमणबाट वा औषधिहरूको खराब असरहरूको कारणबाट हुने गर्दछ ।
पखालाले निम्न समस्या गराउँछ :
यदि एचआइभी भएकी महिलालाई महिना दिन देखि पखाला चलेको छ भने एआरटी शुरु गर्नु पर्ने हुनसक्छ ।
- कुपोषण पखाला चल्दा शरीरबाट खाना तुरुन्त निस्कन्छ वा जान्छ । यसो हुँदा शरीरले पौष्टिक तत्वको प्रयोग गर्न सक्तैन । पखाला लागेको मानिसलाई भोक लाग्दैन र उसले प्रायजसो खाने गर्दैन । यी दुईवटै कारणहरूले कुपोषण हुनसक्छ ।
- जलवियोजन पखाला चल्दा शरीरको तरल पदार्थ बढी खेर जान्छ र जलवियोजन हुन्छ । जलवियोजन गर्मी भएको बेला र ज्वरोआएको बेलापनि हुन्छ ।
जलवियोजनका लक्षणहरू :
- तिर्खालाग्नु
- पिसाब थोरै लाग्नु वा लाग्दै नलाग्नु
- मुख सुक्नु
- छाला चाउरी पर्नु
- उभिंदा रिंगटा लाग्नु
दुई औंलाले छालालाई बीचमा च्यापेर तान्नुहोस् भएको हुन्छ । | ... तानेको छाला तुरुन्तै पहिलेको अवस्थामा आएन भने त्यस व्यक्तिलाई जलवियोजन भएको हुन्छ । |
विशेष ध्यान दिनुपर्ने कुरा ! यदि कसैलाई यी लक्षणहरू र वान्ता पनि भइरहेको छ भने नसाबाट वा गुदद्वारबाट सलाइन पानीचढाउनुपर्छ । कडा खालको जलवियोजन गम्भीर समस्या हो । आकस्मिक सेवाका लागि तुरुन्त स्वास्थ्य संस्था जानुहोस् ।
उपचार:
- जलवियोजनलाई रोक्न सधै पिउनेभन्दा बढी तरल पदार्थ पिउने गर्नुपर्छ । फलफूलको रस, नरिवल पानी, वा दूध, चिनी कम भएको चिया, सुप, जाउलो र पुनर्जलीय झोलहरूले जलवियोजन हुन रोकथाम गर्छन् । तिर्खा नलागेपनि ५–१० मिनेटको फरकमा केही झोल पदार्थ पिइरहनुपर्छ ।
- अलि अलि गरेर खाइरहनु । सजिलै पच्नेखालका खानेकुराहरू थोरै मात्रामा भए पनि खाने कोसिस गर्नुहोस् । खानेकुरा राम्ररी पकाउनुहोस् र त्यसलाई मिचेर या पिसेर नरम बनाउनुहोस् । गेडागुडी, मासु वा माछासँग मिसाइएका अन्नहरू तथा दूध, चिज, तथा दही र केरा पनि यो बेला खान सकिन्छ । नपकाइएका तरकारी, फलफूलको बोक्रा, खुर्सानी वा अत्यधिक गुलिया खानाहरु वा पेय पदार्थहरु नखानुहोस्। यस्ता चिजले झन् पखाला लगाउँछन् ।
औषधि लिनु पर्ने खालको पखाला :
यदि महिला गर्भवती वा स्तनपान गराउनेछिन् भने उनले नन्फ्लोक्सासिन प्रयोग गर्नुहुँदैन ।
- दिसामा रगत नदेखिए पनि ज्वरो आएर एक्कासि, तीव्र पखाला
चलेमाः [[को–ट्रिमोक्साजोल ४८० मि.ग्रा.कोदुईचक्कीका दरले दिनको दुई पटक १० दिनसम्म लिनुपर्छ । सल्फा औषधिको एलर्जी हुनेले त्यसको साटो ‘नरफ्लोक्सासिन’– ४०० मि.ग्रा. कोचक्की दिनको एकपल्ट मात्र लिने गर्नुहोस् । यदि यसले दुईदिन भित्रमा फाइदा नगरेमा स्वास्थ्य कार्यकर्ता कहाँ जानुहोस् ।
- ज्वरोन आएर रगत मासी परेमा, पानी वा आन्द्रामा बस्ने एक सानो जीवबाट हुन्छ । यसका लागि मेट्रोनाइडाजोल ५०० मि.ग्रा. ७ दिनसम्म दिनको तीन पटकका दरले लिनुपर्छ । दुई दिनपछि पनि तपाईलाई आराम भएन भने स्वास्थ्य कार्यकर्तालाई भेटनुहोस् ।
