Hesperian Health Guides

नवजात शिशुहरु र स्तनपान सम्वन्धि: औषधीहरु

मधुमेहका औषधीहरु

एण्टिबायोटिक्सले संक्रमण ठीक पार्छन्

एम्पिसिलिन (Ampicillin) र एमोक्सिसिलिन (Amoxicillin)


एम्पिसिलिन र एमोक्सिसिलिन ब्रोड स्पेक्ट्रम पेनिसिलिनहरु हुन् जसले धेरै प्रकारका ब्याक्टेरिया मार्दछन् । यस पुस्तकमा एम्पिसिलिनका लागि गरिएको सिफारिस देखिएमा त्यसको सट्टामा सहि मात्रामा एमोक्सिसिलिन पनि प्रयोग गर्न सकिन्छ (तल हेर्नुहोस्) ।

एम्पिसिलिन र एमोक्सिसिलिन विशेष गरी शिशु र साना वालवालीकाहरुका लागि धेरै सुरक्षित छन् । ति दुवै निमोनिया र कानको संक्रमणको उपचार गर्न प्रयोग गरिन्छन् । एम्पिसिलिन मस्तिष्कज्वर र नवजात शिशुमा देखिने अन्य गम्भिर संक्रमणहरुको उपचारमा समेत उपयोगी छ

Green-effects.png नराम्रा असरहरू
यि दुवै औषधीहरु र विशेष गरी एम्पिसिलिनले वाकवाकी लाग्ने र झाडापखाला गराउँछ । यदि यसको वदलामा अर्को एण्टिवायोटिक दिन सकिन्छ भने झाडापखाला पहिले नै भएका वालबच्चाहरुलाई नदिनुहोस् ।

अर्को धेरै हुने प्रतिकुल प्रभाव भनेको विविरा वा फोका आउनु हो । ती सम्भवतः पेनिसिलिनको एलर्जिका लक्षणहरु हुन् । तुरुन्तै औषधी दिन रोक्नुहोस् र बच्चालाई पेनिसिलिन औषधी फेरी नदिनुहोस् । भविश्यमा हुने एलर्जिका प्रभावहरु झनै गम्भिर र ज्यान नै जान सक्ने खालका हुन सक्छन् । केही समस्याहरुमा एरिथ्रोमाइसिन पनि सट्टामा प्रयोग गर्न सकिन्छ । चौडा फोका जुन सामान्यतया औषधी शुरु गरेपछि एक हप्ता देखिन्छ र केही दिनमै हराएर जान्छ भने यो एलर्जी नहुन सक्छ । तर फोका एलर्जीबाट हो वा होइन भन्ने निश्चित हुन सम्भव नभएकोले सामान्यतया औषधी लिन छोड्नु राम्रो हुन्छ ।

NBgrnimportant.png महत्पपूर्ण
यि औषधीहरुसँगको प्रतिरोध शक्ति सामान्यतया वढीरहेको छ । तपाईं कहाँ बसिरहनुभएको छ भन्ने आधारमा तिनीहरुले अव staphylococcus, shigella, वा अन्य संक्रमणहरुका विरुद्ध काम नगर्न सक्छन् ।

NBgrninjectpill.png कसरी प्रयोग गर्ने
शिशुको लागि यि औषधीहरु झोलमा पाइन्छन् । स्वास्थ्यकर्मीको परामर्शमा मात्र खुवाउनुपर्छ । धेरै कडा संक्रमण भएमा यि औषधीहरु सुईबाट दिइन्छन् । तर यो अस्पताल वा स्वास्थ्य चौकीमा मात्र प्रयोग गर्नुपर्छ ।

एम्पिसिलिन र एमोक्सिसिलिन मुखबाट लिइएको खण्डमा राम्रोसँग काम गर्छन् । ट्याब्लेट वा क्याप्सुलहरु शिशुलाई दिनको लागि औषधीका गोलीलाई धुलो पार्नुहोस् वा क्याप्सुललाई खाली पार्नुहोस् र धुलोलाई तपाईंलाई चाहिएजति मात्राको लागि भाग लगाउनुहोस् । त्यसपछि यसलाई थोरै आमाको दुधमा मिसाउनुहोस् । औषधी मिसाइएको दुधलाई कप वा चम्चाको सहायताले शिशुलाई खुवाउनुहोस् । एम्पिसिलिनलाई सुईबाट समेत दिन सकिन्छ । तर मस्तिष्कज्वर जस्तो गम्भिर प्रकृतिको विराम वा शिशुले वान्ता गरिरहेको भएमा वा निल्न नसकिरहेको खण्डमा भने यसको सुई मात्रै लगाउनुपर्छ ।

