Hesperian Health Guides

मधुमेहलाई व्यवस्थापन गर्ने तरिका

यस परिच्छेदमाः

मधुमेह गम्भिर रोग भएपनि यो ब्यवस्थापन गर्न सकिन्छ । मधुमेहलाई व्यवस्थापन गरेर मानिसहरुले सकारात्मक, स्वस्थ, सक्रिय र उत्पादनशिल जीवन जिउन सक्दछन् ।

मधुमेहको कसरी हेरचाह लिने भन्ने जानकारी भएन भने चांहि गाह्रो हुन्छ । तर जानकारी लिएर प्रयोग गरिएमा वढी स्वस्थ भएर बाँच्न सकिन्छ । स्वस्थकर खाना खाएर, तनाव कम गरेर, सुरक्षित तरिकाले जुत्ता लगाएर मधुमेहलाई व्यवस्थापन गर्न सकिन्छ ।

मधुमेहबाट बच्न

NWTND Diab Page 26-1.png

मधुमेह भएका मानिसहरुले जीवनशैली परिवर्तन गर्नेपर्छ । यस्ता परिवर्तनहरु गर्न केही बुँदाहरु यहाँ दिइएका छन् ः

  • सानो परिवर्तनहरुबाट शुरुवात गर्नुपर्छ । उदाहरणको लागि चिनीयुक्त पेय पदार्थहरु र चिनीको मात्रालाई विस्तारै घटाउनुपर्छ । योगासन र ब्यायामको मात्रा बढाउनुपर्छ र विस्तारै विस्तारै वानी पर्दैजान्छ ।
  • आफूले के परिवर्तन गर्न चाहेको हो निर्णय लिनुपर्छ । लक्ष निर्धारण गर्नुपर्छ जस्तोकि वढी हिंडडुल गर्नु, धुम्रपान त्याग्नु, नातीनातीनाहरुसँग खेल्नु, समूदायसँग कुरा गर्नु ।
  • सहायता खोज्नुपर्छ । परिवार, साथी वा मधुमेह भएका अन्य मानिसहरुले परिवर्तन ल्याउनमा सहयोग गर्न सक्दछन् । मधुमेह भएका मानिसहरुको परिवारले खानपिनमा परिवर्तन गर्न र जिवनशैली सुधार गर्नमा मद्दत गर्न सक्छन् । मधुमेह भएका विरामीहरुसँग एक अर्कासँग छलफल र सल्लाह गरेर मधुमेह नियन्त्रण गर्न सक्छन् ।
  • जिवनमा आशा संचार गर्नुपर्छ । मधुमेह भएका मानिसहरुलाई डर लाग्नु, स्वास्थ्यमा आएको ह्रासका बारेमा चिन्तित हुनु, वा चाहिएको परिवर्तनहरुका बारेमा रिस उठ्नु सामान्य हो । यस्तो अवस्थामा चिन्ता कम गर्न मधुमेह भएको मानिससँग छलफल गरेर जीवनमा गर्न चाहेको परिवर्तन ल्याउन मद्दत हुन्छ । मानसिक चिन्ताका बारेमा थप कुराहरुका लागि हेर्नुहोस् मानसिक स्वास्थ्य (तयारीको क्रममा)
  • स्वस्थ हुने इच्छा वढाउनुपर्छ । मधुमेह भएर पनि भविष्यमा कसरी स्वस्थ रहने, परिवारका सदस्यसँग कसरी समाइलोसँग बाँच्ने, के के काम गर्ने भनेर सोच्नुपर्छ । यस्तो सकारात्मक सोचले तनाव कम गर्न मद्दत गर्छ । तनाव कम भएपछि मधुमेह नियन्त्रणमा पनि सहयोग मिल्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८