Hesperian Health Guides

एचआईभी संक्रमित भएका व्यक्तिहरूले सकारात्मक ढंगबाट कसरी जिउने ?

In this chapter:

आधुनिक औषधि र परम्परागत तरिकाले अझै पनि एड्स निको पार्न सकिदैन । एच.आई.भी. भएका अधिकांश मानिसहरू धेरै वर्षसम्म स्वस्थ रहन सक्छन् । त्यस अवधि भर यी कुराहरूले मद्दत पु¥याउन सक्छन्ः

  • आप्mनो जीवनको प्रत्येक क्षण अमूल्य ठानेर
  • साथीसंगीहरू तथा परिवारसँग समय विताएर
  • आप्mनो दैनिक कार्यमा क्रियाशील रहने कोसिस गरेर
  • आफूलाई इच्छा लागेमा यौन सन्तुष्टि दिने क्रियाकलाप पनि गरेर । यौन सन्तुष्टि दिने खालका शरीरका अंगहरु स्पर्श गर्ने जस्ता कार्यहरुलेपनि स्वस्थ रहनु ठूलो भूमिका खेल्छन् ।
  • यौनक्रिया गर्दा प्रजनन उर्वर अवधि बाहेक अन्य अवधीमा कन्डमको प्रयोग गर्ने वा सुरक्षित यौन अभ्यास अपनाउने
a couple holding hands and smiling at each other

तपाईंको जोडी एच.आई.भी.बाट संक्रमित छ भने

जोखिमपूर्णत हुन्छ तापनि सुरक्षित यौन सम्पर्क राखेर तपाईले आफूलाई जोखिमबाट बचाउन सक्नुहुन्छ । सुरक्षित यौन विधिहरूको प्रयोग गर्दै तपाईले आफ्नो स्वास्थ्यमा पनि सावधानी पूर्वक ध्यान दिनुहोस् । संक्रमण हुनसक्ने चिरिएको छालामा वा अन्य ठाउँहरूको ध्यान पूर्वक रेखदेख गर्नहोस् । यस कुरामा ध्यान दिनुहोस् कि यौन सन्तुष्टि यौनक्रिया नगरी पनि लिन सकिन्छ भन्नेपनि सम्झनुहोस् । अंकमाल गर्नु, अंगालो मार्नु चुम्बन गर्नुपनि सुरक्षित नै हुन्छ ।

a group of women sitting and talking together
  • एच.आई.भी.बाट एड्स भएका मानिसहरूका समूहमा मिल्ने वा त्यस्तो समूह गठन गर्ने कोसिस गर्नुहोस् । एच.आई.भी./एड्स भएका व्यक्तिहरूका समूहले समुदायलाई शिक्षित बनाउन काम गर्नसक्छन् । यस्ता समूहहरूले त्यस्तो एड्सबाट बिरामी भएकाहरूलाई घरमै हेरचाह गर्ने तथा एच.आई.भी.÷एड्सका बिरामीहरूको अधिकारका लागि पनि अभियान चलाउन सक्छन् ।
  • तपाईको आध्यात्मिक तथा मानिसक स्वास्थ्यको हेरविचार गर्नुहोस् । तपाईको आस्था र संस्कारले तपाईमा आशा र शक्ति ल्याउन सक्छ ।
  • भविष्यका बारेमा सोच्नुहोस् । यदि तपाईंका बालबच्चाहरू छन् भने
– उनीहरूसँग धेरै समय बिताउनुहोस् र उनीहरूलाई हेरचाह र पथप्रदर्शन गर्नुहोस् ।
– तपाई अशक्त नहुँदै उनीहरूको घरपरिवारको व्यवस्था मिलाइदिनुहोस् ।
– अंशवण्डा गरिदिनुहोस् । तपाईसँग स्वामित्वमा रहेका नगद जिन्सी घरजग्गा जायजेथा आफ्ना सन्तानमा अंशवण्डा गरिदिनुहोस् ।

