Hesperian Health Guides

यस भागमा 17: एचआइभी र एड्स

In this chapter:

a group of women and men from different cultures


लाखौं व्यक्तिहरू एड्स गराउने एचआइभी नामक भाइरसबाट संक्रमित छन् । त्यस्ता संक्रमित व्यक्तिहरूमा बढी भन्दा बढी महिला तथा केटीहरू छन् । हाम्रो देशमा करीव ७० हजार एचआइभी संक्रमित भएको अनुमान छ ।

एचआइभी वा एड्सको निकोपार्ने औषधि उपचार हाल सम्म छैन । तर हाल सम्मको उपलव्ध उपचारले एचआइभी भएका व्यक्तिको जीवन लम्व्याउन तथा उनको स्वास्थ्यमा सहयोग गर्न सक्छ । एचआइभी र एड्स सम्बन्धी आवश्यकता परेकालाई सेवा उपलव्ध गराउन र एचआइभी संक्रमणबाट आपूmलाई र एक अर्कालाई सुरक्षित राख्न, हामीहरु एचआइभीका बारेमा आफ्ना परिवार र साथीसंगीहरूसँग कुराकानी गर्न हिचकिचाउनु हुंदै हुँदैन ।

“पोहोर साल पुसमा उहाँ बिरामी पर्नुभयो र एच.आई.भी. भएको पत्ता लाग्यो । म उहाँसँग यौन सम्पर्क राख्न डराउँछु तर उहाँ एकदमै रिसाउनुहन्छ, पिट्नु पनि हुन्छ । कन्डमको प्रयोग गर्नुहोस् न भन्दा ‘त्यसो भए त बेश्याकैमा जान्छु’ भन्नुहन्छ । यसो गर्दागर्दै मलाई पनि एच.आई.भी. देखियो ।”

– सरिता वर्ष २० की एचआइभी संक्रमित अझै धेरै बाँच्नु छ’ बाट ।

कुनै पनि महिलाले एच.आई.भी. र एड्स भोग्नुपर्ने हुन सक्छ

महिलाहरूले आपूm जोखिममा छु भन्ने थाहा पाएपनि उनीहरु आपूmलाई सुरक्षित राख्न नसक्ने अवस्थामा हुनसक्छन् ।

अधिकांश महिला आपूm एचआइभी संक्रमणको जोखिममा रहेको सोच्दैनन् । यो संक्रमण समलिंगी, वा धेरै यौनजोडि हुने महिलाहरू वा सूई औषधी प्रयोकर्ताहरुलाई हुने सम्भावना ठान्छन् । यो कुरा साँचो होइन । कैयन स्थानहरुमा अरुलाई भन्दा विवाहित महिलालाई यो संक्रमण भएको छ ।

कयौँ समुदायहरुले महिलासँगै एचआइभी समस्याको मुकाविला गर्दै एचआइभीबारे छलफल गर्ने तरिका सिकेका छन्, रोकथाम गर्नैकाम र संक्रमितलाई सेवा र सहयोग उपलव्ध गराउन काम गरिरहेका छन्। यी प्रयासहरु मध्ये कयौँमा महिलाहरुलाई अगुवाई गरिरहेका छन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४