Hesperian Health Guides

जन्मेपछिको तुरुन्तै के गर्नुपर्छ

यस परिच्छेदमाः

जन्मेपछिको करिव एक वा दुई घण्टापछि शिशुले स्तनपान गर्नुपर्दछ र आमाको रक्तश्राव भइरहेको छकी छैन भनेर विचार गर्नुपर्छ । शिशुलाई टाउको देखि गोडाको औंलासम्म सावधानीपूर्वक परिक्षण गर्नुहोस् । शिशुलाई परिक्षण गर्दा न्यानो राख्नुपर्छ ।

नवजातहरुका लागि औषधी

यदि आमामा धातुरोग वा क्लमेडिया (प्रजनन अंगहरुसँग सम्वन्धित संक्रमणहरु) भएमा शिशुमा गम्भिर आँखाका समस्याहरु हुन सक्छन् । महिलालाई प्रजनन अंगहरुको संक्रमण हुने र त्यसबारेमा थाहा नै नहुन पनि सक्छ । धातुरोग वा क्लमेडियालाई शिशुको आँखामा नसरोस् भनेर महिला र पुरुष दुवैले यौनरोगको परिक्षण र उपचार गर्नुपर्दछ । संक्रमणका लक्षणहरु र तिनको उपचारबारे जान्नका लागि हेर्नुहोस् प्रजनन अंग सम्वन्धि समस्याहरु र संक्रमणहरु । धातुरोगबाट आँखाको संक्रमणको रोकथामको लागि जन्मेको एक घण्टा वा दुई घण्टाभित्र शिशुको दुवै आँखामा थोरै tएरिथ्रोमाइसिन वा tटेट्रासाइक्लिन मलम लगाउनुहोस् ।


हेपाटाइटिस बि वा कलेजोको क्यान्सर धेरै भएका ठाउँमा हेपाटाइटिस बि को खोप शिशुलाई जन्मेपछिको पहिलो दिनमै दिइनुपर्छ । यसले हेपाटाइटिस बि को संक्रमण आमाबाट शिशुमा सर्नलाई रोक्दछ । महिलालाई हेपाटाइटिस बि भएर पनि त्यसको बारेमा थाहा नहुन सक्छ ।


आमालाई एच आइ भि. भएमा शिशुलाई एच आई भि. को औषधीहरु चाहिन्छएच. आइ. भि. र एड्स (तयारीको क्रममा) पनि हेर्नुहोस् ।

शिशुको परिक्षण गर्नुहोस्

NWTND Newb Page 6-1.png
  • शिशु स्वस्थ छ ?
  • शिशुका प्रजनन अंगहरु स्वस्थ छन् ? (पहिलो दिनमा सुन्निनु सामान्य हो तर ध्यान दिनुपर्छ) ।
  • शिशुले पिसाब फेर्यो ? पहिलो दिनमा शिशुले पिसाव नफेर्न सक्दछ । तर दोस्रो दिनमा पिसाव फेरेन भने वा पिसाव गाढा रङको र कडा गन्ध भएको छ भने उनलाई वढी स्तनपान गराउनुपर्दछ ।
  • शिशुले दिशा गरेको छ ? यदि नगरेको भएमा पन्जा लगाउनुहोस् र विस्तारै तपाईंको कान्छी औंला मलद्वार भित्र हाल्नुहोस् ताकि यो बन्द छैन भन्ने थाहा होस् । यदि त्यहाँ प्वाल छैन भने उनलाई शल्यक्रियाको आवश्यकता पर्छ ।


शिशुको राम्रोसँग जाँच गर्नुपर्छ ।

केही भिन्नताहरु महत्वपूर्ण हुँदैनन्, तर केही भने घातक समस्याका संकेत हुन सक्दछन् । यदि शिशुमा एउटा भिन्नता देखिएमा त्यहाँ अरु पनि हुन सक्दछन् भन्ने कुरामा सचेत रहनुहोस् । कहिंलेकाहिं तिनिहरु शरिरको भित्रि भागमा समेत हुन सक्दछन् । त्यस्ता शिशुहरुको श्वासप्रश्वास, रङ र पिसाव सामान्य भए नभएको कुरा नजिकबाट नियाल्नुहोस् ।

टाउकोको आकृति र नाप

illustration of the above: a baby's swollen head.