- दीर्घकालीन पखाला । यस्तो अवस्थामा मलद्वार वरिपरि रातो घाउ (खटिराहरू) हुन सक्छ । यसो हुन नदिन दिसा गरेपछि हरेकपटक भ्यासलिन वा बोरेलिन जस्तो क्रिम लगाउनाले फाइदा हुनसक्छ । यस्तो व्यक्तिलाई हर्सापनि हुन सक्छ ।
एचआइभी भएका व्यक्तिलाई एक महिनादेखि पखाला चलिरहेको छ भने उनलाई एआरटी दिन शुरु गर्नुपर्ने हुनसक्छ ।
अरूको सहयोग लिनुपर्ने अवस्थाहरू :
- जलवियोजनका लक्षणहरू छन् भने ।
- अरूबेला जस्तो खान र पिउन नसक्ने ।
- आरामको अनुभव नभएमा ।
- धेरै ज्वरो १०२ डिग्री फरेनहाइट वा ३९ डिग्री सेन्टिग्रेड भन्दा बढी) आएमा ।
- ज्यादै पातलो दिसा भइरहेमा ।
- औषधि खाँदा पनि रगत मासी रोकिएन भने ।
- लगातार वान्ता भइरहेमा ।
रोकथाम:
- सफा पानी पिउनुहोस् । 'प्रयोग गर्न ुभन्दा अघि पानीलाई सफा गर्नुहोस् । उमालेर वा फिल्टर गरेर पानीलाई सफा गर्न सकिन्छ ।
- सफा र सुरक्षित खाना खानुहोस् । काँचो वस्तुहरू पखालिएको वा ताछिएको र मासुलाई राम्ररी पकाइएको छ, छैन भन्ने कुरामा निश्चित हुनुहोस् । खानालाई किटाणुहरू, फोहर, झिंगाहरू जनावरहरू बाट सुरक्षित राख्नुहोस् ।
- सधैं हात धुनुहोस्
- चर्पीको प्रयोग गरिसकेपछि वा बिरामीलाई चर्पीमा लगेपछि ।
- मैला केटाकेटीहरू वा बिरामीहरूलाई नुहाइ धुवाइ गरिसकेपछि ।
- खाना बनाउनु र खाना खानु अगाडि ।
- वरिपरिको पानीको स्रोतलाई दूषित हुनबाट सुरक्षा गर्नुहोस् ।
छालामा डावर उठ्नुर चिलाउनु
छालामा के कारणले डावर उठेको र चिलाएको भनेर धेरै जसो अवस्थामा थाहा पाउन सकिंदैन । शरीरलाई सफा राख्नाले धेरै जसो छालाका समस्याहरू हुने गर्दैनन् । तसर्थ दिनको एकपल्ट साबुन लगाएर नुहाउने गर्नु होस् ।
यदि छाला अति नै सुक्खा हुने गर्छ भने साबुनको प्रयोग नगर्नुहोस् । नुहाइसके पछि भ्यासलिन जेल, ग्लिसिरिन वा तेल लगाउने गर्नूहोस् । खुकुलो सुती कपडा लगाउनुहोस् ।
एलर्जीहरू
प्राय गरेर एड्स भएका व्यक्तिहरूमा एलर्जीले हुने, प्रायगरी चिलाउनेर डावर उठ्नेगर्छ । कुनै कुनै व्यक्तिलाई सल्फा जस्तैको–ट्रिमोक्साजोल भएका औषधिका कारणले पनि खराब प्रतिक्रियाहरू हुन सक्छन् । यदि यी औषधि प्रयोग गरिरहेका बेला चिलाउने डावर, आँखा चिलाउने, वान्ता आउने वा रिंगटा लाग्ने जस्तो हुन्छ भने तुरुन्त औषधिहरू प्रयोग गर्न छोडेर स्वास्थ्य कायकर्ता सँर्ग सम्पर्क राख्नुपर्छ । यस्तो अवस्थामा सल्फा रहित औषधि प्रयोग गर्दा फाइदा गर्नसक्छ ।
फंगस (ढुसी) संक्रमण
फंगसबाट हुने संक्रमणहरूको वर्णन गर्न वा फंगस संक्रमण नै भएको हो भन्न अलि गाह्रो हुन्छ, किनकि तिनीहरू हेर्दा भिन्न–भिन्न प्रकारका हुन्छन् । केही फंगसका संक्रमणहरू गोलो, रातो वा छालाको पाता जस्तो धब्बा भएका जस्ता देखिन्छन् र चिलाउने गर्छन् । एचआइभी भएका महिलाहरूमा बारम्बार योनीमा फंगसको संक्रमण भइरहन सक्छ ।
तल उल्लिखित शरीरका भागहरूमा छालाको समस्या छ भने तपाईलाई फंगस संक्रमण भएको हुन सक्छ ।
उपचार:
