Hesperian Health Guides

एच.आई.भी. परीक्षण

In this chapter:

स्थानीय रेडक्रस तथा रक्तसंचार केन्द्रहरूले सस्तो मूल्यमा परीक्षण गरिदिन्छन् । उक्त परीक्षण गर्नेबारे बुझ्न जिल्ला एड्स नियन्त्रण कार्यक्रमको कार्यालयमा सम्पर्क गर्नुहोस् । परीक्षण गरिएको परिणाम आउन करिब दुईहप्ता जतिमात्र लाग्छ ।

जब एच.आई.भी. शरीरभित्र प्रवेश गर्छ, तब शरीरले जीवाणुसँग लड्नका लागि एन्टिवडी बनाउन सुरु गर्छ एन्टिबडी प्राय गरी ४ देखि ८ हप्ता पछि नै रगतमा देखिन्छ तर यसलाई शरीरभित्र प्रशस्त रूपमा बन्न र परीक्षण गर्दा राम्ररी देखिनका लागि ६ महिना जति लाग्छ । संक्रमण भएको तर रगतमा एन्टिवडी नदेखिने अवस्थालाई झ्याली अवधि (विन्डोपिरियड) भनिन्छ ।

एच.आई.भी. परीक्षण गर्दा रगतमा एन्टिवडीहरू नै हेरिन्छ । कुनैव्यक्ति एच.आई.भी.बाट संक्रमित भएको छ वा छैन भनेर पत्ता लगाउने यो नै एक मात्र तरिका हो । यो परीक्षणबाट एच.आई.भी. होइन त्यसको एन्टिवडी मात्र देखिन्छ ।

एच.आई.भी.पोजिटिभ भनेको जीवाणुद्वारा संक्रमित र शरीरले एच.आई.भी. एन्टिवडी बनाई सकेको अवस्था हो । यस अवस्थामा आफूले पूर्णरूपमा स्वस्थ्य अनुभव गरे पनि अरूलाई यसका जीवाणुहरू सार्न सकिन्छ ।

परीक्षण बाट एच.आई.भी.को नेगेटिभ देखिए दुईवटा शंका गर्न सकिन्छ :

  • एच.आई.भी. बाट संक्रमित भएको छैन ।
  • एच.आई.भी.बाट संक्रमित भए पनि एच.आई.भी. परीक्षणका लागि चाहिने प्रशस्त एन्टिवडी अझै बनिसकेका छैनन् । (जस्तो विन्डो पिरियड) ।


यदि एच.आई.भी. परीक्षण नेगेटिभ छ भने पनि उक्त व्यक्तिमा एच. आई. भी. को संक्रमण भएको हुन सक्छ तसर्थ केही महिना पछि पुनः यस्तो परीक्षण गर्नुपर्ने छ । कहिले कहीँ पोजिटिभ परीक्षण पनि दोहो¥याएर गर्नुपर्ने हुन्छ । यसका लागि निश्चय गर्न स्वास्थ्य कार्य कर्ताले मद्दत गर्न सक्छन् ।

कस्तो अवस्थामा एचआईभी परीक्षण गर्नुपर्ने हुन्छ ?

एच.आई.भी. परीक्षण गर्नुभन्दा असुरक्षित यौन व्यवहारलाई बदल्नु ज्यादै राम्रो हुन्छ । एच. आई. भी. परीक्षण निम्न अवस्थामा गर्नु राम्रो हुन्छ ।

  • यदि तपार्इं विवाह गर्न वा एक जनासँग मात्र भरपर्दो किसिमले यौन सम्पर्क सुरु गर्न चाहनुहुन्छ वा बच्चाहरू जन्माउन चाहनुहुन्छ भने ।
  • तपाईं, तपाईंको यौनजोडी वा तपाईंको बच्चामा एड्सका चिह्नहरू देखिएका छन् भने ।
  • तपाईं वा तपाईको यौन जोडीले असुरक्षित यौनक्रिया गरेको छ वा भएको थियो भने ।

परीक्षणको परिणाम जान्दाका फाइदाहरू

एड्सको परीक्षण नकारात्मक भएमा यसबाट कसरी सुरक्षित रहने भन्ने सिकेर तपाई एच.आई.भी. नकारात्मक नै रहनु हुनेछ र एच.आई.भी. लाग्न पाउने छैन ।

