Hesperian Health Guides

के कारणले दोस्रो प्रकारको मधुमेह (टाइप टु डायविटिज) हुन्छ ?

यस परिच्छेदमाः

अस्वस्थकर वातावरण पनि सबैजसो दोस्रो प्रकारको मधुमेहको प्रमुख कारण हो । प्रायः मानिसहरु धेरै प्रशोधित खानेकुराहरु खान्छन् र जिवन पद्धतिमा आएको अस्वस्थकर परिवर्तनका कारणले मधुमेह हुन सक्छ । मधुमेहका निम्न कारणहरु छन् ।

स्टोरबाट खानेकुरा किनिरहेको एक बच्चा ।
आज मिठाई किन्नुभन्दा केरा वा आँप लिनुहोस् ।

अस्वस्थकर खानेकुराहरु

चिनीयुक्त चिसा पेय पदार्थहरु र प्रशोधित खानेकुराहरु एवं मैदाको धेरै प्रयोगले रगतमा चिनीको मात्रा वढ्न जान्छ र साथै शरिरमा थप वोसो जम्मा पनि हुन जान्छ । प्रशोधित र प्याक गरिएका खानेकुराहरु सजिलैसँग पाइन्छन् । तर यस्ता खानेकुराहरुले मधुमेह र अन्य गम्भिर स्वास्थ्य समस्याहरु निम्त्याउँदछन् ।

आफ्नो पिठ्युँमा “हाकीमको चर्को स्वर”, “नयाँ ठाउँ” लेबल गरिएका बाकसहरु बोकिरहेको एक मानिस
तनाव थुप्रिदैं जाँदा यसले स्वास्थ्यलाई असर गर्दछ ।

शारिरिक काम वा व्यायाम नगर्ने वानी

खेतिपाती गर्ने, हिंडडुल गर्ने, शारिरिक क्रियाकलाप वा खेलमा संलग्न मानिसहरुको रगतमा चिनीको स्तर सामान्य रहन्छ । तर दिनभरको धेरैजसो समय निष्क्रिय रुपमा रहने मानिसहरुले प्रशस्त चिनीलाई पचाउन सक्दैनन्, त्यसकारण यो तिनीहरुको रगतमै जम्मा हुन्छ ।

तनाव

तनावले गर्दा पनि शरीरमा चिनीको मात्रा बृद्धि हुन्छ ।

पेटको वरपिरिको वोसो

मोटो कम्मर भएका मानिसहरुलाई मधुमेह वढी हुने सम्भावना हुन्छ ।

मधुमेह भएका परिवारका सदस्यहरु

मधुमेह वंशाणुगत पनि हुन्छ र मधुमेहयुक्त परिवारका सदस्यहरु भएका मानिसहरुमा मधुमेह हुने सम्भावना वढी हुन्छ ।

कुपोषण

महिलालाई कुपोषण भयो भने उनको पेटको शिशुलाई पछि गएर चिनीको रोगको समस्या हुन सक्दछ ।

Ne NWTND Diab Page 7-1.png

वुढो हुनु

उमेर वढ्दै गएपछि खानपिन र जिवनशैलीमा परिवर्तन नगर्ने मानिसहरुमा मधुमेह हुने सम्भावना वढी हुन्छ ।

रसायनहरु

केही रसायनहरुले हाम्रो शरिरले चिनीलाई प्रयोग गर्ने कुरालाई प्रभाव पार्दछ । काम गर्ने ठाउँ, सडक र ईट्टा भट्टामा हुने प्रदुषणको कारणले हामीले प्रयोग गर्ने खानेकुराहरुमा वा अन्य उत्पादनहरुमा मिसाइएको रसायनले उक्त बस्तु प्रयोग गरेपछि त्यस्ता तत्व शरिरभित्र जान्छन् र मधुमेह हुन सक्छ ।

रसायनहरुले कसरी मधुमेह गराउँछन्

हाम्रो खानेकुरा र हाम्रो जिवनशैली सँगै केही रसायनहरुले पनि मधुमेह गराउँदछन् । तल उल्लेखित रसायनहरुको संशर्गमा आउँदा, खाँदा, पिउँदा वा श्वासप्रश्वास गर्दा मधुमेहको जोखिम बढ्न सक्दछ । तल दिइएका कुनै पनि रसायनहरुसँग काम गर्दा, खाँदा, सास लिंदा मधुमेहको जोखिमलाई बढाउँछ ।

  • डाइअक्सिनहरु किरा मार्ने विषादीहरु एवं कागज बनाउँदा र प्लाष्टिकहरु जलाउँदा उत्पन्न हुन्छन् ।
  • पि.सि. वि. हरु उद्योगमा इन्सुलेसन र चिल्लो पार्ने काम (लुब्रिकेशन) का लागि प्रयोग गरिने एक प्रकारका रसायनहरु हुन् ।
  • Phthlates प्रायःजसो शरीरको हेरचाहमा प्रयोग हुने क्रिम र तेलहरुमा पाइन्छ ।
  • Bisphenols' वोतलयुक्त पानी, जुस र सोडामा प्रयोग हुने प्लाष्टिक बोतलहरुमा पाइन्छ ।
  • गहुँगों धातुहरु (लिड, मर्करी, आर्सेनिक र क्याड्मियम जस्ता) तेल ड्रिलिङ (प्वाल पार्ने) र रिफाइनिङ (शुद्ध बनाउने), माइनिङ (खानी उत्खनन) र अन्य किसिमका उद्योगबाट वातावरणमा छोडिन्छन् ।


यि रसायनहरुबाट जोगिन तिनको प्रयोग सकेसम्म गर्नुहुँदैन । यदि कसैको कार्यस्थलमा यस्ता रसायनहरु छन् भने तिनबाट सुरक्षित रहन अनुहारमा लगाउने मास्क र अन्य सुरक्षा दिने लुगा लगाएर हातहरु वेलावेलामा पखाल्नुपर्छ ताकी खानेकुरा र मुखमा रसायनहरु प्रवेश नगरुन् ।

मास्क लगाइरहेको एक ब्यक्तिले वनस्पतिहरुमा विषादी छरिरहेको ।

रसायनहरु हाम्रो वरीपरि सबैतिर छन् । सकेसम्म जिवनाशक विषादीहरु नछरिएका खानेकुराहरु खानुपर्छ । रसायनहरु नभएका वा थोरै मात्र भएका घरायसी सरसफाई सामग्रीहरु (क्लिनर्स) को प्रयोग गर्नुपर्छ ।

कार्यक्षेत्रहरुबाट हुने पानी, हावा र खानाको रासायनिक प्रदुषण एक कठीन समस्या हो । यसको समाधान गर्न उद्योगमा नियमहरु लागु गराउनमा समुदायले उद्योगपति र सरकारलाई दवाव दिनुपर्छ ।

हाम्रो खाना, पानी, भूमी र हावाको सुरक्षा बारेमा थप जानकारीका लागि वातावरणीय स्वास्थ्यः सामुदायिक मार्गदर्शन हेर्नुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८