- रातो र चिलाउने धब्बा भएका ठाउँहरूलाई सफा र सुखा राख्नुहोस् । यदि सम्भव हुन्छ भने ती स्थानहरूलाई, खुला हावा र घाम पर्ने गरी राख्नुहोस् ।
- निष्टाटिन क्रिम दिनको तीनपटक वा जेन्सन भायलेट दिनको दुईपटक डाबर पूर्ण रूपले नहराउन्जेल लगाइ राख्नुहोस् ।
- यदि एकदम खराब किसिमको फंगस संक्रमण भएको स्वास्थ्यकर्मी सँग सल्लाह लिनुहोस् ।
मुख वा छालामा खैरा वा बैजनी रंगका धब्बाहरू देखिनु
यस्ता धब्बाहरू रगत जम्मा हुने ठाउँ (ब्लड भेसल्स) वा लिम्फ नोड्सको क्यान्सरको कारणबाट हुने गर्छन् जसलाई ‘कापोसिकोसारकोमा’(Kaposi’s Sarcoma) भनिन्छ । यस्तो हुँदा औषधिहरू सहयोगी हुँदैनन् । यदि मुखमा भएका धब्बाले गर्दा खाना खान गाह्रो भएमा स्वास्थ्य कार्यकर्तासित सम्पर्क गर्नुहोस् ।
चिलाउने
Tऔषधि बिना उपचार :
- छालालाई चिसो राख्ने वा हम्किरहने,
- छालामा तातोर तातोपानी नपार्ने,
- नकन्याउने यसो गर्दा झन् बढी चिलाउँछ र कहिले कहीँ संक्रमण हुने गर्दछ । संक्रमण हुन नदिन नङलाई छोटो र सफा गरी राख्नुहोस् ।
- भिजाएको चिसो कपडा प्रयोग गर्नुहोस् वा गाउँ घरमा चिलाउँदा फाइदा गर्नेकुनै रस भए प्रयोग गर्नुहोस् ।
औषधि बाट उपचार (यी मध्ये कुनै एकको प्रयोग गर्नुहोस् :
एन्टिहिस्टामिन औषधिको प्रयोग गर्दा गर्भवती र स्तनपान गराउने महिलाले सावधानी लिनुपर्छ ।
- आवश्यकतानुसार कालामाइन झोललाई लगाउनुहोस् ।
- दिनको तीनपटक थोरै मात्रामा एक प्रतिशतको हाइड्रोकोर्टिसोन क्रिम वा मल्लम लगाउनुहोस् ।
- खाने चक्की एन्टीहिस्टामिन जस्तै डाइफेनीड्रामाइन लिनुहोस् । यसलाई दिनको चार पटक २५ ग्रामको दरले लिने गर्नुपर्छ । एन्टिहिस्टामिनले निन्द्रा लगाउन सक्छ ।
जनै खटिरा (Herpes Zoster)
जनै खटिरो भाइरसको कारणबाट हुन्छ । यो प्रायजसो कष्टकर हुने पानी भरिएको घमौरा जस्तो भएर आउन सुरु गर्छ र केही पछि फुट्न सक्छ । यो सामान्य तया धेरै जसो अनुहार, ढाड र छातीमा आउने गर्छ । यो भएका ठाउँमा पोल्ने र अति दुख्ने गर्दछ । घमौरा वा डावर आउन सुरु गरेको केही हप्तापछि निको हुन्छ तर दुखाइ भने पछि सम्म पनि रहन सक्छ ।
उपचार:
- चिलाउने र दुखाइ कम गर्नका लागि दिनको दुईपटक कालामाइन झोल लगाउनुहोस् ।
- घाउलाई सुखा राख्नुहोस् । कपडा घाउमा टाँसिन नदिन त्यसलाई हलुकासँग सफा रुमालले ढाक्नुहोस् ।
- संक्रमणलाई रोक्नका लागि जेन्सन भायलेट झोल लगाउनोस् ।
- ‘एसिक्लोभिर’ औषधिले पनि केही मद्दत गर्न सक्छ तर गाउँ घरमा नपाइने र महंगो पनि छ ।
जनै खटिरो भएका व्यक्तिले आफ्नो आँखा माड्नु हुँदैन या छुनुहुँदैन । नत्र आँखामा यो रोग फैलेर आँखा बिगारे र अन्धो बनाइ दिन सक्छ ।
वाकवाकी लाग्नु तथा वान्ता हुनु
वाकवाकी लाग्दा तथा वान्ता भइ रहँदा मानिसलाई खान र पिउन गाह्रो पर्ने गर्छ जसले गर्दा मानिस कमजोर र कुपोषित हुन्छ । उसलाई जलवियोजन पनि हुन्छ । केही मानिसहरूमा वाकवाकी तथा वान्ता धेरै दिनसम्म भइराख्छ । वाकवाकी तथा वान्ता तल उल्लिखित कारणहरूले पनि हुन सक्छ :
