Hesperian Health Guides

किन महिलाहरूका लागि एच.आई.भी.र एड्स छुट्टैखाले समस्या हो?

In this chapter:

महिलाका लागि एच.आई.भी.र एड्स छुट्टै खाले समस्या हो किनकि :

  • यौनक्रियाका बखत पुरुषको वीर्य महिलाको योनीमा खस्ने र धेरै बेर रहने हुनाले महिलालाई पुरुषभन्दा एच.आई.भी. सजिलै संक्रमण हुन्छ । यस यदि संक्रमित वीर्य रहेछ भने महिलाको योनी अथवा पाठेघरको मुख हुँदै महिलाको रगतमा पस्छ । झन् योनीमा कुनै खाले घाउ छ भने त सजिलै फैलन्छ ।
  • महिलाहरू पुरुषको दाँजोमा सानै उमेरमा संक्रमित हुन्छन् किनकि किशोरीहरू अनिच्छित यौन र असुरक्षित यौनलाई अस्वीकार गर्न सक्दैनन् । आपूmभन्दा धेरै उमेर भएकासँग विवाह गर्ने युवति झन् बढी संक्रमित हुने सम्भावना छ ।
  • प्राय जसो महिलाहरुको यौन प्रसारित संक्रमणहरुको उपचार गरिएको हुँदैन । यस्तो अवस्थाले एचआइभीको संक्रमण सजिलो बनाउँछ ।
  • बच्चा जन्माउनु पर्ने अवस्थामा महिलाहरूलाई रगत दिनुपर्ने अवस्था पर्दछ र यसबाट संक्रमण हुने डर भइरहन्छ ।
  • न्यून पोषण र बच्चा पाउनु पर्ने कारणहरूले महिलाहरूसँग रोगका विरुद्ध लड्ने सामथ्र्य कम हुन्छ ।
  • महिलाहरू एच.आई.भी. संक्रमण भएमा छिटै एड्सबाट बिरामी पर्छन्, किनकि पुरुषहरू कण्डम लगाउन वा उनीहरु यौन जोडिहरु सीमित राख्न अनिच्छुक भएता पनि महिलाहरूले एचआइभी फैलाउछन् भनेर अनुचित दोष दिइने गरिन्छ ।
  • एच.आई.भी. संक्रमण भएकी गर्भवती महिलाबाट जन्मने शिशुमा यो सर्छ ।
  • महिलाहरू आफैं बिरामी भएको अवस्थामा पनि उनीहरूले आफ्नो परिवारमा एड्सका विरामी सदस्यहरूको हेरचाह गर्नुपर्ने हुन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०