Hesperian Health Guides

परिवर्तनका लागि गर्न सकिने कामहरू

In this chapter:

एचआइभी सबैको समस्या हो

समुदायमा रहेका सबै जनालाई एचआइभी कसरी फैलिन्छ र यसलाई कसरी रोक्न सकिन्छ भन्ने थाहा पाउनु जरुरी छ तर एचआइभी संक्रमण जो सुकै अझ आपैmलाई पनि हुनसक्छ भन्ने कुरामा विश्वास नगर्नेलाई यो जानकारीले केही सहयोग गर्दैन । त्यस्ता व्यक्तिले एचआइभीको संक्रमणको रोकथाममा सहयोग गर्न सक्दैनन् । तर सबैलाई जस्तै मलाई पनि यस्तो संक्रमण हुन सक्छ भनेर महसुस गर्नेले एचआइभीको राकथामको मद्दत गर्नसक्छ ।

एचआइभी भएका व्यक्तिहरूका विरुद्ध होइन, एचआइभीका विरुद्ध लड्नुहोस् ।

कतिपय व्यक्तिहरूले मानिसहरूको कुनै एक समूहलाई (जस्तै, यौन कर्मीहरू, समलिंगीहरू र लागू औषधका प्रयोगकर्ताहरू) दोष लगाएर ती समूहमा मात्रै यसको जोखिममा छन् भन्ने सोच्ने गर्छन् । यौनकर्मीहरूलाई एचआइभी हुने सम्भावना बढी नै हुन्छ भन्नेकुरा साँचो हो (किनकि उनीहरू धेरै व्यक्ति सँग यौन सम्बन्ध राख्ने गर्छन् ।) तर, उनीहरुले कण्डमको उचित प्रयोग गरे भने जोखिम कम हुनसक्छ । वास्तवमा हरेक व्यक्ति खासगरी युवा महिलाहरु पनि एचआइभी जोखिममा छन् भन्ने जान्नुपर्छ र समुदायका प्रत्येक व्यक्तिले यस संक्रमणका विरुद्ध लड्ने जिम्मेवारी बहन गर्नुपर्छ ।

तर यो लडाँइ एचआइभी भएका व्यक्तिहरूका विरुद्ध लड्ने होइन ।

एचआइभी रोकथाममा कसरी संलग्न हुने ?

Iसमुदायमा

एचआइभीको बारेमा जानकारी लिने एक मात्र बाटो शिक्षा हो जसले समुदायमा एचआइभी संक्रमणलाई रोक्न सक्छ । यहाँ तल केही कुराहरू उल्लेख गरिएका छन् ।

  • जसलाई शिक्षा दिने हो, त्यही उमेरका किशोरी वा महिलालाई तालिम दियो भने उनीहरू आफ्नै उमेरका सँग निर्धक्क कुराकानी गर्न सक्छन् । उनीहरूलाई आफ्नो शरीरका बारेमा जान्न, यौनक्रियाका बारेमा बुझ्न सजिलो हुन्छ । यसबाट पर्याप्त जानकारी प्राप्त गरेर महिलाहरूमा आत्मविश्वास आउँछ र उनीहरूले सुरक्षित यौन सम्बन्ध राख्न सक्छन् ।
a man showing a condom to two men at a table with bottles on it
गाउँलेलाई स्वयं सेवी बनाउनुहोस् । स्वास्थ्य कार्यकर्ता नभए पनि तीनिहरू मानिस भेला हुने ठाउँमा जान सक्छन र त्यहाँ एचआइभीका बारेमा कुरा गर्न सक्छन् ।
  • महिलालाई एचआइभी सर्न सक्ने जोखिमका बारेमा सत्य कुराहरू भन्नुहोस् । एचआइभीको मूल जरो गरिबीमा रहेको र यौनक्रिया महिलाहरूका वशमा नभएको बुझ्नलाई सहयोग गर्नुहोस् ।
  • महिलाहरूको मद्दतका निम्ति नाटक र सञ्चारका अरू माध्यमको प्रयोग गर्नुहोस्
  • जसबाट महिलाहरूले एचआइभी रोकथामका निम्ति उनीहरूले यस सम्बन्धी जानकारी सहज ढंगले गर्न सकून् वा कण्डम किन्न सकुन् र उनीहरुका यौनजोडि वा श्रीमानहरुलाई कण्डमको प्रयोग गराउन सकुन् ।

यसै वेला महिला वा पुरुष हुनुमा के भिन्नता छ भन्ने बारेमा विभिन्न विचारहरु छलफल गर्नु पर्छ । पुरुषका धेरै योनजोडिहरु भएको मतलव गरिदैन वा महिलाहरूले यौनका मामिलामा निस्क्रिय हुनुपर्छ भन्ने खालका विचारका प्रश्नहरूलाई उचित जवाव दिएर त्यस्ता विचार राख्ने व्यक्तिहरूलाई राम्ररी बुझाउनुहोस् । यस्ता विचार पुरुष तथा महिला दुवैको स्वास्थ्यका लागि कति आवश्यक छ भन्नेकुरा राम्ररी बुझाउनुहोस् ।

  • यौन र एचआइभीका बारेमा युवा किशोर–किशोरीहरूसँग आमा, बाबु, शिक्षक तथा अन्य युवकहरूले नडराई कुरा गरेर उदाहरणीय भूमिका निर्वाह गर्न सहयोग गर्नुहोस् ।
  • समुदायमा एचआइभी फैलन नदिनका लागि सूचनाहरू, यौन स्वास्थ्य सेवा लगायत कन्डमहरू सजिलै उपलब्ध हुनुपर्छ भन्ने कुरा सबै मानिसलाई बुझाउनुहोस् ।
  • एचआइभी बारे शिक्षा दिन चौतारा, स्कुल, धार्मिक सभा र सैन्य अखडा आदि जस्ता ठाउँहरू पनि प्रयोग गर्नुहोस् ।
यहाँ “महिलालेस“गैमिलेर एचआइभी बाट आफूहरू कसरी सुरक्षित हुन सकिन्छ भनेर काम गर्न सक्छन् भन्ने उदाहरण दिइएको छ