आप्mनो स्वास्थ्यको हेरचाह गर्नुहोस्

यदि तपाईंका बालबच्चा छन् भने तपाईको लक्ष्य उनीहरूका लागि स्वस्थ रहनुहुनेछ ।

  • एचआइभी सेवा र उपचार कार्यक्रमको जानकारी एचआइभी पोजेटिभ भएको थाहा पाए लगत्तै खोज्नुहोस् ।
  • स्वास्थ्य समस्याहरूका बारेमा तत्कालै ध्यान दिनुहोस् । स्वास्थ्यकर्मीलाई नियमितरुपमा जचाउँने गर्नुहोस् । बिमारी पर्दास्वास्थ्य सेवा लिन सकिने अवस्था बनाइरहनुहोस् । प्रत्येक संक्रमणले रोग प्रतिरक्षात्मक प्रणालीलाई अझ कमजोर पार्दछ । बेलाबेला टि. बि. कोपरीक्षण गराउनुहोस् । आवश्यक परे अन्य प्रकारका संक्रमणहरुको रोकथामका लागि कोटिमक्साजोल लिनु पर्छ कि स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस् ।
  • शरीर हृष्टपुष्ट राख्न पोषणयुक्त खाना खानुहोस् । स्वस्थ रहेकै बेला खाइने खाना नै बिरामीका लागि पनि उपयुक्त हुन्छ । भिटामिन चक्कीहरू वा सुईहरूमा पैसा खर्च नगर्नुहोस् । यसको साटो पौष्टिक खानेकुराहरू किनेर खाने गर्नुस् ।
  • सुर्तीपान, मद्यपान र लागूऔषध त्याग गर्नुहोस् ।
  • यौन सम्पर्क राख्दा सुरक्षित उपाय अपनाउनुहोस् ।
  • प्रशस्त आराम तथा व्यायाम गर्नुहोस् । यसले संक्रमणसँग लड्न शरीरलाई बलियो बनाउँछ।
  • नियमित नुहाइ–धुवाइ गरेर संक्रमणलाई रोक्नुहोस् । पिउन तथा खाना बनाउनका लागि सफा पानी प्रयोग गर्नुहोस् ।

एचआइभी र एड्सका औषधिहरु

हालसम्म एचआइभी निर्मूल गर्ने औषधिहरु उपलव्ध छैनन् । तर एन्टिरेटोभाइरल औषधिहरुले एड्स भएका बिमारीको उपचार गर्नसक्छ । सही प्रयोग गरिएमा, यिनीहरुले एचआइभी संक्रमण विरुद्ध लड्छन् र नियन्त्रण गर्छन् । प्रतिरक्षा प्रणाली बलियो हुन्छ, शरीरले संक्रमण विरुद्ध लड्न सक्ने भएकाले व्यक्ति स्वस्थ हुन्छ । तर, एचआइभी निको हुँदैन, केही न केही भाइरस शरीरमा लुकेर बसेको हुन्छ ।

एन्टिरेटोभाइरल औषधिहरु प्रयोग गर्नलाई एन्टिरेटोभाइरल उपचार विधि भनिन्छ । यसलाई छोटकरीमा एआरटी भन्ने चलन नेपालमा पनि छ । एआरटी संसारभरमै सस्तोदाममा पार्ने अवस्था बनिरहेको छ । नेपालमा सरकार र गैरसरकारी प्रयत्नले कर्हीं कहीं निशुल्क र कहीं सस्तोदाममा उपलव्ध हुन्छ ।

सही प्रयोग गर्दा एआरटी प्रभावकारी छन्

एआरटीले एचआइभी भएका अधिकांश व्यक्तिहरुलाई वर्षौसम्म स्वस्थ पूर्वक रहन सहयोग गर्छ ।

एआरटी अपनाउँदा हरेक दिन ३ वटा औषधिहरु लिनुपर्छ । यी औषधिहरुले सेवनकर्ताको तौल बढाउँछ, र स्वस्थ अनुभव गर्छ तथा देखिन्छ । यो शुरु गरे पछि खान छोड्नुहुँदैन । यदि छोडेमा, मात्रा बिराएमा वा समयमा नखाएमा एचआइभीलाई औषधि असर गर्न छोड्छ र भाइरस बलियो बन्न थाल्छ र संक्रमितलाई बिमारी बनाइदिन्छ ।

एआरटी र औषधिको प्रतिरोध

एआरटीको सही प्रयोग नहुँदा एचआइभीले औषधिको प्रतिरोध गर्नथाल्छ । भाइरसले आपूmलाई औषधिले लड्न नसक्ने गरी परिवर्तन गर्छ । यसरी औषधि प्रतिरोध गरेका भाइरसबाट अर्को व्यक्तिलाई संक्रमण भयो भने उनीमा पुगेका एचआइभीले पनि औषधिको प्रतिरोध गर्छ । यसरी एचआइभी धेरै व्यक्तिमा प्रसार भएपछि एआरभीहरुले काम गर्न नसक्ने बन्छन् । यसकारण एआरटीलाई प्रभावकारी बनाइराख्नका लागि यी औषधिहरुको उचित प्रयोग गर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४