Hesperian Health Guides

गर्भावस्था, प्रसूतिकाल तथा स्तनपान

In this chapter:

गर्भावस्था

गर्भावस्थाले महिलाको एचआइभी अवस्थालाई खराब गर्दैन । तर, एच.आई.भी. वा एड्स भएका महिलाको गर्भावस्था धेरै जटिल बन्न सक्छ । यस्ता जटिलताहरु आउन सक्छन्ः

a health worker showing family planning methods to a man and woman

एच.आई.भी. भएकी महिलाको बच्चा धेरै बिमारी भएर जन्मेको छ भने उ सम्भवत संक्रमित हुनसक्छ, त्यस्तो बच्चालाई स्वास्थ्य केन्द्र वा अस्पताल जचाँउन लग्नुहोस् ।

  • बच्चा तुहिनु,
  • बच्चा जन्माइसके पछि गम्भीर संक्रमण हुनु र निकोहुन कठिन हुनु ।
  • बच्चा महिना नपुगी जन्मनु वा एचआइभी संक्रमण भई जन्मनु । यस्ता


समस्याहरु भएपनि, धेरै महिलाहरू एच.आई.भी. संक्रमित भए तापनि गर्भवति हुन्छन् र बच्चा पाउँछन् ।


यदि तपाईं गर्भधारण गर्न चाहनुहुन्छ र तपाई वा तपाईको जोडीलाई एच.आई.भी. संक्रमण भएको शंका छ भने तपाईंहरु दुबैले परीक्षण गराउनुपर्छ । यदि एच.आई.भी. परीक्षण गर्न सकिदैन भने यसको खतरालाई कम गर्न तल दिइएका सुझावहरू पालन गर्नुपर्छ ।

  • यौनक्रिया गर्दा प्रजनन उर्वर अवधि बाहेक अन्य अवधीमा कन्डमको प्रयोग गर्ने वा सुरक्षित यौन अभ्यास अपनाउने ।
  • गर्भाधान हुन नसक्ने बेलामा सुरक्षित यौनक्रिया गर्ने,यौन प्रसारित संक्रमणका चिह्नहरू देखिए भने यौनक्रिया गर्दै नगर्ने । यदि सम्भव छ भने, सबै गर्भवति महिलाले सिड ४ परीक्षण गराउनुपर्छ ।


यसले महिलाको प्रतिरक्षा प्रणाली कतिको बलियो रहेछ भन्ने जानकारी दिन्छ । सिडि ४ कोसंख्या ३५० भन्दा कम छ भने उनको आप्mनो शरीरलाई एआरटी आवश्यक पर्छ । यदि तपाईं गर्भवति हुनुहुन्छ र एचआइभी भएको छ भने, आप्mनो शरीरको हेरचाह गर्नुअति महत्वपूर्ण छ । यसका लागि राम्ररी भोजन गर्ने, अन्य बिमारी (जस्तै औलोहरुको रोकथाम र उपचार र एचआइभीको उपचार गर्नुपर्छ ।

प्रसूति काल

आमाबाट शिशुमा हुने एचआइभी संक्रमण अधिकांश रुपमा प्रसूति कालमा नै हुन्छ । बच्चा जन्माउनु अघि र पछि एआरभी दिएर आमा र बच्चालाई जोगाउन सकिन्छ । बच्चा जन्मेको ४ घण्टा अघि नै पानी जालो फुटेको, शिशु निस्कने मार्ग च्यातिएको, र सामान्य प्रसूति हुँदा भन्दा बढी रगत र योनी स्रावसँग बच्चाको लसपस भएको अवस्थामा भाइरस प्रसार हुने जोखिम अति नै बढी हुन्छ ।

एचआइभी संक्रमितलाई प्रसूति अवस्था पछिको संक्रमण खतरनाक हुन्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार गराउनु आवश्यक छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०