टाउकोको आकार गोलो वा लाम्चो हुन सक्छ । विशेष गरी लामो प्रसव व्यथा पश्चात शिशुको टाउको चित्रमा देखाएजस्तो चुच्चो भएको वा धेरै सुन्निएको हुन सक्दछ । केही दिनमै सुन्निएको हराएर जान्छ ।

NWTND Newb Page 7-3.png
हेमाटोमा

केही शिशुहरुमा टाउको मुनी रक्तश्राव (हेमाटोमा) हुन्छ । यसलाई थिच्दाखेरी नरम महशुस हुन्छ । तर यो खतरनाक हुँदैन र हराएर जान महिनौ वा अझै लामो समय लाग्छ ।

समय नपुग्दै जन्मेका केही शिशुहरुको सानो टाउको हुन्छ र शिशु वढेसँगै सामान्य तवरले विकसित हुँदै जान्छ । यदि शिशुको टाउको ज्यादै सानो छ भन्ने लागेमा स्वास्थ्य कार्यकर्तासँग राय लिनुहोस् ।

खुँडे ओठ र तालु

खुँडे ओठ भएको एक शिशु ।

शिशुको ओठमा काटिएको (खुँडे ओठ) सजिलै देखिन्छ । मुख भित्रको माथिल्लो भागमा चिरा परेको (खुँडे तालु) सधैं देखिदैंन । शिशुको मुखभित्र सफा औंलाको मद्दतले माथिल्लो भाग वन्द भए नभएको महशुस गर्नुहोस् । खुँडे ओठ र तालु भएको शिशुले स्तनपान राम्रोसँग गर्न सक्दैन

स्तनपानको लागि खुँडे ओठलाई औंलाले छोप्ने कोशिस गर्नुहोस् ताकि स्तनको वरपर मुखले पुरै छोप्न सकोस् । खुँडे तालुको लागि स्तनको टुप्पो (निप्पल) र यसको वरपरको कालो भाग (आयरिल) लाई शिशुको मुखको धेरै भित्र र काटिएको (खुँडो) भागको एकापट्टि राख्नुहोस् । यदि शिशुलाई अझै पनि समस्या छ भने सफा चम्चा वा ड्रपरको सहायताले उसलाई स्तनपान गराउन सजिलो हुने गरी विकसित नहुन्जेल आमाको दुध दिनुहोस् । उसलाई धेरैपटक खुवानुहोस् ताकि उ राम्रो अवस्थामा रहिरहोस् । थप सामग्रीका लागि चम्चाले दुध खुवाउनको लागि हातले दुध कसरी निकाल्ने

नेपालमा आजकल खुँडे शिशुको सित्तैमा उपचार गरिन्छ । यसको उपचार गरेपछि शिशु पूर्ण स्वस्थ हुन्छ । नेपालमा विभिन्न मेडिकल कलेजहरुमा यसको शल्यक्रिया गरिन्छ ।

तलको चित्राकंनः विस्थापित नितम्वको परिक्षण ।

विस्थापित नितम्व, फुस्किएको नितम्ब, तन्तुहरुको असामान्य बृद्धि

केही बालबच्चाहरु विस्थापित नितम्व (hip) भएका जन्मिन्छन् । नितब्वको हड्डिमा खुट्टा आफ्नो जोर्नीबाट फुस्किएको हुन्छ । प्रायजसो केहि दिन वा हप्तामा यो आफैं निको हुन्छ ।

खुट्टालाई घुम्च्याउनुहोस् जसले गर्दा तपाईं तिघ्रा र तल्लो खुट्टालाई थाम्न सक्नुहुन्छ । तपाईंको औंलाको टुप्पोहरु शिशुको नितम्वमा राख्नुहोस् । त्यसपछि एकपटकमा एउटा खुट्टालाई सानो वृत्तमा घुमाउनुहोस् (वाहिर, वरिपरि, तल र फेरी माथि) । यदि एउटा खुट्टा त्यसलाई फट्याउँदाखेरी चाँडै रोकिन्छ, वटारिन्छ भने त्यो विस्थापित भएको हुन सक्दछ ।

शिशुलाई उसको खुट्टा फट्ट्याउने गरी पछ्यौरा जस्तो स्लिङमा बोकिरहेकी एक महिला ।
आमालाई आफ्नो शिशुका खुट्टाहरु यहाँ देखाइएजस्तै खुला हुने गरी पिठ्युँमा बोक्न भन्नुहोस् । दोस्रो सातामा फेरी शिशुलाई परिक्षण गर्नुहोस् । यदि तपाईं वटारिएको वा टकराएको अझै महशुस गर्नुहुन्छ वा सुन्नुहुन्छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।


खुट्टाको तल्लो भाग भित्रपट्टि फर्केको एक शिशु
खुट्टामा प्लाष्टर गरिएको एक शिशु ।

वाङ्गो खुट्टा

यदि नवजात शिशुको खुट्टाको तल्लो भाग (foot) भित्रपट्टि फर्केको छ वा नराम्रो आकारको छ भने यसलाई सहि स्थानमा मोड्ने कोशिस गर्नुहोस् । यदि तपाईं यो सजिलै गर्न सक्नुहुन्छ भने यसलाई प्रत्येक दिन धेरै पटक दोहर्याउनुहोस् । खुट्टाहरु विस्तारै सामान्य हुनेछन् । यदि तपाईं शिशुको खुट्टालाई सामान्य अवस्थातिर सजिलै बङ्ग्याउन सक्नुहुन्न भने उसलाई जन्मेको केहि दिन भित्रै स्वास्थ्य केन्द्रमा लैजानुहोस् । उसको खुट्टालाई प्लाष्टरको सहायताले सिधा पार्नुपर्ने हुनसक्छ । यदि शुरुमै यो गरिएमा प्लाष्टरले गर्दा पछि शल्यक्रिया गर्नबाट वा अपाङ्गता हुनबाट जोगाउँछ । यसको उपचार ठूला अस्पतालमा शल्यक्रियाद्वारा गर्नुपर्छ ।