परीक्षण सकारात्मक देखिएमा निम्न लिखित कुराहरू गर्न सकिन्छ:

  • तपाईंको जोडीमा एच.आई.भी. सर्नबाट रोक्न ।
  • तपाईको स्वास्थ्य समस्याहरुको तुरुन्त सेवा तथा उपचार गर्न ।
  • तपाईंको जिउने तरिकामा परिवर्तन ल्याउन यसो गर्दा तपाईं लामो समयसम्म स्वस्थ रहन सक्नुहुनेछ ।
  • समुदायका अन्य एच.आई.भी. संक्रमित भएका व्यक्तिहरूबाट सहयोग लिन ।
  • आफ्नो तथा आफ्नो परिवारको भविष्यको योजना बनाउन ।

परीक्षणको परिणाम जान्दाका बेफाइदाहरू

एचआइभी संक्रमण भएको छ भन्ने सुन्नासाथ विभिन्न थरिका विचारहरू आउन सक्छन् । पहिलो पल्ट परीक्षणमा आँपूm एच.आई.भी. पोजेटिभ भएको थाहा हुँदा होसहवास गुम्छ र अस्वीकार गर्न सकिन्छ । कसै—कसैले क्रोध र निराशाको अनुभव गर्ने तथा आफूलाई वा अरूलाई दोष पनि दिइन्छ ।

यस्तो अवस्थामा कसैसँग कुराकानी गर्नु राम्रो हुन्छ । जस्तो कि परीक्षणको नतिजा दिने स्वास्थ्यकर्मीसँग वा आप्mनो घनिष्ट व्यक्तिसँग । तर, सावधान हुनुहोस् कि, तपाईंका श्रीमान् वा तपाईंको यौनजोडिले तपाईलाई नै दोष लगाउन सक्छन्, यदि तिनीहरु आपैm एच.आई.भी.बाट संक्रमित भएका छन् भने पनि । अन्य व्यक्तिहरू डरले गर्दा तपाईंलाई नै परित्याग गर्न सक्छन् किनकि उनीहरू एच.आई.भी. र यसको प्रसारबारेमा विल्कुलै अनभिज्ञ रहेका हुन्छन् । त्यसकारण सम्भव भएसम्म तालिम प्राप्त एच.आई.भी.सम्बन्धी परामर्शदातालाई भेट्नुहोस् जसले कसरी यी समस्याहरू अरूलाई भनेर के गर्ने भन्नेबारेमा निर्णय लिन मद्दत गर्न सक्छ ।

परामर्श

a woman talking to a couple sitting with her at a table परामर्शदाताले व्यक्तिको कुराहरू राम्ररी सुन्छ र उसका परिवारहरूको चिन्ता, चासो तथा डर त्रासहरूलाई कसरी सामना गर्ने भन्ने बारेमा कुराहरू गर्छ र उनिलाई आफैलाई यसमा निर्णय गर्नका लागि मद्दत गर्छ । पहिलो पल्ट संक्रमण भएको थाहा लागेको बेलामा मात्र होइन कि एच.आई.भी. भएको मानिसको जीवनभर परामर्श महत्वपूर्ण हुन्छ । संक्रमण भएको व्यक्तिलाई एक कुशल परामर्शदाताले निकै मद्दत दिन सक्छ ।

  • एच.आई.भी. संक्रमण कसलाई भएको बारे कसलाई भन्ने निर्णय लिन ।
  • अन्य एच.आई.भी. बाट संक्रमित भएकाहरूबाट सहयोग प्राप्त गर्न ।
  • स्वास्थ्य केन्द्रहरूबाट रोगीलाई आवश्यक पर्ने वास प्राप्त गर्न ।
  • घर परिवारमा एच.आई.भी. संक्रमित हुन भनेका के हो र यो कसरी फैलन्छ भन्ने कुरा व्याख्या गर्ने र यसो भएमा भय रहित भएर स्वीकार गर्न र रोगीको स्याहारसुसारका लागि मद्दत गर्न सक्छन् ।
  • जति सक्दो सम्भव भएसम्म स्वस्थ रहन सक्ने कुरा बुझ्न ।
  • भविष्यको योजना तयार गर्न ।
  • सुरक्षित यौनक्रियाकाबारेमा सिक्न ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः २५ जुन २०२०