- विभिन्न संक्रमण हुँदा
- औषधिहरूको सेवन गर्दा
- पेट वा आन्द्राहरूको समस्या हुँदा
- एच.आई.भी. संक्रमण हुँदा ।
उपचार:
- बिहानै उठ्दा थोरै मात्रामा सुखा खानेकुरा (जस्तै ः च्यूरा, सुखा रोटी, आदि) खाने गर्नुहोस् ।
- खाना पकाएको गन्ध आउने ठाउँमा नबस्नुहोस् । यदि कुनै खाना वा त्यसको गन्धले वाकवाकी आउने गर्छ भने ती खानाहरू खान छाडिदिनुहोस् ।
- थोरै मात्रामा पुदिना, अदुवा वा दालचिनीको चिया पिउनुहोस् ।
- कागती चाट्नुहोस् ।
- वान्ताको खराब गन्धबाट मुक्ति पाउनका लागि बारम्बार दाँत सफा गर्ने र मुख कुल्ला गर्ने गर्नुहोस ्।
- घर भित्र वा कोठामा ताजा हावा छिर्न दिनुहोस् ।
- कपडालाई चिसोपानीमा भिजाएर निधारमा राख्नुहोस् ।
- यदि यस्तो समस्या आफूले प्रयोग गरिरहेको औषधिबाट उत्पन्न भएको हो भने यसको बदला अर्को औषधिको प्रयोग गर्नुहोस् ।
धेरै वान्ता छिटो–छिटो भएमा :
- दुई घण्टासम्म केही पनि खाने तथा पिउने नगर्नुहोस् ।
- दुई घण्टापछि तीन चिया चम्चा पानी, जीवनजल वा अन्य सफा तरल पदार्थ प्रत्येक घण्टामा पिउने गर्नुहोस् । प्रत्येक घण्टामा बिस्तारै पिउने तरल पदार्थको मात्रालाई चार देखि छ चम्चासम्म बढाउँदै लानुहोस् । वान्ता हुन छाड्यो भने पिउने तरल पदार्थको मात्रालाई बढाउँदै लानुहोस् ।
- यदि बिरामी व्यक्तिको वान्ता रोकिएन भने प्रोमथाजाइन चक्की आवश्यकता अनुसार २५ मि.ग्रा देखि ५० मि.ग्रा. प्रत्येक ६ घण्टामा लिनुहोस् । औषधि नै वान्ता भइरहेमा यसको गूद्धारमा राख्ने गोली पनि पाइन्छ सो राख्नुहोस् ।
- वाकवाकी हराएपछि पुनः थोरै मात्रामा खानेकुरा खान सुरु गर्नुहोस ्। सादा खाने कुराहरू जस्तै पाउरोटी, भात, जाउलो वा लिटो खान सुरु गर्नुहोस् ।
कस्तो अवस्थामा सहयोग लिने ?
- बिरामी व्यक्तिको २४ घण्टासम्म कुनै पनि खानेकुरा वा पेयजल पेटमा अडिएन भने ।
- वान्ता सँगै पेट दुख्ने वा कडा ज्वरो छ भने ।
- सहनै नसक्ने गरी वान्ता आउँछ र वान्ताको रंग गाडा हरियो वा खैरो छ तथा दिसा जस्तै गन्हाउने वा रगत मिसिएको छ भने ।
- बिरामी व्यक्तिमा जलवियोजनका लक्षणहरू देखिएमा ।
खोकी
खोकी लागेको छ भने धुम्रपान नगर्नुहोस् ।
खोकी लाग्न ुभनेको शरीरको श्वास–प्रश्वास प्रणालीलाई सफा राख्नेर खकार निकाल्ने प्रक्रिया हो । तर खोकी लागि रहनुभनेको फोक्सोको समस्या हुँदा अक्सर देखिने लक्षण पनि हो, जस्तै निमोनिया वा क्षयरोग हुँदा फोक्सोमा या संक्रमण हुन्छ । बढी खकार उत्पादन गर्दा खसखसाउछ । खोकी लागेर खकार आइरहँदा खोकी रोक्न कुनैपनि औषधि नखानुहोस् । बरु औषधिको साटो खकार निकाल्न र पातलो बनाउन प्रयास गर्नुहोस् । तल लेखिएको उपायले खोकी चाँडै निको बनाउन मद्दत गर्छ ।
उपचार:
- प्रशस्त मात्रामा पानी पिउनुहोस् । यसले खकारलाई पातलो बनाउने हुनाले खोकेर बाहिर निकाल्न सजिलो पार्छ ।
