Hesperian Health Guides

एचआइभी वा एड्स भएका व्यक्तिहरूको हेरचाह

In this chapter:

एड्ससम्बन्धी स्वास्थ्य समस्याहरू लामो समयसम्म रहिरहन सक्छन् । यी समस्याहरू बाट बिरामी तथा परिवारको प्रशस्त मात्रामा साधनस्रोत तथा शक्तिको खर्च हुन्छ ।

यदि एड्स भएमा बेलाबेलामा हुनसक्ने संक्रमणको उपचारका लागि उपचार केन्द्र वा स्वास्थ्य कार्यकर्तालाई भेटिरहनु पर्ने हुनसक्छ तर अस्पतालमा बस्नुपर्ने आवश्यकता प्रायजसो पर्दैन । आफ्नै घरमा नै घरायसी वातावरणमा परिवारको हेरचाहमा बढी सुविधापूर्वक रहन सकिन्छ ।

यदि घरको उपचार र हेरविचारले राम्रो नभएको जस्तो समस्या भएमा विश्वासिलो र एड्सको अनुभवी स्वास्थ्य कार्यकर्ता, उपचार केन्द्रमा सल्लाह लिनुहुन्छ ।

कयौँ गाउँघरमा, एचआइभी सम्बन्धी आयोजनाहरुले एचआइभी भएका व्यक्तिका लागि आवश्यक परिवार सेवा दिन सामुदायिक स्वास्थ्यकर्मीहरुलाई घरमा नै पठाउँछन् ।

a sick young woman lying in bed while an older woman comforts her
सधैजसो परिवारको हेरचाह महिलाहरू नै गर्ने गर्दछन् । यसैगरी घरमा बिरामी व्यक्तिको हेरचाह धेरैजसो उनीहरूले नै गर्नुपर्ने हुन्छ ।

यदि एड्स भएका कसैलाई स्याहार गर्दै हुनुहुन्छ भने तपाईं आफ्नो आवश्यकताका बारेमा पनि विचार गर्न निश्चित हुनुहोस् । परिवारका अन्य सदस्यहरू, साथीहरू तथा समुदायका मानिसहरू बाट सहयोग प्राप्त गर्ने कोसिस गर्नुहोस् । सामुदायिक क्लव, धार्मिक समुहहरू,ू युथ क्लव तथा एड्स स्वावलम्बन समूहहरूले तपाईंलाई सहयोग गर्न सक्छन् ।

सामुदायिक सहयोग जस्तो कुराले किशोरीहरुलाई छात्रावास नै रहन सक्ने अवस्था बनाइदिन सक्छ ।

a woman sitting at a younger woman's bedside, holding her hand

जब सरिता एड्सको जटिलताका कारणले ओछ्यान परेकी थिइन् । उनकी आमाले सधैं हँसिलो व्यवहार गरिन् । प्रत्येक दिन उनी उनकी छोरीलाई नुहाइदिने, राम्रोकपडा लगाइदिनेर खाटको छेउमा फुल राखिदिने गर्थिन् । सरिता भोकाएकी हुन्नथिन् तर पनि उनकी आमा खानालाई मिठो बनाएर खान कर गर्थिन् । यसरी बनाएर राख्थिन् कि उनलाई खान इच्छा लाग्थ्यो । सरिताको परिवारले उनीसँग उनको दैनिक जीवनका बारेमा र कामका बारेमा तथा समुदायका बारेमा कुराहरू गर्थे। उनी हँसीमजाक र रमाइला वातावरणको कारणले सरिताले आफू अपहेलित हुन नपरेको अनुभव गर्थिन् । सरिता थाकेको तथा सन्चो नभएको बेलामा उनी आराम गर्थिन् । परिवारले उनी राम्रो भएका समयमा उनका साथीहरूलाई भेटनका लागि व्यवस्था मिलाउने गर्थे । संगीत, छलफल र उचित जोशले घरलाई जीवन्त बनाएको थियो। सरिता आपूmलाई सबैबाट माया गरिएको र चाहेको अनुभव गर्थिन् र साथै एड्सले उनको परिवारसितको निकटता र उनको समय नष्ट गर्न सक्दैन भन्ने कुराको अनुभव पनि गर्थिन् ।

