Hesperian Health Guides

एचआइभीको प्रसार रोक्ने तरिका

In this chapter:

एचआइभीको प्रसार रोक्ने तरिका :

  • सम्भव भएसम्म एक जनासँग मात्र यौन सम्पर्क राख्ने । त्यस व्यक्तिले पनि तपाई सित मात्र यौन सम्पर्क राखेको हुनुपर्छ ।
  • सुरक्षित यौन क्रियाको अभ्यास गर्नुहोस् । यसो गर्दा योनी, गुद्वार, वा मुखमा वीर्य, रगत र योनीरस पस्न दिदैन । यसर्थ यौनक्रियाका बखत उचित तरिकाले कण्डम प्रयोग गर्नुहोस् ।
  • एचआइभी परीक्षण वा यौन प्रसारितहरुको समयमै उपचार गर्नुहोस् साथै यी कामहरु आप्mना यौन जोडिलाई पनि गर्न लगाउनुहोस् ।
  • संक्रमण निवारण नगरिएका कुनैपनि छाला छेड्नेवा काट्ने सुईहरू अथवा औजारहरू प्रयोग नगर्नुहोस् ।
  • आकस्मिक समयमा बाहेक अरूको रगत लिने कार्य नगर्नुहोस् ।
  • अरूको छुरा र दाँत माझ्ने बु्रस प्रयोग नगर्ने ।
  • कुनै पनि घाउ वा रगत चलाउँदा सुरक्षित तरिकाबाट मात्र चलाउनुहोस् ।


महिला र किशोरीहरूलाई एचआइभीबाट जीवन सुरक्षित राख्ने अधिकार हुनैपर्छ । त्यसैले हाम्रो माग पुरा गर !



एच.आई.भी. बाट बच्न सधैं सजिलो छैन

two women listening to a radio while one is thinking

एचआइभीको रोकथामका लागि यौन व्यवसायमा नलाग्नुहोस्
यो नगरे म बालबच्चालाई खुवाउन उनीहरूलाई स्कुल पठाउन सक्दिनँ ।

a woman listening to a radio and thinking

एचआइभीको रोकथामका लागि यौनक्रिया गर्दा जहिले पनि कन्डमको प्रयोग गर्नुहोस् ।
तर म मेरा श्रीमान्लाई कन्डम लगाउनका लागि भन्न सक्दिन ।

a woman listening to a radio and thinking while a small child plays nearby

एचआइभीको रोकथामका लागि एकजना विश्वासिलो जोडीसँग मात्र यौनक्रिया गर्नुहोस्।
म केवल मेरो श्रीमान् संग मात्र यौनसम्बन्ध राख्छु, तर मलाई थाहा छ उस्को अरु महिलाहरु पनि छन्!



यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०