Hesperian Health Guides

थ्रसको लागि (क्यान्डिडा, काई वा ढुसीको संक्रमण)

मधुमेहका औषधीहरु

जेन्सन भ्वाइलेट (Gentian violet), GV, crystal violet, methylrosanilinium chloride


जेन्सन भ्वाइलेट मुख, स्तनपान गराइरहेकी आमाको स्तनको मुन्टा, छाला दोब्रिने ठाउँ, वा योनीको वाहिरी भाग वा योनीमा काई वा ढुसीको संक्रमणको लागि कम खर्चिलो उपचार हो । यसले ब्याक्टेरीयाबाट हुने केही छालाका संक्रमणहरुको लागि समेत काम गर्छ ।

Green-effects.png नराम्रा असरहरू
मुख वा योनीमा प्रयोग गर्दा जेन्सन भ्वाइलेटले छालामा जलन उत्पन्न गर्न र फोका उठाउन सक्छ । फोका वा खटिरा आएमा प्रयोग गर्न छोड्नुपर्छ ।

NBgrnimportant.png महत्पपूर्ण
जेन्सन भ्वाइलेटले छालालाई बैजनी रङ दिन्छ । तर कपडामा भने स्थायी दाग बनाउँछ ।

NBgrneyedrop.png कसरी प्रयोग गर्ने

NWTND bag arrow.png
०.५ प्रतिशत methylrosanilinium chloride (जेन्सन भ्वाइलेट) को घोल प्रयोग गर्नुहोस् । दिनको २ वा ३ पटक यसलाई छाला, मुख वा योनीको वाहिरी भागमा दल्नुहोस् ।
केही दिनहरुमा संक्रमण निको हुन नथालेमा अर्को औषधीको प्रयोग गर्नुपर्छ ।

Nystatin


Nystatin ले मुख, स्तनको टुप्पो वा छाला, वा योनीमा हुने सबै प्रकारको काई वा ढुसीको संक्रमणका लागि राम्रोसँग काम गर्छ । मुखमा लगाउनको लागि यो तरल रुपमा, पानीमा मिसाउने पाउडरको रुपमा वा गुलियो औषधीको रुपमा आउँछ । छालाको लागि क्रिम, मलम वा पाउडरको रुपमा आउँछ । योनीमा हुने काई वा ढूसीको संक्रमणको लागि nystatin योनीभित्र जाने ट्याब्लेट वा क्रिमको रुपमा हुन्छ ।

Green-effects.png नराम्रा असरहरू
Nystatin प्रयोग गरिएको ठाउँमा छालामा पोल्छ । यस्तो प्रायः हुँदैन । फोका आएमा प्रयोग गर्न छोड्नुहोस् । यसले कहिलेकाहिं झाडापखाला गराउँदछ ।

NBgrnimportant.png महत्पपूर्ण
Nystatin बाट निको नहुने वा फेरी फेरी पनि आउने काई वा ढुसीको संक्रमण एच. आई. भि. को संकेत हुनसक्छ ।

NBgrneyedrop.png कसरी प्रयोग गर्ने

तरल nystatin १००,००० एकाई प्रति मि. लि. मा हुन्छ । धेरैजसो मानिसहरुले प्रत्येक डोजमा १ मि. लि. (१००,००० एकाई) देखि २ मि. लि. (२००,००० एकाई) को प्रयोग गर्नुपर्दछ । तर एच. आई. भि. भएका मानिसहरुलाई प्रत्येक डोजमा ५ मि. लि. (५००,००० एकाई) चाहिन सक्छ ।
मुखमा थ्रस भएका शिशुको लागि
दिनको ४ पटक तरलको २ मि. लि. (१/२ चियाचम्चा भन्दा कम, २००,००० एकाई) दिनुहोस् । मुखभित्र nystatin दल्न सानो सफा कपडा वा ड्रपरको प्रयोग गर्नुहोस् । काई वा ढूसीको संक्रमण हराएको २ दिन पछिसम्म पनि औषधी दिनुपर्छ । अन्यथा यो फेरी आउन सक्छ ।
स्तनको मुन्टामा काई वा ढूसीको संक्रमण (चिलाउने, रातो हुने वा दुख्ने) भएकी स्तनपान गराउने आमाका लागि
दिनको ४ पटक स्तनको टुप्पोमा १ देखि २ मि. लि. (१००,००० देखि २००,००० एकाई) nystatin क्रिम, पाउडर वा झोल लगाउनुहोस् ।

शिशुको चाक वा प्रजनन अंगहरुमा ढुसीको संक्रमणबाट भएका फोकाहरुका लागि
शिशुको डायपर फेरेपछि संक्रमित भएको शरिरको चाक वा प्रजनन अंगहरुमा दिनको ३–४ पटक nystatin क्रिम लगाउनुहोस् । क्रिम लगाउनुपूर्व त्यो क्षेत्र सफा र सुख्खा हुनुपर्छ । काई वा ढूसीको संक्रमण हराएको ३ दिन पछिसम्म पनि क्रिम लगाउनुपर्छ । अन्यथा यो फेरी आउन सक्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४