Hesperian Health Guides

मृत्युको नजिक पुगेका बिरामीको हेरचाह

In this chapter:

एड्स भएको व्यक्तिको जीवनमा एक समय यस्तो दिन आउँछ जब उनीहरुलाई कुनै उपचारले फाइदा गर्दैन । त्यसबेला ः

  • औषधि उपचार प्रभावकारी हुन छोड्छ ।
  • बिरामीले आफू मर्न लागेको बताउन सुरु गर्छ ।


यदि बिरामी व्यक्तिले घरमै रहने इच्छा व्यक्त गर्दछ भने उसलाई सम्मान साथ मर्नका लागि निम्नलिखित कुराहरुमा मद्दत गर्न सक्नुहुन्छ

  • सुविधाको व्यवस्था गरेर ।
  • साथीभाइ तथा परिवारलाई बिरामी सँगै बस्न लगाएर ।
  • उसलाई निर्णय गर्नका लागि अवसर दिएर ।
  • मर्ने बेलामा सहयोग गरेर । मृत्यु हुँदा लाग्ने डर र परिवारको भविष्यको चिन्ता जस्ता कुरामा आश्वस्त गराएर उसलाई मद्दत गर्न सक्छौ ं। बिरामी मर्दैन भनेर झुठो स्वांग न गर्नुहोस् । उनलाई आश्वस्त बनाउनुहोस् कि तपाई जे गर्दै हुनुहुन्छ त्यो सबै उसको सुविधा र भलाइ तथा दुखाइ कम गर्नका लागि गर्दैहुनुहुन्छ । यदि उसले मर्ने बेलामा धामिर्क काजक्रियाको चाहना गरेमा त्यस विषयमा पनि सहयोग गर्नुहोस् ।
WWHND10 Ch17 Page 309-1.png
मर्नै लागेकी अवस्थामा ऊ बेहास हुन सक्छिन्, खान छाड्ने, श्वास एकदमै विस्तारै वा छिटो फेर्ने र पिसाब बन्द हुने अथवा दिसा र पिसाबको नियन्त्रण गर्न नसक्ने हुन्छिन् ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०