Hesperian Health Guides

सम्भव हुन्जेल लामो समयसम्म स्वस्थ रहन

In this chapter:

एड्स भइसकेपछि शरीरको रोग प्रतिरक्षा प्रणाली सामान्य संक्रमण तथा समस्याहरूसँग लड्न सामर्थ हुँदैन । प्रत्येक चोटि बिरामी हुँदा रोग प्रतिरक्षा प्रणाली झन्–झन् कमजोर हुँदै जान्छ र अर्को पटकको संक्रमणमा त्यो लड्न झन् असमर्थ बन्दै जान्छ । उपचार नगरिएमा, यो प्रक्रिया त्यस मानिसको शरीर जीर्ण भएर जीवित रहुन्जेलसम्म निरन्तर चलिरहन्छ ।

संक्रमणहरू र बिरामी हुन नदिने उत्तम उपाय भनेको रोगप्रतिरक्षा प्रणालीलाई कमजोर हुन नदिनु हो । कुनैपनि संक्रमण फैलिरहन र झन् खराब हुन नदिन त्यसको उपचार गर्नु ज्यादै महत्वपूर्ण छ । यसो गर्दा एड्स भएको व्यक्ति लामो समयसम्म स्वस्थ रहन सक्छ ।

संक्रमणहरूको रोकथाम गर्ने औषधिहरूको प्रयोग

एचआभी भएका व्यक्तिहरूका लागि ‘को–ट्रिमोक्साजोल’ नाम गरेको प्रति जैविकी औषधि नियमित रूपमा लिनाले केही प्रकारका निमोनिया र पखाला र अन्य प्रकारका संक्रमणहरुको रोकथाम गर्छ । यदि तौल घट्न थालेमा, ओठ वरपर घाउ उछ््रेमा वा फुटेमा, चिलाउने विमिराहरु उछ्रेमा, मुखमा घाउ भएमा, वा वारम्बार जाडो लागेमा यसको प्रयोग गर्नुपर्ने हुन्छ ।

‘को–ट्रिमोक्साजोल’ ९६० मि.ग्रा. (८० मिग्रा ट्रिमेथोप्रिम र ४०० मिगा्र सल्फामेथोक्साजोलको बनोट भएको दुई चक्की) दिनहुँ खाने अथवा हप्ताको दुईपटकले दुई चक्की खाने । यो चक्की खाँदा प्रशस्त पानी पिउनुपर्छ ।


विशेष ध्यान दिनुपर्ने कुरा ! ‘को–ट्रिमोक्साजोल’ एड्स भएका व्यक्तिहरूलाई एलर्जी हुनु सामान्य हो । छालामा नया“ डाबरहरू आएमा वा अन्य औषधिहरूका एलर्जीका लक्षणहरू देखिएमा यसको प्रयोग तुरुन्त रोक्नुपर्छ ।


प्रतिजैविकी लिइरहने महिलाहरूका योनीमा प्रायगरी ढुसी (यिस्ट) कोसमस्या बढी हुनेगर्दछ । दही तथा दूधबाट बनेका अमिला पदार्थहरू खानालेवा दही तथा चुक मिसाइएको पानी एउटा आरीमा हालेर बस्ने गर्नाले पनि यसलाई राम्रो गर्नसक्छ ।

केही मुलुकहरुमा, एचआइभी भएका व्यक्तिहरुलाई क्षयरोगको रोकथाम गर्न औषधि लिन सल्लाह दिने गरिएको पाईन्छ ।

मानसिक स्वास्थ्य

Ne WWHND Ch17 Page 296-1.png

एचआइभी संक्रमणले मानिसको मनमस्तिष्कमा गम्भीर तनाव ल्याउँदछ । प्रायगरी एचआइभी भएका व्यक्तिले कहिले एकदम डराएको तथा तनावमा (चिन्ता) रहेको वा दुखित भएको अथवा बिल्कुलै खिन्न भएको अनुभव गर्दछ । चिन्ता र खिन्नताले पनि शरीरलाई कमजोर बनाउँछ र व्यक्तिलाई बढी सिकिस्त भएको जस्तै गराउँछ । स्वस्थ रहन र बिरामी नहुनका लागि मानसिक रूपमा पनि स्वस्थ रहनु आवश्यक छ । एचआइभी भएका व्यक्तिले स्वास्थ्यकर्मीलाई आप्mनो समस्या शारीरिक अथवा चिन्ता वा मानसिक विरक्ति कुन कारणले भएको हो छुटयाई भन्नुपर्छ । समस्याको कारण थाहा भएपछि उपचार गर्नपनि सजिलो हुन्छ । चिन्ता वा मानसिक विरक्तिबाट उठेका भावनाहरु माथि विजय पाउन सकिन्छ । यसका लागि परामशदातार्को सल्लाह लिनुपर्छ वा सहयोगी समूहमा संलग्न हुनुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०