अरु एण्टिवायोटिक्स जस्तै यि औषधीहरुलाई यहाँ देखाइएको दिनहरुमध्ये कम्तिमा पनि ५ दिनका लागि दिनुहोस् । यदि शिशुलाई अझै पनि संक्रमणका लक्षणहरु छन् भने उसलाई प्रत्येक दिन समान मात्रा लिन जारी राख्न दिनुहोस्, कम्तीमा २४ घण्टाको लागि संक्रमणका सबै संकेतहरु हराउन्जेलसम्म । यदि शिशुलाई औषधी वढी दिनका लागि दिइएको छ र अझै पनि विराम निको नभएमा एण्टिवायोटिक दिन छोड्नुहोस् र चिकित्सकको सहयोग लिनुहोस् । एच. आई. भि. भएकाहरुलाई सदैव यहाँ सुचिकृत गरिएका मध्ये वढी दिनहरुका लागि औषधी दिनुहोस् ।

त्यसैगरी लिइनुपर्ने एण्टिवायोटिकको मात्रा ब्यक्तिको उमेर वा तौल र संक्रमणको गम्भिरतामा निर्भर रहन्छ । साधारणतया पातला र कम गम्भिर संक्रमण भएकालाई सानो मात्रा दिनुपर्दछ भने ठूलो मात्रा चाहिं तौल वढी भएका (मोटा) वा वढी गम्भिर संक्रमण भएकालाई दिनुपर्दछ ।

एमोक्सिसिलिन
नवजातहरुको धेरैजसो संक्रमणका लागि
NWTND bag arrow.png
३ देखि ७ दिनसम्म, दिनको ३ पटक ६२ मि. ग्रा. दिनुहोस् । प्रत्येक डोज (मात्रा) यसप्रकार हुन्छः
२५० मि. ग्रा. क्याप्सुलको १/४ भाग वा
१२५ मि. ग्रा./५ मि. लि. झोल औषधीको १/२ चियाचम्चा (२.५ मि. लि.) वा
२५० मि. ग्रा./५ मि. लि. झोल औषधीको १/४ चियाचम्चा (१.२५ मि. लि.) ।


एम्पिसिलिन
नवजातहरुको धेरैजसो संक्रमणका लागि
NWTND bag arrow.png
३ देखि ७ दिनसम्म, दिनको ३ पटक १२५ मि. ग्रा. दिनुहोस् । प्रत्येक डोज यसप्रकार (मात्रा) हुन्छः
२५० मि. ग्रा. क्याप्सुलको १/२ भाग वा
१२५ मि. ग्रा./५ मि. लि. झोल औषधीको १ चियाचम्चा (५ मि. लि.) ।

नवजातहरुमा मस्तिष्कज्वरजस्ता गम्भिर संक्रमणको लागि
तिघ्राको मांशपेशिको छेउबाट एम्पिसिलिन र जेन्टामाइसिनको समिश्रणको सुई लगाउनुपर्छ । कसरी सुई लगाउने भनी हेर्नुहोस् औषधीहरु, परिक्षणहरु र उपचार (तयारीको क्रममा)

५०० मि. ग्रा. एम्पिसिलिनको भायललाई २.१ मि. लि. जिवाणुरहित पानीमा घोल्नुहोस् । यसले ५०० मि. ग्रा./२.५ मि. लि. घोलको गाढापन बनाउँछ ।

जेन्टामाइसिनको विशुद्ध २ मि. लि. भायल ४० मि. ग्रा. प्रति मि. लि. को गाढापनमा प्रयोग गर्नुहोस् ।

NBgrnimportant.png महत्पपूर्ण
जेन्टामाइसिन भनेको aminoglycoside परिवारको अत्यन्त कडा एण्टीवायोटिक हो । यो सुईबाट वा रक्तवाहिनी नशाबाट मात्र दिन सकिन्छ । यो औषधीले मृगौला र सुन्ने शक्तिलाई असर पुर्याउन सक्छ । त्यसकारण यो जथाभावी प्रयोग गर्नुहुँदैन । यदि शिशुलाई जलवियोजन भएमा, आमाको दुध र पुनर्जलीय झोल समेत तुरुन्त दिनुहोस् ।

१ हप्ताभन्दा कम उमेरको शिशुका लागि
NWTND bag arrow.png
एम्पिसिलिनः कम्तिमा ५ दिनसम्म दिनको २ पटक ५० मि. ग्रा. प्रति के. जी. को सुई लगाउनुहोस् ।
जेन्टामाइसिनः कम्तिमा ५ दिनसम्म दिनको ।
१० दिन भन्दा वढीका लागि नलगाउनुहोस् ।
१ हप्ता देखि १ महिना उमेरसम्मको शिशुका लागि
NWTND bag arrow.png
एम्पिसिलिनः कम्तिमा ५ दिनसम्म दिनको ३ पटक ५० मि. ग्रा. प्रति के. जी. को सुई लगाउनुहोस्,
जेन्टामाइसिनः कम्तिमा ५ दिनसम्म दिनको १ पटक ७.५ मि. ग्रा. प्रति के. जी. को सुई लगाउनुहोस् ।
१० दिन भन्दा वढीका लागि नलगाउनुहोस् ।

एरिथ्रोमाइसिन (Erythromycin)


