Hesperian Health Guides

एण्टिवायोटिकबाट आँखाको उपचार

मधुमेहका औषधीहरु

आँखामा प्रयोग गरिने एण्टिवायोटिक मलम र थोपाहरु शिशु जन्मदा आमालाई धातुरोग भएमा नवजात शिशुहरुको आँखालाई हुन सक्ने गम्भिर संक्रमण र अन्धोपन हुनबाट जोगाउन प्रयोग गरिन्छन् । तिनीहरु व्याक्टेरीयाबाट हुने अन्य आँखाको संक्रमणहरुको लागि पनि प्रयोग गरिन्छन् ।

NBgrneyedropoint.png कसरी प्रयोग गर्ने
धातुरोगबाट संक्रमण रोक्न प्रत्येक नवजात शिशुको दुवै आँखामा दिइएका मध्ये एक एण्टिवायोटिक मलम लगाउनुहोस्ः

१ प्रतिशत tetracycline वा ०.५ प्रतिशत देखि १ प्रतिशत एरिथ्रोमाइसिन मलम । जन्मेपछिको २ घण्टाभित्र एक पटक मात्र दुवै आँखामा मलम लगाउनुहोस् ।

NWTND bag arrow.png
सुस्तरी तल्लो पलकलाई तलपट्टि फर्काएर मलमको पातलो रेखा हुने गरी थिचेर आँखाको भित्रि कुनाबाट बाहिरपट्टि हुने गरी लगाउनुहोस् । ट्युवको टुप्पो शिशुको आँखामा छुन भने दिनुहुँदैन ।


मलम नभएमा संक्रमणको रोकथामका लागि दिइएका थोपा औषधीमध्ये एकको प्रयोग गर्नुहोस्ः

२.५ प्रतिशत povidone-iodine को झोल वा १ प्रतिशत silver nitrate को झोल

NWTND bag arrow.png
जन्मेको २ घण्टापछि एक पटक मात्र दुवै आँखामा १ थोपा राख्नुहो्स् । तल्लो पलकलाई तलपट्टि फर्काएर आँखाभित्र १ थोपा चुहाउनुहोस् । ड्रपरलाई आँखामा छुन भने नदिनुहोस् ।
पुरानो silver nitrate को प्रयोग नगर्नुहोस् । यसले शिशुको आँखालाई डढाउन सक्छ । यदि शंका लागेमा पूर्ण रुपमा silver nitrate को प्रयोगलाई नै हटाउनु राम्रो हुन्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४