Hesperian Health Guides

एच.आई.भी. र एड्स भनेका के हुन्?

In this chapter:

एच.आई.भी. (रोगविरुद्ध लड्ने क्षमता ह्रास गराउने जीवाणु आँखाले देख्न नसकिने सूक्ष्म जीवाणु हो । एड्स एच.आई.भी. बाट संक्रमित भएपछि विकसित हुने रोग हो ।

एच.आई.भी.

एच.आई.भी.ले संक्रमित व्यक्तिको रोग प्रतिरक्षात्मक्र प्रणालीमा आक्रमण गर्छ । प्रतिरक्षात्मक प्रणाली भनेको रोगका विरुद्ध लड्ने शरीरको शक्ति हो । एच.आई. भी. जीवाणुहरूले रोग–प्रतिरक्षात्मक्र प्रणालीका कोषिकाहरूलाई विस्तारै विस्तारै मारिरहन्छन्, जसको परिणाम शरीरले अन्य संक्रमणहरुबाट आपूmलाई रक्षा गर्न नसक्ने बन्छ । यद्यपी धेरै व्यक्तिहरू एच.आई.भी. बाट संक्रमित भएको देखि १० वर्षसम्म पनि स्वस्थ नै रहेको अनुभव गर्दछन् । एच.आइ.भी ले कुनै पनि व्यक्तिलाई सिकिस्त बिमारी बनाउन धेरै वर्ष लाग्ने भएकाले धेरै जसो व्यक्तिहरू आफू स्वस्थ रहेको ठान्दछन् र एच.आई.भी.बाट संक्रमित भएको पनि थाहा पाउँदैनन् ।


विशेष ध्यान दिनुपर्ने कुरा ! एच.आई.भी. संक्रमित व्यक्तिले उनी संक्रमण भए लगत्तै देखि अरूलाई पनि सार्न सक्छन् । व्यक्तिलाई हेरेर मात्रै एच.आई.भी. संक्रमित छ भन्न सकिन्न । यो थाहा पाउने एक मात्र उपाय एच.आई.भी. को परीक्षण मात्र हो


एड्स

एड्स भएको व्यक्तिको रोगप्रति रक्षात्मक प्रणाली कमजोर हुन्छ । यो कमजोर हुँदा सामान्य संक्रमण वा रोगहरू विरुद्ध लड्न सक्ने क्षमता पनि रहँदैन । विभिन्न व्यक्तिहरूमा एड्सका चिह्नहरू पनि विभिन्न किसिमका देखिन सक्छन् । ती चिह्नहरू महिला र पुरुषमा पनि भिन्न भिन्न देखिन सक्छन् । प्रायः गरी अन्य सामान्य बिमारीहरू (जस्तै दिशा,पखाला वा रुघा) मा देखापर्ने संक्रमणहरूका चिह्नहरू देखिने गर्छन् । एड्स भएका व्यक्तिहरुलाई एचआइभी नभएका व्यक्तिलाई यदकदा हुने संक्रमणहरु जस्तै क्यान्सर वा मष्तिष्क संक्रमणहरु हुन सक्छ ।

पौष्टिक खाना र उपयुक्त औषधिहरुले एड्सको कारणले हुने संक्रमणहरु विरुद्ध लड्न शरीरलाई मद्दत गर्न सक्छन् र एड्स भएका व्यक्तिको जीवन लम्व्याउन सहयोग गर्छन् तर एचआइभी लाई निकोपार्न सकिने उपचार हालसम्म छैन ।

एच.आई.भी.कसरी फैलिन्छ ?

रगत, वीर्यतथा योनीस्राव र दूधमा मा रहन्छन् । त्यसैले यी तरल पदार्थहरु अर्को व्यक्तिको शरीरमा प्रवेश गरेको अवस्थामा मात्र एच.आई.भी. सर्छ । यसको मतलब एच.आई.भी. तलका निम्न कारणहरूबाट फैलन सक्छ:
असुरक्षित यौन सम्पर्क एच.आई.भी. संक्रमित व्यक्तिसँगको । हाल यो एचआइभी सर्ने प्रमुख कारण देखिन्छ ।
a man and woman lying together on a bed
संक्रमित व्यक्तिहरूले प्रयोग गरेको तर निर्मूलीकरण नगरी सुई वा छेड्ने वा काट्ने हतियारहरूको प्रयोग गरेमा ।
WWHND10 Ch17 Page 285-2.png
a woman in bed getting blood through a tube in her arm
WWHND10 Ch17 Page 285-4.png
a person bandaging another person's bloody arm
रगत चढाउँदा । रग परीक्षण नगरी संक्रमित व्यक्तिको रगत परेमा । बच्चामा प्रसूतिकाल वा स्तनपानका क्रममा । यदि आमा वा बाबु एच.आई.भी. संक्रमित भएमा । एच.आई.भी. यसबाट संक्रमित व्यक्तिको शरीरको खास तरल पदार्थहरु जस्तो कि



एच.आई.भी.कसरी फैलिदैन ?

एच.आई.भी. जीवाणु मानिसको शरीर बाहिर केही मिनट भन्दा बढी बाँच्न नै सक्दैन । यसै गरी यो आफ्नै बुताले हावा वा पानीमा बाँच्न सक्दैन । त्यसैले निम्न कारणले एच.आई.भी. सर्ने गर्दैन ।
WWHND10 Ch17 Page 285-6.png
WWHND10 Ch17 Page 285-7.png
WWHND10 Ch17 Page 285-8.png
कसैलाई छुँदा, र अंकमाल गदा खानाहरू आपसमा बाँडेर खाँदा एउटै विछ्यौनामा सुत्दा
WWHND10 Ch17 Page 285 9.png
WWHND10 Ch17 Page 285-10.png
WWHND10 Ch17 Page 285-11.png

मा लेखिएका सुझावहरू पालन गर्नुभएको छ भने एउटै लुगा, तौलिया, तन्नाहरू धुँदा वा एक अर्काको प्रयोग गर्दा । चर्पी नुहाउने ठाउँ एउटै प्रयोग गर्दा पनि यो सर्न सक्दैन

मा दिइएका सुझाबलाई पालना गर्नुहुन्छ भने, एच.आई.भी. वा एड्स लागेको व्यक्तिलाई हेरचाह गर्दापनि यो सर्न सक्दैन । किरा फट्याङ्ग्राले टोकेर यो सर्दैन


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०