- फोक्सा सफा राख्नका लागि दिनभरिमा धेरैपटक खोक्नुहोस् । खोक्दा मुख छोप्न नभुल्नुहोस् ।
- हिंडडुल गरेर वा ओछ्यानमा यताउति फर्केर तथा बसेर आफूलाई क्रियाशील बनाइराख्नुहोस् । यसो गर्दा खकारलाई फोक्सोबाट बाहिर निकाल्न मद्दत गर्छ ।
- घाँटीलाई सजिलो पार्न कागती तथा मह मिसाएको चिया वा गाउँघरमा बूढाबुढीले प्रयोग गर्ने जडिबुटीको उपचार विधि अपनाउनुहोस् । बजारबाट किनेर ल्याएको खोकीका झोल औषधिहरू खास लाभदायक हुँदैनन् ।
- यदि खोकी धेरै लागेर रातभर सुत्न दिंदैन भने कोडिन भएको खोकीको औषधि थोपा खान सकिन्छ ।
विशेष ध्यान दिनुपर्ने कुरा ! खकार पहेंलो, हरियो वा रगत मिसिएको आउछ भने त्यस्तो खोकी निमोनिया वा क्षय रोगको कारणले हुन सक्दछ ।
क्षयरोग
क्षय रोग किटाणुका कारणले हुने गम्भीर रोग हो । यसले प्राय गरी फोक्सोमा असर गर्दछ । क्षय रोग र एड्सका लक्षणहरू उस्तै उस्तै हुन्छन् तर यी दुई भिन्न प्रकारका रोगहरू हुन् । क्षय रोग भएका पुरुष, महिला तथा बालबालिकाहरू सबैलाई एड्स हुँदैन तर एचआइभी भएकालाई सजिलै सँग क्षयरोग हुन सक्छ किनकि उसको शरीर ज्यादै कमजोर हुन्छ र यसका विरुद्ध लड्न सक्ने क्षमता हराउँछ । अहिले एड्स रोगबाट मर्ने प्रत्येक ३ व्यक्ति मध्ये एक व्यक्ति क्षयरोगका कारणले मर्ने गर्छ ।
एड्स भएका व्यक्तिहरू भए पनि क्षय रोगलाई निको पार्न सकिन्छ । त्यसकारण यसको उपचार तुरुन्त गर्नुपर्दछ । कुनै एचआइभी भइकाले क्षयरोगको उपचार शुरु गर्न थाले पछि उनीलाई एआरटी पनि शुरु गर्नुपर्छ । त्यसैले त्यस्ता व्यक्तिहरुलाई एचआइभी सेवा र उपचार कार्यक्रम सँग सम्पर्क गराउन सहयोग गर्नुपर्छ ।
एचआइभी भएका व्यक्तिलाई न्यूमोनिया भएमा एआरटी शुरु गर्नुपर्ने हुनसक्
न्यूमोनिया
न्यूमोनिया फोक्सोको संक्रमण हो । न्यूमोनिया हुँदा फोक्सो भित्रका साना श्वास–प्रश्वासका नलीहरू र हावामा प्रभावित हुन्छन् । बुढाबुढी तथा धेरै बिरामी वा कमजोर मानिसहरूलाई प्रायगरी न्यूमोनिया हुनेगर्छ ।
एचआइभी भएका व्यक्तिहरूका लागि न्यूमोनिया एक खतरनाक समस्या हुन सक्छ । यसलाई तुरुन्त एन्टिव्याक्टेरियलले ठीक सँग उपचार गरिहाल्नुपर्छ । फोक्सो कहिलेकहीँ न्यूमोनिया भएका व्यक्तिलाई अस्पतालमा लगेर नसाबाट औषधिहरू दिएर उपचार गर्नपर्नेुहुन्छ ।
चिह्नहरू:
- छोटो र छिटो श्वास फेर्नु (वयस्क व्यक्तिले एक मिनेटमा ३० पटक भन्दा बढी श्वास फेर्नु । )
- सास फेर्न गाह्रो हुनु ।
- अकस्मात कडा ज्वरो आउनु ।
- खकारमा हरियो, खिया रंग जस्तो वा रगत भएको देखिनु ।
- रोगी एकदम अशक्त हुन्छ ।
उपचार:
- ज्वरो झार्ने कोसिस गर्नुहोस् ।
- प्रशस्त मात्रामा झोल पदार्थ पिउनुहोस् ।
- १० दिन वा सो भन्दा बढी दिनसम्म ‘को–ट्रिमोक्साजोल’ खानुहोस् ।
- २४ घण्टासम्म राम्रो भएन वा अझ खराबी भयो भने स्वास्थ्य सेवा लिनुहोस् ।
मुख र घाँटीका समस्याहरू