पेनिसिलिनसँग एलर्जि भएकालाई एरिथ्रोमाइसिन प्रयोग गरिन्छ । धेरैजसो संक्रमणहरुका लागि यसलाई टेट्रासाइक्लिन (tetracycline) को ठाउँमा समेत प्रयोग गर्न सकिन्छ । यसलाई भ्यागुते रोग र लहरे खोकीको लागि समेत प्रयोग गर्न सकिन्छ ।

Green-effects.png नराम्रा असरहरू
एरिथ्रोमाइसिनले विशेषगरी वालबच्चाहरुमा वान्ता हुने र झाडापखाला हुने गराउँदछ । यसले जण्डिस गराउन सक्ने भएकोले २ हप्ताभन्दा वढी प्रयोग नगर्नुहोस् ।

NBgrnpillspoon.png कसरी प्रयोग गर्ने

१ महिनासम्मको उमेर भएका नवजातहरुको लागि
NWTND bag arrow.png
एक दिनमा ३ डोजहरुमा बाँडेर प्रत्येक दिन ३० देखि ५० मि. ग्रा. प्रति के. जी. दिनुहोस् । १० देखि १४ दिनका लागि दिनुहोस् ।
करिब ३ के. जी. को औषत तौल भएको नवजातको लागि प्रत्येक डोज यस प्रकार हुनुपर्नेछः
२५० मि. ग्रा./५ मि. लि. एरिथ्रोमाइसिन झोल औषधीको ०.७५ मि. लि. (यो १/८ चियाचम्चा भन्दा अलिकति वढी हो), वा
६२ मि. ग्रा. (२५० मि. ग्रा. ट्याब्लेटको १/४ भाग) लाई थोरै आमाको दुध वा पानीमा घोल्नुहोस् ।
स्तनमा संक्रमण (mastitis) भएकी स्तनपान गराउने आमाका लागि
NWTND bag arrow.png
१० दिनसम्म दिनको ४ पटक २५० देखि ५०० मि. ग्रा. (२५० मि. ग्रा. को १ वा २ ट्याब्लेट) दिनुहोस् ।

Ceftriaxone


Ceftriaxone औषधी cephalosporin एण्टिवायोटिक परिवारमा पर्दछ । Cephalosporin धेरै किसिमका ब्याक्टेरीया विरुद्ध काम गर्ने एण्टिवायोटिक्स हुन् । तिनिहरु प्रायजसो महंगो हुन्छन् र सबैतिर पाईंदैनन् । त्यसो भएतापनि सामान्यतयाः अन्य धेरै एण्टिवायोटिक्स भन्दा तिनका जोखिम र प्रतिकुल प्रभावहरु कम छन् र केही गम्भिर रोगहरु (रक्तविकार, मस्तिष्कज्वर र पेनिसिलिनका लागि प्रतिरोध शक्ति भइसकेका संक्रमण समेत) को उपचारका लागि उपयोगी छन् ।

Ceftriaxone विशेषगरी धातुरोग र त्यसैगरी नवजातहरुको धातुरोगबाट हुने आँखाको संक्रमणलाई समेत उपयोगी छ । तर अन्यथा १ हप्तामुनीको नवजातलाई दिइनुहुँदैन र १ महिनाभन्दा कम उमेरको शिशुलाई यसबाट टाढै राख्नुपर्छ ।

NBgrnimportant.png महत्पपूर्ण
१ हप्ताभन्दा कम उमेरको शिशुलाई ceftriaxone दिनुहुँदैन । समय नपुग्दै जन्मेका वा विशेषगरी साना शिशुलाई समेत यसबाट टाढै राख्नुपर्छ । जण्डिस भएमा समेत यो दिनुहुँदैन ।

NBgrninject.png कसरी प्रयोग गर्ने
Ceftriaxoneलाई सुईबाट तिघ्राको माशंपेशी वा रक्तवाहिनी नशाबाट मात्र दिन सकिन्छ । सुई लगाउँदा दुख्छ । यदि छ भने १ प्रतिशत lidocaine सँग मिसाउनुहोस् ।

७ दिन वा त्यसभन्दा वढी उमेर भएका नवजातमा धातुरोगबाट आँखाको संक्रमण भएमा
NWTND bag arrow.png
५० मि. ग्रा. प्रति के. जी. को सुई लगाउनुहोस्, १ पटक मात्रै । १२५ मि. ग्रा. भन्दा वढी दिनुहुँदैन ।
अन्य एण्टीवायोटिक्स उपलब्ध नभएको अवस्थामा ७ दिनभन्दा वढी उमेरको शिशु वा बच्चामा हुने गम्भिर संक्रमणको लागि
NWTND bag arrow.png
७ देखि १० दिनसम्म दिनको एकपटक ७५ मि. ग्रा. प्रति के. जी. को सुई लगाउनुहोस् । त्यसैलेः
३ के. जी. को नवजातको लागि, दिनको १ पटक २२५ मि. ग्रा. को सुई लगाउनुहोस् ।
६ के. जी. तौल भएको ठूलो शिशुको लागि, दिनको १ पटक ४५० मि. ग्रा. को सुई लगाउनुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४