Hesperian Health Guides

नवजात शिशुका स्वास्थ्य समस्याहरु

यस परिच्छेदमाः

संक्रमणले शिशुलाई कमजोर बनाएर जीवन नै खतरामा पर्न सक्छ ।


प्रायः स्वस्थ शिशुले सहजै सास फेर्छ । उसले प्रत्येक २ देखि ४ घण्टामा स्तनपान गर्छ र भोक लागेपछि रुन्छ । शिशुको छालामा केही फोका आएर संक्रमण नहोस् भनेर ध्यान दिनुपर्छ ।

संक्रमण

नवजात शिशुमा हुने संक्रमण धेरै खतरनाक हुन सक्दछ र तुरुन्तै एण्टिवायोटिक्स को उपचार आवश्यक हुन्छ ।

खतराका लक्षणहरु
  • छिटो श्वास फेर्नुः सुतिरहेको वा आराम गरिरहेको बेलामा समेत एक मिनेटमा ६० भन्दा वढी पटक श्वास लिनु ।
  • सुतिरहेको वा आराम गरिरहेको बेलामा करङहरुका बिचको छालामा खोपिल्टो पर्नु, घुर्नु, नाकाको प्वाल ठूलो हुनु ।
NWTND Newb Page 12-1.png
करङहरुका बिचको छालामा खोपिल्टो पर्नु
नाकको प्वाल
  • ज्वरोः ३७.५ डिग्रि सेण्टिग्रेड भन्दा माथि वा कम तापक्रमः ३५.५ डिग्रि सेण्टिग्रेड भन्दा कम
  • धेरै ठूला फोका र विविराहरु हुनु
  • नखानु
  • नब्युँझनु वा कुनै प्रतिक्रिया नजनाउनु ।
  • कम्प हुनुः हात, गोडा इत्यादीको अनियन्त्रित चाल ।

यस्ता लक्षणहरु देखिएमा शिशुलाई तुरुन्त उपचार चाहिन्छ ।

उपचार

यदि संक्रमणको आशंका छ, तर यो कडा छैन भने एम्पिसिलिन वा एमोक्सिसिलिन दिनुहोस् । तर कडा प्रकृतिको संक्रमणका लागि तुरुन्तै एम्पिसिलिन र जेन्टामाइसिनका सुई लगाउनुपर्छ र औषधोपचारको सहयोग लिनुपर्छ । औषधीको सहि मात्रा शिशुको उमेर र तौलमा निर्भर रहन्छ । त्यसैले बच्चालाई तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ ।

२ दिनभित्रमा शिशु सामान्य हुँदै जान्छ । सुधार नभएमा जीवन रक्षाको लागि विभिन्न एण्टिवायोटिक्स आवश्यक पर्दछन् ।

एण्टिवायोटिक्सका ट्याब्लेटहरुलाई धुलो पारेर आमाको दुधमा मिसाई शिशुलाई खुवाउन सकिन्छ । तर केही एण्टिवायोटिक्स सुईबाट दिनुपर्छ । औषधीहरु, परिक्षणहरु र उपचार (तयारीको क्रममा)ले सुईलाई कसरी सुरक्षित तरिकाले दिनेबारे वर्णन गर्दछ ।

NWTND Newb Page 13-1.png
एण्टिवायोटि क्सका ट्याब्लेटहरुलाई धुलो पारेर आमाको दुधमा मि साई शिशुलाई खुवाउन सकि न्छ । तर के ही एण्टिवायोटि क्स सुईबाट दि नुपर्छ । औषधीहरु, परिक्ष णहरु र उपचार (तयारीको क्रममा)ले सुईलाई कसरी सुरक्षि त तरिकाले दि नेबारे वर्णन गर्दछ ।