घरभित्र एच.आई.भी. संक्रमणको रोकथाम

WWHD10 Ch15 Page 252-1.png

केही साधारण सावधानीहरु अपनाउँदा, संक्रमित व्यक्तिबाट उनी वरपर रहने अन्य व्यक्तिलाई एच.आई.भी. फैलन सक्ने प्रायः जोखिम रहदैन । वास्तवमा,स्यार सुसारकर्तालाई एचआइभी संक्रमण भन्दा दिशापखाला चलाउने संक्रमणहरुको जोखिम हुन्छ । त्यसैले उनीहरुले सेवा गर्नुअघि र पछि सावुनपानीले राम्ररी हात धुनुपर्छ ।

a woman using a pitcher to rinse a stained sheet in a washtub
  • खाने वा पकाउने भाँडाकुँडा तथा खाद्यपदार्थलाई धुनका लागि सफा पानी प्रयोग गर्नुहोस् ।
  • बिछ्यौना र कपडाहरू सफा राख्नुहोस् । यसले बिरामीलाई सुविधा हुन्छ र छालाका समस्याहरू हुन दिंदैन । तन्ना वा कपडामा लागेको रगतको दाग,पखाला वा शरीरका अन्य तरल पदार्थहरूलाई सफा यसरी गर्नुहोस्ः
    • बिरामीका लत्ता–कपडाहरू अरू कपडाहरूभन्दा अलग्गै राख्नुहोस् र धुनुहोस् ।
    • कपडा धुँदा रगत तथा शरीरका अरू स्रावका दाग लागेका भाग पहिला बेग्लै धुनुहोस्।
    • बिछ्यौना र कपडाहरूलाई साबुन पानीले धुनुहोस् र सम्भव भएसम्म घाममा सुकाउनुहोस् र पट्याउनुहोस् वा इस्त्री लगाउनुहोस् ।
  • यी कपडाहरु धुनुअघि अलिकति व्लिच राखेको सावुनपानीमा १० मिनटजति डुबाउनुहोस् । यदि पन्जाहरु वा प्लाष्टिकको झोलाहरु छन्भने हातमा पहिरिनुहोस् ।

एचआइभी वा एड्स भएका व्यक्तिको स्यारसुसारमा सरसफाई जत्तिकै महत्वपूर्ण सुविधा र स्नेहपूर्ण वातावरण हुन् ।

घरभित्रको असल स्यारसुसारमा एड्स भएका व्यक्तिका लागि पर्याप्तमात्रामा पोषणयुक्त भोजन र पिउनका लागि सफा पानी उपलव्ध हुने निश्चित गर्नेकुरा पर्दछ ।

  • संक्रमित व्यक्तिको शरीरको तरल पदार्थजस्तै रगत, वान्ता, दिसा र पिसाब खाली हातले नछुनुहोस् । दूषित पट्टी, कपडा, रगत, वान्ता वा दिसाहरूलाई सोहर्न वा फ्याक्नका लागि प्लास्टिकको टुक्रा वा कागज, पन्जा वा ठूलो पातको प्रयोग गर्नुहोस् ।
  • रगत लागेका वा लाग्न सक्ने कुनैपनि चिजलाई साझा रूपमा प्रयोग नगर्नुहोस् । यी वस्तुहरू छुरा, सुईहरू र कुनैपनि छाला काट्ने धारिला औजारहरू दाँत माझ्ने बु्रसहरू हुन् । यदि तपाईलाई त्यस्ता वस्तुहरूको प्रयोग गर्नुपर्छ नै भने अर्को व्यक्तिले प्रयोग गर्नु अगावै तिनिहरूको सफा गर्नुहोस् ।
  • घाउलाई छोपेर राख्ने गर्नुहोस् । एच.आई.भी.वा एड्स भएका व्यक्तिहरू र उसलाई हेरचाह गर्ने दुवैले खुला घाउहरूलाई सफा पट्टी तथा कपडाले छोप्नुपर्छ । पुन धोएर प्रयोग गर्न नसकिने दूषित पट्टी कि जलाईदिनुहोस् वा बालिदिनुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०