एचआइभी भएका व्यक्तिलाई मुखका समस्याहरु हुनु सामान्य हो । कुनै कुनै समस्याहरुलाई जेन्सन भाइलेट जस्ता सामान्य मुख घाटी खकाल्ने औषधिहरुले दैनिक रुपमा खकालेर निको पार्न सकिन्छ वा हाइडेजन पेरोक्साइड झोललाई उति नै भाग पानी राखेर खकाल्न पनि सकिन्छ । तर यो निल्नुहुदैन ।
मुखमा दुख्ने घाउ भए जुस तान्ने पाइपको प्रयोग गर्नु राम्रो हुन्छ । |
मुख वा शरीरको भोजन जाने अंगहरूमा समस्या हुँदा मानिसले सामान्यतया खाना खान सक्दैन । यसले समस्या पर्दा मानिस कमजोर, कुपोषित हुन्छ र संक्रमण विरुद्धको लड्ने क्षमतामा झन ्ह्रास आउन सक्छ । यसकारण:
- थोरै–थोरै मात्रामा खानेकुरा पटक–पटक खाइरहनुपर्छ ।
- खानामा केही तेल वा बदाम खानुहोस् यसले बढी शक्ति दिन्छ ।
- काँचो सागसब्जी नखानुहोस् । त्यसलाई शरीरले पचाउन कठिन हुन्छ र त्यसमा किटाणुहरू पनि हुनसक्ने हुन्छ ।
- प्रशस्त मात्रामा झोल कुरा खाइ जलवियोजन हुन दिनुहुदैन ।
मुख तथा घाँटीभित्र घाउ हुनु
मुखको कुनामा घाउ हुनु वा जुठो उच्छिनुको् कारण कुपोषण पनि हुन सक्छ ।
एचआइभी भएका धेरै व्यक्तिहरूमा मुखभित्र घाउ तथा दाँत र गिजाको समस्या पनि हुने गर्छ । यसकारण:
- नरम खानेकुरा खानुहोस् । कडा र साह्रो चपाएर खानेकुराहरू नखानुहोस् ।
- सादा खाना खानुहोस् मसालादार खाना होइन ।
- पीडा कम गर्न चिसोखानेकुरा, झोल पदार्थहरू खानुहोस् । र मन तातोपानी र नुनले कुल्ला गर्नुहोस् ।
मुख वरिपरि घाउ हुनु, फुट्नु तथा पानी फोकाहरू आउनु
ओठहरूमा पीडादायी फोडा तथा घाउहरू उठ्नु जनै खटिराका भाइरसको कारणले हुनसक्छ । स्वस्थ मानिसलाई यी घाउहरू चिसोले अथवा ज्वरोको कारणले आउन सक्छन् तर एचआइभी भएकालाई यस्ता घाउहरू कुनैपनि समयमा आउन सक्छन् । यी घाउहरू धेरै समयसम्म रहिरहन सक्छन् तर आपैm हराएर जान्छन् । यी घाउहरूमा संक्रमण हुन नदिन वा पाक्न नदिन घाउमा जेन्सन भायलेट लगाउनुहोस् । ‘एसाइक्लोभिर’ नाम गरेको औषधि पनि सहायक सिद्ध हुन्छ । यी घाउहरू छोए पछि आफ्ना हातहरू धुनुहोस् ।
मुखभित्र सेता धब्बाहरू आउनु
यो फंगसको संक्रमण बाट हुने रोग हो । यसको कारणले मुखभित्रको छालामा, जिब्रोमा र कहिले कहीँ मुख पेट जोड्ने नलीमा सेता दागहरू तथा घाउहरू हुन्छन् । यसको कारणले गर्दा छाती दुख्ने गर्छ ।
यी दागहरू गाला र जिब्रोमा दही टाँसिकएको जस्तै देखिन्छन् । एचआइभी भएका व्यक्तिलाई यस्ता सेता धव्वाहरु आएमा एआरटी शुरु गर्नुपर्ने हुनसक्छ ।
उपचार:
दाँत माझ्ने नरम ब्रस वा सफा कपडाले दिनको ३–४ पटक बिस्तारै जिब्रो र गिजालाई रगड्ने गर्नुहोस् । त्यसपछि नुन पानी वा कागती पानीले मुख कुल्ला गर्नुहोस् । यसका साथै तलका कुनै एउटा उपाय अपनाउनुहोस् ।
- यदि यो ज्यादै दुखेको छैन भने कागती चुस्ने गर्नुहोस् । कागतीको अमिलोले फंगसलाई कम गर्छ । वा
- जेन्सन भायलटे एक प्रतिशत झोलले दिनमा दुईपटक मुखको कुल्ला गर्नुहोस् तर यो झोल ननिल्नुहोस् । वा,