त्यसैगरी गर्भभित्रै शिशुले दिशा गरेमा कहिंलेकाहिं जन्मने बेलामा त्यसै दिशामा श्वास लिन सक्छ । (दिशाले पानीमा खैरो टुक्रा देखिन सक्छ । वा शिशुको छालामा जन्मने बेलामा पहेंलो धब्बा देखिन सक्छ ।) यसले जन्मेको पहिला केही दिनहरुमा फोक्सोको संक्रमण गराउन सक्दछन्, त्यसकारण संक्रमणको पहिलो लक्षण देखिने बित्तिकै शिुशुलाई तुरुन्त उपचारका लागि तयार रहनुहोस् ।

रुवाई

रुँदै गरेको शिशुलाई हातमा समातेर महिलासँग कुरा गरिरहेको पुरुष ।
तिमीले आराम गरेको बेलामा शिशुको हेरबिचार मलाई गर्न देउ । मेरो छोरी त कति ठूलो स्वरले रोएकी आहा !

केही शिशुहरु अरुभन्दा वढी रुन्छन् । अन्य समस्या छैन भने डराउनुपर्दैन ।

रात्रीको समयमा लगातार रोएमा पेट दुखेर रोएको हुन सक्छ । करिब ३ महिनामा यो ठीक भएर जान्छ । यस्तो बेलामा आमालाई ढाडस दिनुपर्छ ।

यदि शिशुले दिनभरी रोएमा, नखाएमा, ज्वरो आएमा वा श्वासप्रश्वास गर्दा कठीनाई भएमा यो संक्रमणको लक्षण हुन सक्दछ ।

वान्ता

NWTND Newb Page 14-1.png

शिशुले बेसगरी वान्ता गरिरह्यो भने र खतराका लक्षणहरु देखिएमा भने स्वास्थ्य कार्यकर्तालाई तुरुन्तै देखाउनुपर्छ ।

खतराका लक्षणहरु
  • पटक पटक वान्ता गर्नु
  • रगत वान्ता गर्नु
  • शरिरमा पानीको मात्रा कम (जलवियोजन) भएको लक्षण हुनु


शिशुहरुले दुध खाएर डकार्नु खतरापूर्ण हुँदैन । कहिलेकाहिं वढी भएर दुध मुख वा नाकबाट आउन सक्छ । शिशुले धेरैपटक स्तनपान गर्छ र तौलमा बृद्धि भइरहेको छ भने डकार्नु वा थुक्नु हानीकारक मानिदैन ।

तलको चित्राकंनः बच्चाको पिठ्युँमा थपथपाएर डकार्न लगाउनु ।
शिशुलाई तपाईंको काँध वा घुँडा माथि राख्नुहोस् र खाएपछि डकार्नको लागि विस्तारै उसको पिठ्युँमा थपथपाउनुहोस् । यसले खानेबेलामा निलिएको हावा बाहिर ल्याउन मद्दत गर्दछ ।

जलवियोजन (शरिरमा प्रशस्त पानी नहुनु)

शिशुहरुको शरिरमा पानीको मात्रा कम (जलवियोजन) भए खतरा हुन्छ ।

कारणहरु

  • झाडापखाला
  • वान्ता
  • स्तनपान कम मात्रामा हुनु
  • आमाको दुध बाहेक अन्य कुराहरु खाँदा वा पिउँदा (जस्तै डिब्बाको दुध, जूस, वा पानी)
  • तातो मौसम
लक्षणहरु
  • पिसाब कम मात्रामा गर्नु वा गाढा, कडा गन्ध भएको पिसाब हुनु
  • मुख र जिब्रो सुख्खा हुनु
  • फुर्ती नहुनु
  • खान नसक्नु

जलवियोजन हुँदा आँखा धसिनु, टाउकोको नरम भाग धसिनु, तौल कम हुनु जस्ता समस्याहरु देखिन्छन् ।