ब्राजिलको पेलेस्टिना सहरमा यहाँका महिलाहरूले एचआइभी प्रसारण रोक्नका लागि एउटा योजना बनाए । त्यसको कारण के रहेछ भने ती महिलाहरूले त्यस समुदायमा एउटा व्यक्ति एच.आई.भी.बाट संक्रमित भएको कुरा चाल पाएका थिए । उसले पनि त्यस बजारका दुईवटी महिलासँग असुरक्षित यौन सम्पर्क गरेको रहेछ । कतै आफ्ना श्रीमान्ले पनि ती महिलासँग यौन सम्पर्क राखेका छन् कि भन्ने महिलालाई डर थिया े। त्यसपछि उनीहरूले आफ्ना श्रीमान् सँग यौन सम्बन्ध नराख्ने निर्णय गरे । उनीहरूले आफ्ना श्रीमान्हरूहरूले पुनः यौन सम्बन्ध राख्नु भन्दा पहिले एच.आई.भी. परीक्षण गराउनु पर्छ र सुरक्षित यौन सम्पर्क अपनाउनु छ भन्ने कुरामा पनि जोड दिए । अहिले ती महिलाहरू आफ्ना श्रीमान्हरूले उनीहरू सँग यौन सम्बन्ध राख्नु भन्दा पहिले नै एच.आई.भी.

नभएको प्रमाण ल्याउनु पर्ने माग गर्दैछन् । ‘यदि उसले सुरक्षित यौन व्यवहार अपनाएन भने हामीहरू अब सँगै बस्नेछनौ ।’ महिलाहरूले एकै स्वरमा आफ्ना मागहरू राखे ।

स्वास्थ्य कार्यकर्ताहरुले गर्न सक्ने कुराहरु

समुदायका सबै व्यक्तिहरुलाई एचआइभीको परीक्षण, र आवश्यक परेका वेला हेरचाह र एआरटी उपचार सेवा कहाँ उपलव्ध हुन्छ, भन्नेबारे जानकारी दिनुहोस् ।

सबै स्वास्थ्य कार्यकर्ताले एकै किसिमको जानकारी र सेवा दिन सकिएमा एचआइभी भएका व्यक्तिहरूले सर्वोत्तम उपचार खोज्नका लागि उनीहरुको समय, पैशा र शक्ति दुरुपयोग हुदैन ।

एचआइभी प्रसारण बाट रोक्नका लागि स्वास्थ्य कार्यकर्ताले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्वास्थ्य कार्यकर्ताले यी कुराहरू गर्नुपर्छ:

  • कसरी एचआइभी फैलन्छ र कसरी फैलन सक्दैन भन्ने बारे प्रत्येक व्यक्तिलाई खासगरी पहिले नै अन्य यौन संक्रमण भइसकेका व्यक्तिहरूलाई जानकारी दिनुहोस् ।
  • परिवार नियोजनका अन्य साधनहरू प्रयोग गरिरहेका महिला तथा पुरुषहरू भए पनि उनीहरूलाई कन्डमको प्रयोग गर्न प्रोत्साहित गर्नुहोस् ।
  • प्रत्येक एच.आई.भी. भएका व्यक्तिहरू पनि स्वस्थ नै देखिन्छन् । त्यसैले तपार्इंले सबैको स्वास्थ्य जाँच गर्दा एचआइभीको रोकथाम गर्न गरिने सामान्य सावधानी प्रत्येक पल्ट छाला चिर्दा वा कसैको शरीरको तरल पदार्थ छुनु पर्दा मा उल्लेख गरिएको सल्लाहलाई अपनाउनुहोस् । यसमा तपाईले सुई दिनैपर्ने, छाला वा मासंपेशीलाई सिउनुपर्दा, सुत्केरी गराउन मद्दत गर्दा वा महिलाको योनी जाँच गर्दा जहिलेपनि ती सल्लाहलाई पालन गर्नुहोस् ।
  • समुदायका सदस्यहरू खासगरी युवाहरु समेतका लागि गोप्य, विश्वसनीय तथा पहुँचयोग्य स्वास्थ्य सेवाहरुलाई कार्यक्रम बनाउनुहोस् ।
  • तपाईका क्षेत्रमा एड्स सम्बन्धी काम गर्ने संस्थालाई भेटघाटका लागि बोलाउनुहोस् । उनीहरूले तपाईलाई प्रायगरी मानिसहरूमा हुने एचआइभी तथा एड्सको कारणले हुने संक्रमणको उपचार गर्ने तरिकाहरू सिकाउन सक्छन् । एचआइभी तथा एड्स भएका व्यक्तिहरूले सामना गर्नुपर्ने अन्य समस्याहरूका बारेमा पनि छलफल गर्नुहोस् । आफूसँग भएको साधन स्रोत प्रयोग गरिरहेका मानिसहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नबारे निर्णय गर्नुहोस् र मानिसहरूको आवश्यकता पूर्ति गर्न बढी स्रोतहरू कहाँ पाउन सकिन्छ भन्नेबारे पनि विचार गर्नुहोस् । यदि स्वास्थ्यकर्मीहरू मिलेर सँगै काम गर्न सक्दछन् र साधन–स्रोतहरू साझा रूपमा प्रयोग गर्छन् भने तिनीहरूले यस्तो ठूलो समस्यासँग एक्लै जुझ्नु पर्नेछैन ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०