- निष्टाटिन १० थोपा वा १ मि.लि. घोललाई मुखमा एक मिनेटसम्म राखिरहनुहोस् र त्यसपछि त्यसलाई निल्नुहोस् । यो तरिका पाँच दिनसम्म दिनको तीन वा चार पटकसम्म गर्नुहोस् । वा,
- धव्वा ज्यादै भएको छ भने केटोकोनाजोल नामक औषधि सेवन गर्नाले फाइदा हून्छ । यस्को २०० मिलि ग्रामको चक्की दिनको दुईपटक १४ दिनसम्म खानुपर्छ । गर्भवतिले यो औषधि खानुहुदैन ।
भोजन नलीमा धव्वा आउनु
यस्तो धव्वाहर भोजन नलीमा पनि आउन सक्छन् । यस्तो अवस्थामा खान र पिउन पीडा हुन्छ । यस्तो भएमा सो व्यक्तिलाई तुरुन्त अस्पताल लग्नुपर्ने हुन्छ । यदि उनीले औषधि निल्न सक्छन् भने पहिलो मात्रा प्mलुकोनोजोल ४०० मिग्राको चक्की र त्यसपछि दिनको एक पटक २०० मिग्राको चक्की १४ दिनसम्म दिनुपर्छ । यदि औषधि खाएको चार पाँच दिनमा पनि सुधार आएन औषधिको मात्रा दोव्वर वा ४०० मिग्राको चक्की दिनुपर्छ ।
घाउ तथा खटिराहरू
छालामा चोट लागेर घाउ हुने गर्छ । चोटपटक लाग्दा घाउ हुन्छ भने खटिरा प्राय जसो किटाणु वा छालामा दवाव परेर हुनेगर्छ । लामो समयसम्म बिछ्यौनामा थला पर्ने मानिसलाई सजिलै सँग यस किसिमको घाउ हुनेगर्छ । काटेको, चोट लागेको वा खुला घाउलाई सफा राखेमा संक्रमण हुने डर हुँदैन ।
घाउ तथा खटिराको साधारण उपचार : | |
१. कम्तीमा पनि दिनको एकपटक सफा पानी र साबुनले चोटपटक वा घाउलाई धुनुहोस् । पहिले चोट लागेको घाउको वरिपरि धुनुहोस् त्यसपछि बीचबाट छेउ सम्म धुनुहोस ्। यदि सम्भव हुन्छ भने पुछ्नका लागि छुट्टा छुट्टै कपडाका टुक्राहरू प्रयोग गर्नुहोस् । | |
२. घाउमा पिप वा रगत छ भने पट्टी वा सफा टुक्रा कपडाले छोप्नुहोस् । पट्टीलाई खुकुलो गरेर लगाउनुहोस् र दिन–दिन बदल्नुहोस् । यदि घाउ सुख्खा छ भने हावा पर्ने गरी खुला छोड्नु राम्रो हुन्छ । यसोगर्दा छिटै निको हुन सक्छ । | |
३. यदि चोट खुट्टा वा पैतालामा छ भने खुट्टालाई मुटुको तहभन्दा माथि सम्भव भएसम्म उठाएर राख्नुहोस् । रातको समयमा खुट्टा उठाएर सुत्नुहोस् । लामो मयसम्म उठिरहनेर बसिरहने काम नगर्नुहोस् । अलिअलि हिंड्दा फाइदा नै हुन्छ । | |
४. घाउ सफा गरेका कपडा वा पट्टीलाई साबुन पानीले धुनुहोस् त्यसपछि यसलाई घाममा सुकाउनुहोस् । अथवा यसलाई केही समय सम्म उमालेपछि सुकाउनुहोस् । यदि त्यो कपडा वा पट्टीलाई पुनः प्रयोग नगर्ने हो,गर्नु छैन भने त्यसलाई जलाइदिनुहोस् वा गाडिदिनुहोस् । |
सावधान हुनुहोस्ः बढी मात्रामा पोटास हालियो वा पानी ज्यादै तातो भयो भने छाला खुइलिन्छ ।
एचआइभी भएका व्यक्तिलाई कडा छाला संक्रमण र ज्वरो आएको छ भने एआरटी औषधि शुरु गर्नुपर्ने हुन्छ ।
संक्रमण भएका घाउ तथा खटिराहरूको उपचार :
घाउ र खटिरो संक्रमण भएर:
- रातो, सुन्निएको, तातोर पीडादायी भएमा
- पाकेमा
- गन्हाएमा
संक्रमण भएका घाउको उपचार ३०६ मा एकदेखि चार नम्बरमा उल्लेख गरिए अनुसार गर्नुहोस् र तलका निम्न उपायहरू पनि गर्नुहोस्ः