NWTND Newb Page 15-1.png
उपचार

जलवियोजनको पहिलो लक्षण देखिएपछि शिशुलाई वारम्वार स्तनपान गराउनुपर्छ । २ घण्टाको फरकमा शिशुलाई दुध खानको लागि ब्युँझाउनुपर्छ । शरिरमा पानीको मात्रा कायम राख्न पुनर्जलीय झोल अर्थात नुन, चिनि र पानीको मिश्रण (जीवनजल) पनि दिन सकिन्छ । यस बारेमा मा वर्णन गरिएको छ । स्तनपान गराईसकेपछि पुनर्जलीय झोल दिनुपर्छ । कहिंलेकाहीं आमाको दुध धेरै नआउँदा के गर्ने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ

यदि जलवियोजन भएको शिशुमा केही घण्टाभित्र सुधार भएन भने स्वास्थ्य चौकीमा लगेर उपचार गर्नुपर्दछ ।

फोकाहरु

नवजात शिशुहरुको छालामा फुस्रो दाग हुन सक्छ । त्यो हानीकारक हुँदैन र आफैं हराएर जान्छ । फोहर भए शिशुको चाकमा फोकाहरु आउँछन् । त्यस भागलाई धेरैपटक सफा गर्नुपर्दछ । ठूलो शिशुलाई गर्मी दिनमा उसको चाकलाइ निको हुन दिन नाङ्गो (खुला) राख्न सकिन्छ । Zinc oxide क्रिमले राम्रो गर्न सक्छ । यदि केहि दिनमै निको नभएमा यो काई वा ढुसीको संक्रमण (yeast infection) हुन सक्छ । Nystatin cream लगाउनुहोस् ।

दादुरा, ठेउला र रुवेला हुँदा पनि शरिरका विभिन्न भागहरुमा फोकाहरु देखिन्छन् । साधारणतया शुरुमा ज्वरो आउँछ, त्यसपछि फोका । डेगुं र चिकनगुनिया जस्ता लामखुट्टेबाट सर्ने केही रोगहरुले शरिरमा फोकाहरु बनाउँछन्

जण्डिस (कमलपित्त)

छाला वा आँखाहरु पहेंलो भएमा त्यसलाई जण्डिस (कमलपित्त) भनिन्छ । कालो छाला भएको शिशुको भने आँखा परिक्षण गर्नुपर्छ । जन्मेपछिको दोस्रो र पाँचौ दिनका बिचको जण्डिसलाई सामान्य नै मानिन्छ । साधारणतया यो प्रशस्त मात्रामा स्तनपान गराएसँगै केही दिनहरुमा हराएर जान्छ । स्तनपानको लागि प्रत्येक २ घण्टामा ब्युँझाउनुपर्छ । सूर्यको प्रकाशले पनि सहयोग गर्छ । यदि वढी तातो भएमा शिशुको कपडाहरुलाई फुकाल्नुहोस्, आँखालाई छोप्नुहोस् र दिनको एक वा दुइ पटक ५ मिनेटसम्म घाममै राख्नुपर्छ (धेरैबेर घाममा राखेमा शिशुको छाला डढ्न सक्छ) ।

कहिलेकाहिं शिशुलाई गम्भिर प्रकृतिको जण्डिस हुन सक्छ, जुन खतरनाक हुन्छ । यस्तो संकेत देखिएमा सहयोग लिनुपर्छ ।

खतराका लक्षणहरु
  • जण्डिस जन्मिएको पहिलो २४ घण्टामा देखियो भने ।
  • जण्डिस पछि शुरु भएर पुरै शरिरमा भयो भने ।
  • जण्डिस भएको शिशु धेरै सुताहा हुन्छ वा खानको लागि ब्युँझाउन सकिंदैन ।

आँखाहरु

माथिको चित्राकंनः च्यापच्याप लाग्ने (goopy) आँखा

आँखाका साना छिद्रहरुबाट आँशु र आँखालाई भिजाउन वग्ने आवश्यक तेल बन्द हुँदा आँखा च्यापच्याप लाग्ने (goopy) हुन्छन् । आँखालाई तातो पानीमा भिजाइएको कपडाले सफा गर्नुहोस् । दुवै आँखाको लागि फरक फरक कपडाको प्रयोग गर्नुपर्छ । यसो गरेमा एउटा आँखामा भएको संक्रमण अर्को आँखामा सर्दैन ।