हातखुट्टाका अतिरिक्त औंलाहरु

तलको चित्राकंनः परिपरि पातलो डोरी कसिएको एउटा सानो अतिरिक्त औंला ।

भित्र हाड नभएको हातखुट्टाको अतिरिक्त औंलालाई त्यसको वरपर पातलो डोरीले कसिने गरी बाँधेर हटाउन सकिन्छ । यो सुकेर आफैं खस्छ । यदि औंला ठूलो छ वा हाड भएको छ भने यसले हानी गर्दैन ।

खुट्टाको औंलाको बिचमा यसरी नै थोरै मात्र खालि भएमा कुनै समस्या हुँदैन ।
NWTND Newb Page 8-5.png

दुईवटा वा वढी र्औंलाहरु सँगसँगै जोडिएका छन् भने राम्रोसँग काम गर्न तिनलाई शल्यक्रिया चाहिन्छ ।

मानसिक कमजोरी (डाउन सिण्ड्रोम)

यस्तो शिशुको सोच्ने र सिक्ने क्षमता कम हुन्छ । डाउन सिण्ड्रोम मानसिक सुस्तीको प्रमुख कारक हो । डाउन सिण्ड्रोम भएका शिशुहरुलाई यि लक्षणहरु केहि वा सबै देखिन्छन्ः

NWTND Newb Page 9-1.png
माथिपट्टि फर्किएका आँखा
चौडा अनुहार
हत्केलामा एउटा मात्र रेखा
माथि छाला घुम्रिएको सानो कान
माशंपेशिको तन्क्याई र खुम्च्याई (muscle tone) मा कमी


NWTND Newb Page 9-2.png
खुट्टाको पहिलो र दोस्रो औंलाको बिचमा चौडा ठाउँ
आफ्नो पाखुरामाथि केटीलाई बोकेर बैसाखीहरु प्रयोग गरिरहेको एक केटो; केटीले संकेत चिन्ह बोकिरहेकी छिन् ।
प्रत्येक वालवालिकामा भएको क्षमतालाई हेर्नुहोस् ।

डाउन सिन्ड्रोमको कारण थाहा हुँदैन । यदि महिला गर्भवती हुँदा ३५ वर्षभन्दा वढी उमेरकी छिन् भने उनको शिशुलाई यस्तो हुने वढी सम्भावना हुन्छ । यस्ता शिशुहरुलाई अन्य शिशुहरुलाई गरिएजस्तै समान स्नेह र सावधानी चाहिन्छ, र साथै केही साधारण क्रियाकलापहरुले तिनलाई सिक्न सघाउँछ । थप जानकारीका लागि हेर्नुहोस् हेस्पेरिएनको किताब अपागंता भएका ग्रामिण वालवालिकाहरु अर्थात Disabled Village Children,परिच्छेद ३२ मा ।

शारिरिक असक्षमता भएका वालवालीकाको हेरचाह

शारिरिक असक्षमता भएका बालबच्चालाई स्वास्थ्य कार्यकर्ताको सहयोग लिई परिवारले घरमै उपचार गर्न सक्दछन् । यस्तो बच्चालाई माया र स्नेह दिई धैर्यतापूर्वक उपचार गर्नुपर्छ ।


आमाको हेरविचार गरेमा शिशुको पनि संरक्षण हुन्छ ।


गम्भिर जन्मजात खोटहरु

केही जन्मजात खोटहरुले शिशुको ज्यान नै जान्छ । यसले परिवार र समूदायलाई दुःखी बनाउँछ । स्वास्थ्य कार्यकर्ताको रुपमा तपाईंले उनीहरुको दुखःमा सहानुभूती र ढाडस दिनुपर्छ ।

NWTND Newb Page 10-1.png

शिशुको सरसफाई एवं लुगाy

NWTND Newb Page 11-1.png
शिशुलाई न्यानो पारेर राख्नुपर्छ । तर मोटा मोटा सिरकले गुम्स्याउनुहुँदैन ।

पहिलो एक वा दुई हप्तासम्म शिशुको टाउकोलाई ढाक्नुहोस् किनभने धेरै ताप टाउकोबाट जान्छ । कपडा वा डायपर भिज्ने बित्तिकै वा दिसापिसापबाट फोहर हुने बित्तिकै अर्को फेर्नुपर्छ । यदि डायपर मुन्तिर छाला रातो भएमा वा फोका देखिएमा शिशुलाई त्यो ठाउँमा तेल लगाएर घाममा राखिदिनुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९