- घाउमाथि दिनको चारपटक २० मिनेटसम्म तातोपट्टीले सेकी राख्नुहोस् । अथवा एक बाल्टिन मन तातो पानीमा साबुन वा पोटास हालेर घाउलाई भिजाउने गर्नुहोस् । चार वा पाँच लिटर घोल्नुहोस् । संक्रमण घाउलाई मुटुको तहभन्दा माथि उठाएर राख्ने गर्नुहोस् । पोटास नभए नुनले सफा गरेपनि हुन्छ ।
- चोट लागेको घाउका पाप्राहरू भिजाइसके पछि ‘हाइड्रोजन परोक्साइड’ ले पखाल्नुहोस्। पाप्राहरू सफा गजको टुक्रा वा चिम्टाले निकाल्ने गर्नुहोस् ।
- जेन्सन भायलेट उपलब्ध छ भने त्यस घाउमा लगाएर मात्र पट्टी बाध्नुहोस् ।
- यदि एकै समयमा धेरै संक्रमण युक्त घाउ भएको छ र ज्वरो पनि आएको छ भने एन्टिव्याक्टेरियलले उपचार गर्नुहोस् । इरिथ्रोमाइसिन, डाइक्लक्सालिन वा पेन्सिलिनको १० दिनसम्म प्रयोग गर्नुहोस् ।
मानसिक उल्झन (सुद्धी हराउनु)
एड्सका कारणले कुनै व्यक्ति लामो समय सम्म बिरामी रहेको छ भने त्यस्ता व्यक्तिमा मानसिक उल्झन हुनु सामान्य कुरा हो । यस्तो समस्या एच.आई.भी.को संक्रमण र अन्य संक्रमण हुँदा मानसिक विरक्ति औषधिको सामान्य असरहरूले पनि हुन सक्छ ।
पीडा
एड्सको पछिल्लो अवस्थामा (र क्यान्सर जस्तै अन्य गम्भीर बिरामीहरूमा) हुने दुःखाइ ज्यादै पीडादायी हुन्छ । यो दैनिक जीवनको एक भाग नै हुन्छ । त्यस्तो दुखाइ धेरै कारणहरू बाट हुन सक्छ, जस्तैः
- हलचल गर्न असमर्थ हुनु,
- संक्रमणहरू, जस्तै जनै खटिरा आउनु,
- छालामा घाउहरू हुनु
- टाउको दुख्नु
- खुट्टा र पैताला सुन्निन
- स्नायु दुख्नु।
दुखाइको उपचार (औषधि प्रयोग नगरी) :
- आरामदायी व्यायाम, प्रार्थना वा ध्यान गर्नुहोस् ।
- नाना भाँतीका कुराहरू मनमा नखेलाउनुहोस् ।
- संगीत सुन्नुहोस् अथवा कसैलाई धार्मिक ग्रन्थ पढ्न लगाउनुहोस् वा कथा भन्न लगाउनुहोस् ।
- हात र पैतालामा सुन्निएको दुखाइका लागि सुन्निएको भागलाई उठाएर राख्नुहोस् ।
- नसा दुखेर हात खुट्टाहरू भतभती पोले पानीमा डुबाएर राख्ने गर्नुहोस् ।
- छालामा छुँदा नै दुख्ने हुँदा बिछयौनामा नरम किसिमको खोल (वा तन्ना) र तकिया वा जनावरको छाला बिछयाएर सुत्नुहोस् । कुनै मान्छेलाई छुनु पर्दा बिस्तारै छुने गर्नुहोस् ।
- टाउको दुखेमा कोठालाई अंध्यारो र शान्त राख्नुहोस् ।
- अक्युप्रेसरले कुनै–कुनै दुखाइलाई कम गर्न मद्दत गर्नसक्छ ।
औषधिहरू द्वारा दुखाइको उपचार :
तलका औषधिहरू दिन प्रति दिन प्रयोग गर्नाले (दीर्घ पीडा हुने दुखाइलाई नियन्त्रण गर्नका लागि सहायक हुनेछ । ती औषधिहरू निर्देशन अनुसार नछुटाईकन नियमित रूपमा सेवन गर्नुहोस्। यदि दुखाइले एकदमै च्यापेसम्म कुर्नु भयो भने पछि ती औषधिहरूको प्रयोग गर्दा तिनीहरूले भने जस्तो काम गर्दैनन् ।
- मलुवा दुखाइको औषधि जस्तै पारासिटामोल
- ‘आइवुप्रोफेन’– यो औषधि अलि कडा औषधिको आवश्यक भएमा लिनुपर्छ ।
- ‘कोडिन’– कडा दुखाइमा लिने औषधि