धेरै महिलाहरुमा क्लमेडिया वा धातुरोग हुन्छ, तर उनीहरुलाई संक्रमण भएको थाहा हुँदैन । जन्मनेवित्तिकै आखाँको एण्टिवायोटिक उपचार ले आमाबाट शिशुमा सरेको धातुरोगबाट हुने आँखाको समस्याको रोकथाम गर्छ ।

शिशु ५ दिनको भएपछि रातो, सुन्निएको रगतयुक्त पिप भएको पलक (eye-lid) क्लमेडिया वा धातुरोगको संक्रमण जस्तै हो । क्लमेडियाको उपचारको लागि एरिथ्रोमाइसिन लाई धुलो पारेर थोरै आमाको दुधमा मिसाएर शिशुलाई खुवाउनुपर्छ । धातुरोगको उपचार भनेको ceftriaxone को सुई लगाउनु हो । यदि कुन रोगले गर्दा संक्रमण भएको हो भन्ने परिक्षण गर्न नसकेको खण्डमा दुवै रोगको औषधी दिनुपर्छ। आमा र वुवाको समेत क्लमेडिया र धातुरोगको उपचार गर्नुपर्छ । हेर्नुहोस् प्रजनन अंगका समस्याहरु र संक्रमण । यदि आँखाको संक्रमण १ वा २ दिनभित्र निको नभएमा अन्धोपन हुनबाट जोगाउन अर्को एण्टिवायोटिक चाहिन्छ । त्यसको लागि सहयोग लिनुहोस् ।

टाउकोको नरम भाग

टाउकोको माथि (तालुमा) भएको नरम भाग चौडा हुनुपर्छ । भित्र दवेको वा सुन्निएको नरम धब्बा दुवै खतरनाक समस्याका संकेतहरु हुन् ।

NWTND Newb Page 16-3.png
NWTND Newb Page 16-2.png
भित्र दवेको नरम भाग जलवियोजनको संकेत हो । आमाको दुध दिनुहोस् र पुनर्जलीय झोल दिनुहोस् । सुन्निएको नरम भाग मस्तिष्कज्वरको संकेत हो । एण्टिवायोटिक्स दिनुहोस् ।

नाल

नाललाई काटिसकेपछि ठुटोलाई खुल्लै छोड्नुहोस् । त्यसलाई नछुनुहोस्, तर छुनै परेमा पहिले हातलाई साबुन पानीले धुनुपर्छ । यदि नालको ठूटो वा नाइटो फोहर भएमा वा सुकेको रगत जमेमा सावुन पानी र सफा कपडाले सफा गर्नुहोस् ।

NWTND Newb Page 17-1.png
शिशुको नाललाई अनावश्यक नछुनुहोस् र तपाईंले संक्रमणलाई समेत रोक्न सक्नुहुन्छ ।

नालको ठूटो करिव एक हप्तामा झरेर जान्छ ।

यदि नालको वरपर रातो वा तातो भएमा, गन्हाएमा वा पिप वगेमा संक्रमण हुन्छ । यसलाई राम्रोसँग सफा गर्नुहोस् र शिशुलाई एमोक्सिसिलिन दिनुपर्छ ।

यदि शिशुको अनुहार वटारिएको÷विग्रिएको छ, स्तनपान गर्न सकिरहेको छैन, विशेषगरी यदि नालको परिपरिको क्षेत्र संक्रमित छ भने उसलाई धनुष्टकांर (टिटानस) हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त अस्पताल लगिहाल्नुपर्छ । आजकल नेपालमा यस्तो अवस्था प्रायः देखिदैन ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९